अस्पतालका चिकित्सकले बिरामीलाई  दुव्र्यबहार र गालीगलौज गर्दै बाहिर निकाले

राजविराज राजविराज
|
सोमबार, भाद्र २१, २०७८
|
|
४५ पटक हेरिएको
Shares
अस्पतालका चिकित्सकले बिरामीलाई  दुव्र्यबहार र गालीगलौज गर्दै बाहिर निकाले

सारांश

  •     सो अस्पतालमा उपचार गराइरहेकी राजविराज नगरपालिका वडा नं.
  • २ निवासी ललिता देवी साहलाई चिकित्सक डा.
  • प्रणेश यादवले गालीगलौज गर्दै बाहिर निकालेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २० भदौ । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना भएका एक बिरामीलाई अस्पतालका चिकित्सकले दुव्र्यबहार र गालीगलौज गर्दै आइतबार बाहिर निकालेका छन् ।
    सो अस्पतालमा उपचार गराइरहेकी राजविराज नगरपालिका वडा नं. २ निवासी ललिता देवी साहलाई चिकित्सक डा. प्रणेश यादवले गालीगलौज गर्दै बाहिर निकालेका हुन् ।
    दुर्घटनामा घाइते भएर उपचारका लागि भर्ना भएकी साह तीन सातादेखि अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनलाई गालीगलौज गर्दै अस्पतालको बेडबाट जबरजस्ती बाहिर निकालिएको हो । 
    ललिताकी सासू सवितादेवीले बुहारी दु:खाईले छटपटिरहेकी बेला स्वास्थ्यकर्मीले स्लाइन पानी र सुई ल्याउने भनेपछि आफू औषधी लिएर आएको केहि बेरमै डाक्टर यादवले बाहिर निकालिदिएको बताएकी छिन् । 
    चिकित्सकले बाहिर निकालिदिएपछि उनलाई दिनभर अस्पताल प्राङणको खुल्ला ठाउँमा राखिएको थियो । 
    गत भदौं १ गते ललिताकी श्रीमान् यदुनन्दनले चलाइरहेको सिटी रिक्सामा चढेर घरतर्फ जाने क्रममा राजविराजस्थित गजेन्द्र चोकमा स.१ह. १३४३ नम्बरको सिटी रिक्साले ठक्कर दिएपछि उनको खुट्टा भाँचेको थियो भने उनको नशा पनि काटिएको थियो ।
    खुट्टा भाँचिएपछि उनको उपचार डा. यादवले नै गरेका थिए । भाँचिएको खुट्टाको प्लास्टर यादवले गरेपनि दुखाई कम नहुँदा उनी अस्पतालमै भर्ना रहेकी थिइन् ।
    यता आरोपित चिकित्सक डा. यादवले ललितादेवीलाई आफूले ननिकालेको भन्दै आफूमाथि लगाइएको आरोप झुठो रहेको दाबी गरे । उनले ललितालाई एकसाताअघि नै डिस्जार्च गर्दा समेत नगएका कारण अन्य कर्मचारीले निकालेको हुन सक्ने बताए । 
    अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झा पनि डिस्चार्ज गरिएका कारण जान नमानेपछि पठाएको हुन सक्ने बताए । यद्यपी के कसो भएको हो त्यसको बिषयमा आफू काठमाडौंमा भएका कारण जानकारी नभएको उनले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहिद परिवारलाई तीन लाख दिइने 
सहिद परिवारलाई तीन लाख दिइने 
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस
रोजगारीका लागी ८० वटा औधोगिक भवन तथा कलसेन्टर स्थापनको तयारी ः डा. राउत
रोजगारीका लागी ८० वटा औधोगिक भवन तथा कलसेन्टर स्थापनको तयारी ः डा. राउत
राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित
राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित
भन्सारका कर्मचारीले भारतीय नम्बरका सवारीसाधनलाई  पाँच सयको रसिद दिएर ६ सय असुली गर्दै
भन्सारका कर्मचारीले भारतीय नम्बरका सवारीसाधनलाई  पाँच सयको रसिद दिएर ६ सय असुली गर्दै
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
सवारी दुर्घटना पाँच यात्रुको मृत्यु, १४ घाईते
सवारी दुर्घटना पाँच यात्रुको मृत्यु, १४ घाईते
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?