दैनिक समाचारदाता
राजविराज, १ मंसिर ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले अहिलेको विश्व राजनीति अर्थशास्त्रको भरमा चलेको बताएका छन् ।
तिहार र छठ पर्वको अवसरमा शुक्रबार डिक्का बौद्धिक समाज सप्तरी राजविराजद्वारा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कुनै पनि जातजाती, समुदाय र राष्ट्रको उत्थानका लागि राजनीतिक र अर्थशास्त्र महत्वपूर्ण विषय भएको बताए । उनले भने, यो दुबै बिना कुनै पनि जातजाती, समुदाय, समाज र राष्ट्रको विकास सम्भव छैन् ।”
सम्बोधनकै क्रममा उनले सबल अर्थतन्त्र र सबल राजनीतिका कारण विश्वमै बलियो राष्ट्र मध्येका एक मानिएको उत्तर कोरियाको उदाहरण दिँदै भने, “उत्तर कोरिया अहिले विभिन्न ५२ वटा राष्ट्रबाट नाकाबन्दीको सामना गरिरहे पनि त्यहाको राजनीति र अर्थतन्त्र दुबै सबल हुँदा कुनै फरक परेको छैन् ।”
कार्यक्रममा शुभकामना दिँदै मधेशी नागरिक समाजका केन्द्रिय संयोजक गणेश कुमार मण्डलले मधेश प्रदेशमा सुशासन कायम गर्न डिक्का समुदायका व्यक्तिलाई नेतृत्वको जिम्मेवारी दिनु पर्नेमा जोड दिए । ठूला दल भनाउँदाले उनीहरुलाई व्यक्तिगत स्वार्थका लागि मात्र प्रयोग गर्ने र अवसरबाट बञ्चित गराउने गरेको उनले आरोप समेत लगाए ।
डिक्का बौद्धिक समाज सप्तरी राजविराजका अध्यक्ष कृष्णा मण्डलको अध्यक्षतमा आयोजित कार्यक्रममा पूर्वसांसद रानी मण्डल, पूर्वसांसद तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य अशोक कुमार मण्डल, नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डल, लोसपाका केन्द्रिय नेता गजेन्द्र मण्डल, जसपाका राजनीतिक समिति सदस्य अमरनाथ मण्डल, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल, महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल मण्डल, डिक्का संघ सप्तरीका अध्यक्ष राजेश राय लगायतले पनि शुभकामना दिएका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका डिक्का समुदायका व्यक्तित्वहरुलाई प्रमुख अतिथि सभामुख मण्डलले दोसल्ला र कदरपत्रबाट सम्मान गरेका थिए ।
विश्व राजनीति अर्थशास्त्रको भरमा चलेको छ ः सभामुख मण्डल
सारांश
- तिहार र छठ पर्वको अवसरमा शुक्रबार डिक्का बौद्धिक समाज सप्तरी राजविराजद्वारा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
- उनले कुनै पनि जातजाती, समुदाय र राष्ट्रको उत्थानका लागि राजनीतिक र अर्थशास्त्र महत्वपूर्ण विषय भएको बताए ।
- उनले भने, यो दुबै बिना कुनै पनि जातजाती, समुदाय, समाज र राष्ट्रको विकास सम्भव छैन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया