विश्व राजनीति अर्थशास्त्रको  भरमा चलेको छ ः सभामुख मण्डल

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १, २०८०
|
|
६७ पटक हेरिएको
Shares
विश्व राजनीति अर्थशास्त्रको  भरमा चलेको छ ः सभामुख मण्डल

सारांश

  •     तिहार र छठ पर्वको अवसरमा शुक्रबार डिक्का बौद्धिक समाज सप्तरी राजविराजद्वारा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  •       उनले कुनै पनि जातजाती, समुदाय र राष्ट्रको उत्थानका लागि राजनीतिक र अर्थशास्त्र महत्वपूर्ण विषय भएको बताए ।
  • उनले भने, यो दुबै बिना कुनै पनि जातजाती, समुदाय, समाज र राष्ट्रको विकास सम्भव छैन् ।

दैनिक समाचारदाता
राजविराज, १ मंसिर । 

    मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले अहिलेको विश्व राजनीति अर्थशास्त्रको भरमा चलेको बताएका छन् । 
    तिहार र छठ पर्वको अवसरमा शुक्रबार डिक्का बौद्धिक समाज सप्तरी राजविराजद्वारा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
    उनले कुनै पनि जातजाती, समुदाय र राष्ट्रको उत्थानका लागि राजनीतिक र अर्थशास्त्र महत्वपूर्ण विषय भएको बताए । उनले भने, यो दुबै बिना कुनै पनि जातजाती, समुदाय, समाज र राष्ट्रको विकास सम्भव छैन् ।” 
    सम्बोधनकै क्रममा उनले सबल अर्थतन्त्र र सबल राजनीतिका कारण विश्वमै बलियो राष्ट्र मध्येका एक मानिएको उत्तर कोरियाको उदाहरण दिँदै भने, “उत्तर कोरिया अहिले विभिन्न ५२ वटा राष्ट्रबाट नाकाबन्दीको सामना गरिरहे पनि त्यहाको राजनीति र अर्थतन्त्र दुबै सबल हुँदा कुनै फरक परेको छैन् ।”
    कार्यक्रममा शुभकामना दिँदै मधेशी नागरिक समाजका केन्द्रिय संयोजक गणेश कुमार मण्डलले मधेश प्रदेशमा सुशासन कायम गर्न डिक्का समुदायका व्यक्तिलाई नेतृत्वको जिम्मेवारी दिनु पर्नेमा जोड दिए । ठूला दल भनाउँदाले उनीहरुलाई व्यक्तिगत स्वार्थका लागि मात्र प्रयोग गर्ने र अवसरबाट बञ्चित गराउने गरेको उनले आरोप समेत लगाए ।
    डिक्का बौद्धिक समाज सप्तरी राजविराजका अध्यक्ष कृष्णा मण्डलको अध्यक्षतमा आयोजित कार्यक्रममा पूर्वसांसद रानी मण्डल, पूर्वसांसद तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य अशोक कुमार मण्डल, नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डल, लोसपाका केन्द्रिय नेता गजेन्द्र मण्डल, जसपाका राजनीतिक समिति सदस्य अमरनाथ मण्डल, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल, महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल मण्डल, डिक्का संघ सप्तरीका अध्यक्ष राजेश राय लगायतले पनि शुभकामना दिएका थिए । 
    कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका डिक्का समुदायका व्यक्तित्वहरुलाई प्रमुख अतिथि सभामुख मण्डलले दोसल्ला र कदरपत्रबाट सम्मान गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
लागु औषधसहित भारतीय नागरिक पक्राउ
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
बहिनीसँगै सुतेकी दिदीले गरिन आत्महत्या
बहिनीसँगै सुतेकी दिदीले गरिन आत्महत्या
आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन
आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन
सप्तरीमा बढ्दो आत्महत्याका घटना,  कतै विष सेवन त कतै झुण्डिएर आत्महत्या
सप्तरीमा बढ्दो आत्महत्याका घटना,  कतै विष सेवन त कतै झुण्डिएर आत्महत्या
सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग
सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग
चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु 
चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु 
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
रामलिला आयोजनाको समय विषयमा विवादमा कुटपिट हुँदा १२ जना घाइते, चारको अवस्था गम्भिर
रामलिला आयोजनाको समय विषयमा विवादमा कुटपिट हुँदा १२ जना घाइते, चारको अवस्था गम्भिर

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी