रामलिला आयोजनाको समय विषयमा विवादमा कुटपिट हुँदा १२ जना घाइते, चारको अवस्था गम्भिर

राजविराज राजविराज
|
बिहिबार, आश्विन २३, २०७६
|
|
६४ पटक हेरिएको
Shares
रामलिला आयोजनाको समय विषयमा विवादमा कुटपिट हुँदा १२ जना घाइते, चारको अवस्था गम्भिर

सारांश

  •     शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहास्थित दुर्गा मन्दिर प्राङ्गणमा दशैंको अवसरमा आयोजना गरिएको रामलिला कार्यक्रमको समय विषयलाई लिएर उत्पन्न विवादले उग्र रुप लिएपछि पूजा समिति पक्षधरको कुटाईबाट १२ जना घाइते भएका हुन् ।
  •       गम्भिर घाइते हुनेहरुमा शम्भुनाथ नगरपालिका १ बस्ने खेम बहादुर कार्की, कौशलकुमार यादव, प्रमोद कोइराला तथा रुपनी गाउँपालिका १ का रामबाबु यादव छन् ।
  •       स्थानिय युनिक अस्पतालमा भर्ना भएका चारै जनाको अवस्था नाजुक बन्दै गएपछि बुधबार बिराटनगरस्थित न्यूरो अस्पताल रेफर गरिएको डा.

दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
    सप्तरीको शम्भुनाथ नगरपालिकामा दशैंको अवसरमा मंगलबार राती आयोजित रामलिलाको समय विषयलाई लिएर उत्पन्न विवादपछि भएको कुटपिटमा १२ जना घाइते भएका छन् भने घाइते मध्ये चारको अवस्था गम्भिर छ । 
    शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहास्थित दुर्गा मन्दिर प्राङ्गणमा दशैंको अवसरमा आयोजना गरिएको रामलिला कार्यक्रमको समय विषयलाई लिएर उत्पन्न विवादले उग्र रुप लिएपछि पूजा समिति पक्षधरको कुटाईबाट १२ जना घाइते भएका हुन् । 


    गम्भिर घाइते हुनेहरुमा शम्भुनाथ नगरपालिका १ बस्ने खेम बहादुर कार्की, कौशलकुमार यादव, प्रमोद कोइराला तथा रुपनी गाउँपालिका १ का रामबाबु यादव छन् । 
    स्थानिय युनिक अस्पतालमा भर्ना भएका चारै जनाको अवस्था नाजुक बन्दै गएपछि बुधबार बिराटनगरस्थित न्यूरो अस्पताल रेफर गरिएको डा. प्रमोद साहले जानकारी दिए । 
    यस्तै कुटपिटबाट धिरेन्द्र चौधरी, मो. समिम, रमेश कुमार यादव, अशोक यादव, सरोज कार्की, देवसुन्दर यादव, सन्तोष साह र ओमकान्त साह पनि घाइते भएका छन् । उनीहरुको युनिक अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीले घटना अनुसन्धानको क्रममा पूजा समितिका अध्यक्ष इनरदेव साह, कोषाध्यक्ष दिलिप चौधरी, सदस्य हिरु चौधरी, पुन्ति यादव र रामचन्द्र साह लगायत पाँचजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य केही फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीको भनाई छ । 
    मंगलबार राती ८ बजेतिर रामलिला कार्यक्रम चलिरहेको बेला दुई पक्षबीच झडप सुरु भएको थियो । स्थानियका अनुसार पूजा समितिले रामलिला कार्यक्रम राती १ बजेसम्म चलाउने तथा अर्को पक्षले राती १२ बजेसम्म मात्र चल्न दिने अडान राखेपछि झडप सुरु भएको थियो । 


    सोही क्रममा वडा अध्यक्ष समेत रहेका पूजा समितिका अध्यक्ष इनरदेव साहको नेतृत्वमा एक समूहले लाठी, फठ र फलामे रडबाट अन्धाधुन्द आक्रमण गरेको घाइतेहरुले बताए छन् । 
    पूजा समिति नेकपा तथा घाइते पक्ष काँग्रेस र राजपा पक्षधर हुन् । यसैबीच राजपाका केन्द्रिय सदस्य दिनेश यादव तथा नेपाली काँग्रेस सप्तरीका अध्यक्ष दिनेश कुमार यादवको नेतृत्वमा बुधबार एक टोलीले जिल्ला प्रहरी कार्यालयमा पुगि घटनाको सत्यतथ्य छानबिन गरि दोषिमाथी कडा कारवाहीको माँग गरेका छन् । 
    यता रातीदेखी नै गाउँ तनावग्रस्त बनेपछि थप अप्रिय घटना हुन नदिन अहिले त्यस क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरिएको छ । 
    यसैबीच नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले बुधबार एक विज्ञप्ति प्रकाशित गरि घटनामा संलग्न वडा अध्यक्षसहित अन्यहरुलाई कारवाहीको माँग गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रन्जुको शंकास्पद मृत्यु सम्बन्धमा  श्रीमान् श्रीमती पक्राउ
प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै
प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै
गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति ः नेता निधि 
गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति ः नेता निधि 
ससुुराले भारतीय ज्वाईलाई नागरिकता बनाउन खोज्दा तीन जना कारागार चलान 
ससुुराले भारतीय ज्वाईलाई नागरिकता बनाउन खोज्दा तीन जना कारागार चलान 
दोश्रो दिन पनि विष्णुपुरका सबै  विद्यालयको पठनपाठन ठप्प
दोश्रो दिन पनि विष्णुपुरका सबै  विद्यालयको पठनपाठन ठप्प
पत्रकार महासंघ सप्तरीमा पुनः प्रेस  युनियनका श्रवण देव निर्वाचित
पत्रकार महासंघ सप्तरीमा पुनः प्रेस  युनियनका श्रवण देव निर्वाचित
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
तीन बुँंदे सहमती पछि पूर्वाधारका कर्मचारी काममा फर्किए 
तीन बुँंदे सहमती पछि पूर्वाधारका कर्मचारी काममा फर्किए 
तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित 
तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित 
लायन्स क्लब सप्तरीद्वारा ६ जना असशक्तलाई ह्विलचेयर प्रदान
लायन्स क्लब सप्तरीद्वारा ६ जना असशक्तलाई ह्विलचेयर प्रदान

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी