तीन बुँंदे सहमती पछि पूर्वाधारका कर्मचारी काममा फर्किए 

राजविराज राजविराज
|
शुक्रबार, चैत्र २३, २०८०
|
|
४० पटक हेरिएको
Shares
तीन बुँंदे सहमती पछि पूर्वाधारका कर्मचारी काममा फर्किए 

सारांश

  •     कार्यालय प्रमुखमाथी प्रदेश सांसद सहितको टोलीद्वारा दुव्र्यवहार भएको भन्दै उनीहरु आन्दोलित भएका थिए ।
  •       प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको बैठकमा दुई पक्षबीचमा भएको लिखित प्रतिबद्धता पश्चात् कर्मचारीहरु कार्यालय संचालनका लागी काममा फर्केका हुन् ।
  •       तीन बँुदे लिखित प्रतिबद्धतामा पूर्वाधार विकास कार्यालय सप्तरीले पालिका तथा वडामा रहेको योजनाहरु मापदण्डमा रही सम्बन्धित पालिकासँग समन्वय गरी ऐन, कानून निर्देशिका बमोजिम कार्य गर्ने, कार्यालयले जिल्लामा हुने विकास निर्माण कार्यमा पारदर्शिता कायम राख्दै सरोकारवाला पक्षहरुसँग समान व्यवहार गरी कार्य गर्ने उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २३ चैत । 

    तीन बुँदे सहमतिपछि आन्दोलनरत पूर्वाधार विकास कार्यालय सप्तरीका कर्मचारीहरु पाँच दिनपछि शुक्रबार काममा फर्किएका छन् । 
    कार्यालय प्रमुखमाथी प्रदेश सांसद सहितको टोलीद्वारा दुव्र्यवहार भएको भन्दै उनीहरु आन्दोलित भएका थिए । 
    प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको बैठकमा दुई पक्षबीचमा भएको लिखित प्रतिबद्धता पश्चात् कर्मचारीहरु कार्यालय संचालनका लागी काममा फर्केका हुन् । 
    तीन बँुदे लिखित प्रतिबद्धतामा पूर्वाधार विकास कार्यालय सप्तरीले पालिका तथा वडामा रहेको योजनाहरु मापदण्डमा रही सम्बन्धित पालिकासँग समन्वय गरी ऐन, कानून निर्देशिका बमोजिम कार्य गर्ने, कार्यालयले जिल्लामा हुने विकास निर्माण कार्यमा पारदर्शिता कायम राख्दै सरोकारवाला पक्षहरुसँग समान व्यवहार गरी कार्य गर्ने उल्लेख छ । 
    यस्तै गत चैत्र १८ गते कार्यालय प्रमुख र सांसद टोलीबीच भएको घट्नाबाट उत्पन्न असमझदारी र कर्मचारी आन्दोलित भएकोमा जनमत पार्टीका तर्फबाट दुःख व्यक्त गर्दै अगामी दिनमा यस्ता क्रियाकलाप प्रति सचेत रहने प्रतिबद्धता व्यक्त गरिएको बैठकमा सहभागी जनमत पार्टीका जिल्ला इन्र्चाज रामगमन साहले जानकारी दिए । 
    गत चैत्र १८ गते योजना बाँडफाँडको विषयलाई लिएर कार्यालय प्रमुख प्रविण प्रताप अधिकारीमाथी जनमत पार्टीका तर्फबाट प्रदेश सांसद एवं पूर्व मन्त्री समेत रहेका महेश प्रसाद यादवले हातपात र दुव्र्यवहार गरेको भन्दै कर्मचारीहरु कार्यालयको सम्पुर्ण कामकाज ठप्प पारी कार्यालय परिसर मै धर्नामा वसेका थिए । 
    सहमतीका लागी बोलाईएको बैठकमा सुरक्षा निकाय, राजनीतिक दल, कर्मचारी संघ संगठन र विभिन्न पालिकाका प्रमुखको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?