दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
मारवाडी युवाहरुले बुधबार १३ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा राजविराजमा विभिन्न जातका विरुवाहरु रोपेका छन् ।
राजविराजस्थित शहिद साकेत चन्द्र मिश्र स्मृति पार्कमा मारवाडी युवा मञ्च राजविराजको अगुवाईमा नीम, अशोक, धुपी, सल्लो, कपुर तथा विभिन्न फलफुल लगायतका बिरुवा रोपेका हुन।
बृक्षारोपण कार्यक्रममा मञ्चका अध्यक्ष आशिष जोशी, केन्द्रिय सदस्य विसान्त जैन, वडा अध्यक्ष सुभाष चन्द्र यादव, वडा सदस्य रमानन्द देव, राजविराज जेसिजका अध्यक्ष उज्वल काबरा, उपाध्यक्ष विक्रम काबरा र संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
राजविराजको मुख्य बजार क्षेत्रमा रहेको सो पार्कको सौन्दर्यकरणका लागी विभिन्न जातका ७५ भन्दा बढी बिरुवा रोपिएको मञ्चका उपाध्यक्ष एवं प्रवक्ता होमेश काबराले बताए ।
सो अवसरमा वडा अध्यक्ष यादवले यसको संरक्षण गरी पर्यटकिय स्थल बनाउन साधन श्रोतले भ्याए सम्म सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
मारवाडी यूवाद्वारा बृक्षारोपण
सारांश
- राजविराजस्थित शहिद साकेत चन्द्र मिश्र स्मृति पार्कमा मारवाडी युवा मञ्च राजविराजको अगुवाईमा नीम, अशोक, धुपी, सल्लो, कपुर तथा विभिन्न फलफुल लगायतका बिरुवा रोपेका हुन।
- बृक्षारोपण कार्यक्रममा मञ्चका अध्यक्ष आशिष जोशी, केन्द्रिय सदस्य विसान्त जैन, वडा अध्यक्ष सुभाष चन्द्र यादव, वडा सदस्य रमानन्द देव, राजविराज जेसिजका अध्यक्ष उज्वल काबरा, उपाध्यक्ष विक्रम काबरा र संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
- राजविराजको मुख्य बजार क्षेत्रमा रहेको सो पार्कको सौन्दर्यकरणका लागी विभिन्न जातका ७५ भन्दा बढी बिरुवा रोपिएको मञ्चका उपाध्यक्ष एवं प्रवक्ता होमेश काबराले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया