रामलिला आयोजनाको समय विषयमा विवादमा कुटपिट हुँदा १२ जना घाइते, चारको अवस्था गम्भिर

राजविराज राजविराज
|
बिहिबार, आश्विन २३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
रामलिला आयोजनाको समय विषयमा विवादमा कुटपिट हुँदा १२ जना घाइते, चारको अवस्था गम्भिर

सारांश

  •     शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहास्थित दुर्गा मन्दिर प्राङ्गणमा दशैंको अवसरमा आयोजना गरिएको रामलिला कार्यक्रमको समय विषयलाई लिएर उत्पन्न विवादले उग्र रुप लिएपछि पूजा समिति पक्षधरको कुटाईबाट १२ जना घाइते भएका हुन् ।
  •       गम्भिर घाइते हुनेहरुमा शम्भुनाथ नगरपालिका १ बस्ने खेम बहादुर कार्की, कौशलकुमार यादव, प्रमोद कोइराला तथा रुपनी गाउँपालिका १ का रामबाबु यादव छन् ।
  •       स्थानिय युनिक अस्पतालमा भर्ना भएका चारै जनाको अवस्था नाजुक बन्दै गएपछि बुधबार बिराटनगरस्थित न्यूरो अस्पताल रेफर गरिएको डा.

दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
    सप्तरीको शम्भुनाथ नगरपालिकामा दशैंको अवसरमा मंगलबार राती आयोजित रामलिलाको समय विषयलाई लिएर उत्पन्न विवादपछि भएको कुटपिटमा १२ जना घाइते भएका छन् भने घाइते मध्ये चारको अवस्था गम्भिर छ । 
    शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहास्थित दुर्गा मन्दिर प्राङ्गणमा दशैंको अवसरमा आयोजना गरिएको रामलिला कार्यक्रमको समय विषयलाई लिएर उत्पन्न विवादले उग्र रुप लिएपछि पूजा समिति पक्षधरको कुटाईबाट १२ जना घाइते भएका हुन् । 

    गम्भिर घाइते हुनेहरुमा शम्भुनाथ नगरपालिका १ बस्ने खेम बहादुर कार्की, कौशलकुमार यादव, प्रमोद कोइराला तथा रुपनी गाउँपालिका १ का रामबाबु यादव छन् । 
    स्थानिय युनिक अस्पतालमा भर्ना भएका चारै जनाको अवस्था नाजुक बन्दै गएपछि बुधबार बिराटनगरस्थित न्यूरो अस्पताल रेफर गरिएको डा. प्रमोद साहले जानकारी दिए । 
    यस्तै कुटपिटबाट धिरेन्द्र चौधरी, मो. समिम, रमेश कुमार यादव, अशोक यादव, सरोज कार्की, देवसुन्दर यादव, सन्तोष साह र ओमकान्त साह पनि घाइते भएका छन् । उनीहरुको युनिक अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीले घटना अनुसन्धानको क्रममा पूजा समितिका अध्यक्ष इनरदेव साह, कोषाध्यक्ष दिलिप चौधरी, सदस्य हिरु चौधरी, पुन्ति यादव र रामचन्द्र साह लगायत पाँचजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य केही फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीको भनाई छ । 
    मंगलबार राती ८ बजेतिर रामलिला कार्यक्रम चलिरहेको बेला दुई पक्षबीच झडप सुरु भएको थियो । स्थानियका अनुसार पूजा समितिले रामलिला कार्यक्रम राती १ बजेसम्म चलाउने तथा अर्को पक्षले राती १२ बजेसम्म मात्र चल्न दिने अडान राखेपछि झडप सुरु भएको थियो । 

    सोही क्रममा वडा अध्यक्ष समेत रहेका पूजा समितिका अध्यक्ष इनरदेव साहको नेतृत्वमा एक समूहले लाठी, फठ र फलामे रडबाट अन्धाधुन्द आक्रमण गरेको घाइतेहरुले बताए छन् । 
    पूजा समिति नेकपा तथा घाइते पक्ष काँग्रेस र राजपा पक्षधर हुन् । यसैबीच राजपाका केन्द्रिय सदस्य दिनेश यादव तथा नेपाली काँग्रेस सप्तरीका अध्यक्ष दिनेश कुमार यादवको नेतृत्वमा बुधबार एक टोलीले जिल्ला प्रहरी कार्यालयमा पुगि घटनाको सत्यतथ्य छानबिन गरि दोषिमाथी कडा कारवाहीको माँग गरेका छन् । 
    यता रातीदेखी नै गाउँ तनावग्रस्त बनेपछि थप अप्रिय घटना हुन नदिन अहिले त्यस क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरिएको छ । 
    यसैबीच नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले बुधबार एक विज्ञप्ति प्रकाशित गरि घटनामा संलग्न वडा अध्यक्षसहित अन्यहरुलाई कारवाहीको माँग गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोेरोनाको जोखीमका बीच मुश्लिम समुदायले मनाए पैगम्बरको जन्मजयन्ति
कोेरोनाको जोखीमका बीच मुश्लिम समुदायले मनाए पैगम्बरको जन्मजयन्ति
१७ वर्षिया किशोरीको अपहरण गरि सामूहिक बलात्कार, आरोपित चारै जना पक्राउ, अनुसन्धानका लागि चार दिन म्याद थप
१७ वर्षिया किशोरीको अपहरण गरि सामूहिक बलात्कार, आरोपित चारै जना पक्राउ, अनुसन्धानका लागि चार दिन म्याद थप
नेताका कारण सम्पूर्ण नेपालीको पहिचान गुमायो ः राष्ट्रिय अध्यक्ष पटेल
नेताका कारण सम्पूर्ण नेपालीको पहिचान गुमायो ः राष्ट्रिय अध्यक्ष पटेल
स्व. नेता सिंह र रायको शालिक अनावरण
स्व. नेता सिंह र रायको शालिक अनावरण
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
कुटपिट गरि हत्याका चार जना आरोपि पक्राउपछि कारागार चलान
कुटपिट गरि हत्याका चार जना आरोपि पक्राउपछि कारागार चलान
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
दुर्घटनामा तीनको मृत्यु
दुर्घटनामा तीनको मृत्यु
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?