राजविराजमा अन्तिम चरणको कसरत

राजविराज राजविराज
|
सोमबार, बैशाख २६, २०७९
|
|
४२ पटक हेरिएको
Shares
राजविराजमा अन्तिम चरणको कसरत

सारांश

  •     मौन अवधी शूरु हुनु अघि नै उम्मेदवारहरु चर्काे गर्मीका बाबजुद पनि मतदाता नजिक धमाधम पुग्न थालेकका छन् ।
  •       गत स्थानीयतहको निर्वाचनमा नगर प्रमुख पदमा यहाबाट तत्कालीन राजपाका उम्मेदवार शम्भु प्रसाद यादव निर्वाचित भएका थिए ।
  • उनले अर्का मधेशवादी दल संघिय समाजवादीका भिमराज यादवलाइ १३ मतको झिनो अन्तरले पराजित गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २६ बैशाख । 
    स्थानीय तह निर्वाचन नजिकिएसँगै सप्तरी सदरमुकाम राजविराज नगरापालिकामा मत आ–आफ्नो पक्षमा पार्न राजनितिक दल र तीनका उम्मेदवारहरु अन्तिम चरणको प्रयासमा जुटेका छन । 
    मौन अवधी शूरु हुनु अघि नै उम्मेदवारहरु चर्काे गर्मीका बाबजुद पनि मतदाता नजिक धमाधम पुग्न थालेकका छन् । 
    गत स्थानीयतहको निर्वाचनमा नगर प्रमुख पदमा यहाबाट तत्कालीन राजपाका उम्मेदवार शम्भु प्रसाद यादव निर्वाचित भएका थिए । उनले अर्का मधेशवादी दल संघिय समाजवादीका भिमराज यादवलाइ १३ मतको झिनो अन्तरले पराजित गरेका थिए । 
    अहिले फेरी दुबै जना आमनेसामने भएका छन । तर यस पटक शम्भु प्रसाद यादव पार्टी परिर्वतन गरी नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका छन् भने भीमराज यादव जसपाको तर्फबाट चुनावी मैदानमा छन् । 
    नेपाली काँग्रेसले युवा जुझारु नेता इर्साद अन्सारीलाई प्रतिस्पर्धामा उतारेको छ । यसले काँग्रेसलाई चुनावमा उत्साहित पारेको छ । “हामी निरन्तर मजबुत बन्दै गएका छौं, काँग्रेसका नगर प्रमुख पदका उम्मेदवार अंसारीले भने–यस पल्ट मधेश आन्दोलनको राप र ताप खासै छैन, नगरवासीले परिर्वतन र विकास काँग्रेसले नै गर्न सक्छन भन्ने बुझेका छन ।”
    उनले आफ्नो प्रतिस्पर्धा जसपाका भीमराज यादवसंग रहेको बताए । जसपाका भीमराजले जसपा प्रति नगरवासीको मोह अझ कायम रहेको र केही दिन यता यस पार्टीमा जोडिनेको संख्या पनि बुद्धि हुदै गएको बताउदै जित्ने दाबी गरे । “संगठनको मामिलामा पनि अहिले काँग्रेस भन्दा निकै बलियो छौं, उनले भने –जितको अन्त्यन्त नजिक छौ । यद्धपी काँग्रेस नै निकटतम प्रतिद्वन्दी हुने अनुमान गरेका छौं ।
    नगरवासीले भने यहाँ प्रमुख राष्ट्रिय राजनीतिक दलहरु बीच नै मुख्य प्रतिष्पर्धा हुने बताइरहेका छन् ।  लोसपाका दिपेन्द्र चौधरी र नेकपा माओवादी केन्द्रका शम्भु प्रसाद यादव, नेकपा एकीकृत समाजवादीका नथुनी दास पनि कोण सभा र घरदैलो कार्यक्रमलाई तिब्रता दिदै जीतको नजिक पुग्न प्रयासरत छन् । उनीहरु पनि आ–आफ्नो जीत हुने दाबी गरिरहेका छन् । 
    यहा एमालेबाट अनिल झा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेश साह, नेपाल प्रगतिशिल पार्टीबाट अशोक साह, जनमत पार्टीबाट ममता झा पनि प्रमुख पदमा उम्मेदवारी दिदै चुनावी मैदानमा छन । सबैले नगर विकासको साझा मुद्दालाई नै अघि सारेका छन । सबैले आ–आफ्नै दाबी गरे पनि कसले बाजी मार्ला ? भन्ने बारे अहिले निकै तर्क विर्तक र वहस हुन थालेको छ । 
    यता उम्मेदवारहरु रंगी चंगी झण्डा बोकेर टोल टोलमा कार्यकर्ता साथ नाचगान गर्दै मत माग्ने गरेको दृष्य दिनभर देखिने गरिएको छ । चर्काे घाममा दिनभरीको थकान मेट्न नपाउदै राती अबेर सम्म कार्यकर्ता भेटघाट, कोठे बैठक र कपि कलम, क्यालकुलेटर राखेर कुन वडाबाट कस्को कती मत आउने र थप मतको जोगाड कसरी गर्ने भन्नेबारे हिसाब किताब समेत हुने गरेको विभिन्न दलका उ्रम्मेदवारका समर्थकहरुले बताएका छन् । 
    यहाँको निर्वाचनमा जातीय मतले पनि ठुलै प्रभाव पार्ने गरेको छ । एक उम्मेदवारले भने “त्यसैले कुन जातीको कती मत हो ? त्यसको पनि डाटा संकलन र हिसाब किताव गरि सम्बन्धित जातीका अगुवालाई परिचालन गर्ने काम भईरहेको छ । राजविराज नगरपालिकामा नयाँ थप सहित ४० हजार ३६ मतदाता छन् । १६ वटा वडा रहेको राजविराज नगरपालिकामा ३० बैशाखमा हुने निर्वाचनका लागी नगरक्षेत्र भित्र २७ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यलय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडा नं. ३ को नवनिर्मित  भवनको उद्घाटन 
वडा नं. ३ को नवनिर्मित  भवनको उद्घाटन 
गजेन्द्र नारायण सिंह अस्पतालमा सिटी स्क्यान जडान
गजेन्द्र नारायण सिंह अस्पतालमा सिटी स्क्यान जडान
गाउँका सम्पूर्ण घरधुरीलाई ब्लायङकेट बितरण
गाउँका सम्पूर्ण घरधुरीलाई ब्लायङकेट बितरण
बकरईदको अवसरमा आज  प्रदेश २ मा सार्वजनिक विदा
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे
सातौं लोकेन्द्र स्मृति राष्ट्रिय जुडो प्रतियोगिता फागुन १९ देखि 
सातौं लोकेन्द्र स्मृति राष्ट्रिय जुडो प्रतियोगिता फागुन १९ देखि 
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु