विवाह होइन्, टिकोटालो मात्र भएको डा. देव दाबी, करिश्मा भन्छिन ः टिकोटालो मात्र होइन विवाह पनि भएको हो 

राजविराज राजविराज
|
बुधबार, बैशाख २०, २०८०
|
|
२२ पटक हेरिएको
Shares
विवाह होइन्, टिकोटालो मात्र भएको डा. देव दाबी, करिश्मा भन्छिन ः टिकोटालो मात्र होइन विवाह पनि भएको हो 

सारांश

  •     एकसाता अघि सोही वडाकी करिश्मा चौधरीले श्रीमान डा.
  • देवले आफूमाथी घरेलु हिंसा गरेको भन्दै न्यायका लागि सप्तरी जिल्ला अदालतमा मुद्दा दायर गरेपछि न्यायाधिश हरिशचन्द्र ईङगनामको इजलासले देव परिवारलाई जनही ३ हजार रुँपैया जरिवाना तथा प्रति महिना १० हजार रुँपैया मानाचामल भरणपोषण वापतको खर्च पीडित महिला करिश्मालाई दिने फैसला गरेको थियो ।
  •       अदालतले देव परिवारलाई जायजेथाको ४ भाग अंश लगाई त्यस मध्येका एक भागको आधा करिश्माले पाउने फैसला समेत गरिसकेको बेला डा.

दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।  

    राजविराज ५ निवासी डा. उज्जवल देवले टिकोटालो भएपनि गोत्र नमिल्दा विवाह रद्द भएको दाबी गरेका छन् । 
    एकसाता अघि सोही वडाकी करिश्मा चौधरीले श्रीमान डा. देवले आफूमाथी घरेलु हिंसा गरेको भन्दै न्यायका लागि सप्तरी जिल्ला अदालतमा मुद्दा दायर गरेपछि न्यायाधिश हरिशचन्द्र ईङगनामको इजलासले देव परिवारलाई जनही ३ हजार रुँपैया जरिवाना तथा प्रति महिना १० हजार रुँपैया मानाचामल भरणपोषण वापतको खर्च पीडित महिला करिश्मालाई दिने फैसला गरेको थियो । 
    अदालतले देव परिवारलाई जायजेथाको ४ भाग अंश लगाई त्यस मध्येका एक भागको आधा करिश्माले पाउने फैसला समेत गरिसकेको बेला डा. देवले यस्तो दाबी गरेका हुन् । 
    बुधबार संचारकर्मीमाझ उनले करिश्मासँग आफूले बिहे नै नगरेको दाबी गर्दै न्यायका लागि उपल्लो अदालतमा जाने बताएका छन् । विवाह रोकिदा केटी पक्षबाट आफ्नो चरित्र हत्याको प्रयास भइरहेको समेत उनले गुनासो गरेका छन् ।
    उनले भने “तीन महिनाअघि टिकोटालो भएको हो, तरपछि गएर गोत्र र उमेर नमिलेको तथा नजिकको नाता पर्ने देखिएपछि विवाह रोकिएको हो ।’ उनले करिश्माले दाबी गरे झै विवाह भएको तथा दाइजो मागेको कुनै प्रमाण भेटिए जुनसुकै सजाय भोग्न तयार रहेको समेत बताए । 
    एउटै वडाको रहेपनि डाकटरी पढाईको सिलसिलामा अधिकांश समय आफू बाहिरै बस्नुपरेको तथा सामाजिक संजालमार्फत करिश्मासँग सम्पर्कमा आएको उनको भनाई छ । अहिले डाकटरीको थप पढाईका क्रममा मास्टर डिग्रिको तयारीमा लागिरहेको बेला केटी पक्षबाट बनाइएको दबाबले आफू मारमा पर्नुका साथै आफ्नो चरित्रहत्या समेत हुन थालेको उनले बताए । 
    उनले यसअघि मोरङ जिल्ला अदालतमा विवाह दर्ताको सहमति पत्रमा आफ्नो हस्ताक्षर झुक्याएर गराइएको समेत दाबी पनि गरे । 
    यता करिश्माले २०७६ साल असोज २८ गते नै दुबैको अभिभावकको सहमति र उपस्थितिमा सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा हिन्दु रिती रिवाज अनुसार विवाह सम्पन्न भएको र केही समयपछि माइतबाट दाइजो वापत ५० लाख रुँपैया लिएर आउन तथा बिराटनगरमा आफ्नो नाममा रहेको १ कठ जग्गा सासुको नाममा गराउन श्रीमान र ससुराली पक्षबाट निरन्तर दबाब र सोही निहुँमा शारीरिक र मानसिक यातना दिन थालेपछि न्यायका लागि अदालतको शरणमा पुगेको बताउँदै आएकी छिन् । 
    उनले डा. देवसँग टिकोटालोपछी विवाह पनि सम्पन्न भएको दाबी गर्दै पेश गरेको प्रमाणकै आधारमा अदालतले न्याय गरेको बताइन् । “अहिले आएर बिहे नगरेको र दाइजो नमागेको भन्नुको कुनै तुक र औचित्य छैन्, उनले भनिन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रभातफेरी र विरुवा रोपेर मनाइयो प्रजातन्त्र दिवस
प्रभातफेरी र विरुवा रोपेर मनाइयो प्रजातन्त्र दिवस
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
क्रिकेट विकास प्रतिष्ठानद्वारा पुस २ देखी अन्तरबिद्यालय क्रिकेट प्रतियोगिता 
क्रिकेट विकास प्रतिष्ठानद्वारा पुस २ देखी अन्तरबिद्यालय क्रिकेट प्रतियोगिता 
रहेनन् बलराम दास
रहेनन् बलराम दास
करेन्ट लागेर पुनः एक युवकको मृत्यु
करेन्ट लागेर पुनः एक युवकको मृत्यु
पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण
पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण
बिष्णुपुर गापाको वडा नं. ७ बाल बिवाह मुक्त घोषणा
बिष्णुपुर गापाको वडा नं. ७ बाल बिवाह मुक्त घोषणा
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
मिटर ब्याज पीडितलाई निवेदन  दिन सात दिन म्याद थप
मिटर ब्याज पीडितलाई निवेदन  दिन सात दिन म्याद थप
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो 
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो