दैनिक समाचारदाता
राजविराज, ८ असोज
कोरोना संक्रमणबाट राजविराजमा विहिवार विहान थप एक जनाको मृत्यु भएको छ । यो संगै सप्तरीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
मृतक प्रमुख जिल्ला अधिकारी निवासमा भान्सेको काम गर्दै आएका थिए । उनी राजविराज ८ निवासी ६२ वर्षिय पुरुष हुन् ।
गत भदौं ३० गते कोरोना संक्रमण पुष्टी भएका उनलाई भोली पल्ट साईकृष्णा मेडिकल कलेज स्थित आइसोलेसन सेन्टरमा राखिएको थियो । एक दिन त्यहाँ वसेपछि सुरक्षा मापदण्ड अपनाई घर मै वस्ने भनि इच्छा जाहेर गरेपछि पुनःउनलाई फर्काएर होम आइसोलेशनमा राखिएको थियो ।
विहिवार विहान घरको छतमाथि वाकिङ गरी चिया नास्ता खाई वसिरहेका बेला अचानक उनी ओछ्यान मै ढलेका थिए । चिकित्सकले जाँच गरेर मृत घोषित गरेपछि विहिवारै आवश्यक सुरक्षा मापदण्ड अपनाएर शवको अन्त्येस्टी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत आनन्द ठाकुरले बताए ।
प्रशासन कार्यालयका संक्रमित एक कर्मचारीको मृत्यु
सारांश
- मृतक प्रमुख जिल्ला अधिकारी निवासमा भान्सेको काम गर्दै आएका थिए ।
- उनी राजविराज ८ निवासी ६२ वर्षिय पुरुष हुन् ।
- गत भदौं ३० गते कोरोना संक्रमण पुष्टी भएका उनलाई भोली पल्ट साईकृष्णा मेडिकल कलेज स्थित आइसोलेसन सेन्टरमा राखिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया