दैनिक समाचारदाता
जनकपुर, २४ कात्तिक ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार बिहान पदभारग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधाममा सात दलका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले बिहानदेखि मधेश प्रदेश भवन अगाडी टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि भएको गमला सहितको संरचनामा तोडफोड गरेर नाराबाजी गरेका हुन् ।
प्रदर्शनकारीहरूले गेटअगाडि राखिएका गमला तथा स्वागतका लागि राखिइएको पितलको गाग्रोहरू तोडफोड गरेका छन् । प्रदर्शनका क्रममा उनीहरूले प्रदेश प्रमुखको विरुद्धमा चर्को नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूको एक समूहले कार्यालयको प्रवेशद्वारमा रहेका सजावटी गमलाहरूमा क्षति पुर्याएका छन् ।
यस्तै विपक्षी राजनीतिक दलसम्बद्ध कार्यकर्ताले जनकपुरस्थित विभिन्न मन्त्रालयका फर्निचरलगायतका सामग्री तोडफोड गरेका छन् । उनीहरूले प्रदेशअन्तर्गतका मन्त्रालयहरूमा तालाबन्दी पनि गरेका छन् ।
जनकपुर बजारका विभिन्न ठाउँमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका विपक्षी नेता तथा कार्यकर्ताहरू प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र नवनियुक्त मुख्यमन्त्री यादवको विरोधमा नाराबाजी गरेका छन् ।
यसैबीच लोसपा प्रदेश संसदीय दलका नेता जेनुल राइनले मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुख भण्डारीको भूमिका शङ्कास्पद भएको आरोप लगाउँदै मुख्यमन्त्री नियुक्तिको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने बताए ।
यता, जिल्ला प्रशासन कार्यालय धनुषाले संयमित भई विरोधका कार्यक्रम गर्न आग्रह गरिहेको, तनावको वातावरण अन्त्य गर्न अधिकतम प्रयास गरिरहेको र मानवीय तथा भौतिक क्षति हुन नदिन संयम अपनाइरहेको स्पष्ट गरेको छ ।
नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध
सारांश
- उनीहरूले बिहानदेखि मधेश प्रदेश भवन अगाडी टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि भएको गमला सहितको संरचनामा तोडफोड गरेर नाराबाजी गरेका हुन् ।
- प्रदर्शनकारीहरूले गेटअगाडि राखिएका गमला तथा स्वागतका लागि राखिइएको पितलको गाग्रोहरू तोडफोड गरेका छन् ।
- प्रदर्शनका क्रममा उनीहरूले प्रदेश प्रमुखको विरुद्धमा चर्को नाराबाजी गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया