दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेको भन्दै तीन वटा हिन्दुवादी संगठनले राजविराज निवासी अफरोज आलमलाई कानुनी कार्यवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएका छन् ।
राष्ट्रिय बजरंग दल, हिन्दु सम्राट सेना र श्री कृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीले बुधबार संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।
राष्ट्रिय बजरंग दल सप्तरीका अध्यक्ष आकाश यादव (अमित), हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दास र श्री कृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीका संयोजक अनिल यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा राजविराज नगरपालिका वडा नं. १ रहमतपुर टोल निवासी अफरोज अलमले समाजिक संजालमार्फ भगवान श्री कृष्णप्रति लक्षित गरी अत्यन्त अश्लील, अपमानजनक तथा घृणायुक्त अभिव्यक्ति सार्वजनिक गरेको भन्दै कानुनी कार्यवाहीको माग गरेका छन् ।
उक्त अभिव्यक्तिप्रति सम्पूर्ण हिन्दू संगठनहरुको ध्यानाकर्षण भएको जनाउँदै ज्ञापनपत्रमा भनिएको छ “भगवान श्रीकृष्ण कुनै एक समुदायको मात्र नहोइनन्, उहाँ धर्म, मर्यादा, प्रेम, करुणा र मानव मूल्यको प्रतीक हुनुहुन्छ । यस्ता पवित्र आस्थामाथि गरिने तुच्छ टिप्पणीले करोडौं सनातनी श्रद्धालुहरूको धार्मिक भावना गम्भीर रूपमा आहत भएको छ र समाजमा धार्मिक सद्भाव बिगार्ने प्रयास भएको छ ।”
“नेपालको संविधान, विद्यमान कानुन तथा प्रचलित फौजदारी ऐनअनुसार धार्मिक भावना आहत पार्ने, धार्मिक सद्भाव भड्काउने, घृणा र विभाजन फैलाउने, कुनै पनि कार्य दण्डनीय अपराध हो भन्ने कुरा सम्बन्धित व्यक्तिलाई स्पष्ट जानकारी गराउन चाहन्छौ ।” ज्ञापनपत्रमा उल्लेख छ ।
“हामी शान्ति, सहअस्तित्व र धार्मिक सहिष्णुतामा दृढ विश्वास राख्छौं । तर धर्ममाथिको अपमान, आस्थामाथिको आक्रमण र समाजमा विष छर्ने कार्यप्रति कुनै सम्झौता हुँदैन ।” ज्ञापनपत्रमा उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई कानुनी प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ ।
सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
सारांश
- राष्ट्रिय बजरंग दल, हिन्दु सम्राट सेना र श्री कृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीले बुधबार संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।
- राष्ट्रिय बजरंग दल सप्तरीका अध्यक्ष आकाश यादव (अमित), हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दास र श्री कृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीका संयोजक अनिल यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा राजविराज नगरपालिका वडा नं.
- १ रहमतपुर टोल निवासी अफरोज अलमले समाजिक संजालमार्फ भगवान श्री कृष्णप्रति लक्षित गरी अत्यन्त अश्लील, अपमानजनक तथा घृणायुक्त अभिव्यक्ति सार्वजनिक गरेको भन्दै कानुनी कार्यवाहीको माग गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया