दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
सप्तरीको बलान बिहुल गाउँपालिकाको कार्यालय मल्हनियाँमा आइतबार निजामती सेवा दिवस २०७६ को अवसरमा विविध कार्यक्रमहरु गरि मनाइएको छ ।
गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको अध्यक्षतामा अयोजित विभिन्न कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण कर्मचारी, वडा अध्यक्ष, सदस्य तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सोही अवसरमा गाउँपालिका जा.ग.ज. मावि. सेहरा रौतहट, ज.मावि. रामनगर कोदरकट्टी र दुर्गा तारा अ.वि. मल्हनियाँ गरि तीन वटा विद्यालयलाई एक एक थान कम्प्युटर वितरण तथा सोहि विद्यालयमा कक्षा ८, ९ र १० मा पढ्ने प्रत्येक विद्यार्थीलाइ कापि वितरण गरिएको छ ।
त्यस्तै निजामति सेवा दिवसकै अवसरमा नवनिर्मित स्वास्थय चौकी मल्हनियाँको प्रागङ्णमा वृक्षारोपण समेत गरिएको छ ।
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
सारांश
- गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको अध्यक्षतामा अयोजित विभिन्न कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण कर्मचारी, वडा अध्यक्ष, सदस्य तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
- सोही अवसरमा गाउँपालिका जा.
- ग.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया