हनुमाननगरले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै

राजविराज राजविराज
|
शनिबार, भाद्र २, २०८०
|
|
४० पटक हेरिएको
Shares
हनुमाननगरले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै

सारांश

  •     यस्तै किसानलाई प्रोत्साहन अभियान अन्तरगत किसानलाई प्याजको बिऊमा ७५ तथा आलु, गहुँ र धानको बिऊमा ५०÷५० प्रतिशत अनुदानको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
  •       किसानलाई खेतीमा आकर्षित गराउन तथा प्रविधि र यान्त्रिककरण गरि उत्पादन बृद्धि गर्न सर्वसुलभ र सस्तो दरमा विभिन्न कृषि उपकरणको व्यवस्था पनि मिलाइएको उनको भनाई छ ।
  • यस योजना अन्तरगत किसानलाई सस्तो भाडा दरमा मकै, धान र गहुँ दाउनी गर्ने, कृषि औजार र उपकरण उपलब्ध गराउन थालिएको उनको कथन छ ।

    राजविराज÷सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गरेको छ । 
    गत आ.ब. २०७९÷८० मा कृषिको विकासका लागि करिब ३ करोड खर्च गरिसकेको नगरपालिकाले चालु आ.ब. २०८०÷८१ मा यसलाई बृद्धि गर्ने तयारी समेत गरेको नगर प्रमुख बिरेन्द्र माझीले बताएका छन् । 
    बैज्ञानिक ढंगले अध्ययन गरि कृषि क्षेत्र सुधारका लागि विभिन्न योजना कार्यान्वयनमा ल्याइएको उनको भनाई छ । जसअन्तरगत नगर क्षेत्रभित्रका किसानका लागि कृषि मिटरको प्रबन्ध गरि कृषि प्रयोजनमा खपत हुने युनिटको सबै महसुल खर्च नगरपालिकाले नै तिर्न थालेको र यसबाट नगर क्षेत्रका २ हजार ५ सय भन्दा बढी किसान लाभान्वित भएको उनले बताए । किसानले प्रयोग गर्ने बिद्युतमा नगरपालिकाले ४० र प्राधिकरणले ६० प्रतिशत रकम लगानी गर्ने सहमति भएको उनले जानकारी पनि दिए । 
    यस्तै किसानलाई प्रोत्साहन अभियान अन्तरगत किसानलाई प्याजको बिऊमा ७५ तथा आलु, गहुँ र धानको बिऊमा ५०÷५० प्रतिशत अनुदानको व्यवस्था मिलाइएको उनले जानकारी दिए । 
    किसानलाई खेतीमा आकर्षित गराउन तथा प्रविधि र यान्त्रिककरण गरि उत्पादन बृद्धि गर्न सर्वसुलभ र सस्तो दरमा विभिन्न कृषि उपकरणको व्यवस्था पनि मिलाइएको उनको भनाई छ । यस योजना अन्तरगत किसानलाई सस्तो भाडा दरमा मकै, धान र गहुँ दाउनी गर्ने, कृषि औजार र उपकरण उपलब्ध गराउन थालिएको उनको कथन छ । 
    उनले भौतिक संरचना निर्माणपछि क्रमशः कृषि, स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । सप्तरीमा क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो नगरपालिका रहेको हनुमाननगर कंकालिनी नगरपालिकाको अधिकांश बासिन्दाको मुख्य पेशा नै कृषि रहेको नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    
मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 
नेपाल औषधी बिक्री तथा प्रतिनिधित्व संघको समिति गठन
नेपाल औषधी बिक्री तथा प्रतिनिधित्व संघको समिति गठन
फोरम प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री बिजय यादव निर्वाचित
फोरम प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री बिजय यादव निर्वाचित
उपचार खर्चको अभावमा मृत्यु भएकी खंगका परिवारलाई मन्त्रीद्वारा सहयोग
उपचार खर्चको अभावमा मृत्यु भएकी खंगका परिवारलाई मन्त्रीद्वारा सहयोग
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
बिपद जोखिम न्युनीकरणका लागि सामग्री हस्तान्तरण 
बिपद जोखिम न्युनीकरणका लागि सामग्री हस्तान्तरण 
विप्लवका तीन जिल्ला सदस्य पक्राउ
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
फागुन २९ देखी स्व. देवसुन्दर स्मृती प्रथम राष्ट्रिय भारोत्तोलन हुने 
फागुन २९ देखी स्व. देवसुन्दर स्मृती प्रथम राष्ट्रिय भारोत्तोलन हुने