दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी सोमबार राजविराजमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा राजविराज नगरपालिका–६ पूर्णी पोखरीस्थित बहिरा बालक स्कूलमा अभिमुखिकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले लैङ्गिक हिंसाबाट पीडितले न्याय प्राप्त गरेको अनुभूति गर्न र आत्मसम्मानका साथ मानव अधिकारको सुनिश्चितता भएको महशुस गर्न अत्यावश्यक रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भुवनेश्वरप्रसाद साहले पीडकलाई दण्ड सजाय र पीडितको चाहनाअनुरूपको न्याय प्राप्त गरेको अनुभूति गर्ने वातावरण सृजना गर्न प्रहरीले भूमिका खेल्दै आएको बताए ।
जेष्ठ नागरिक चन्द्रशेखर साफीको अध्यक्षतामा भएको कार्यक्रममा समग्र जनउत्थान केन्द्रकी सहजकर्ता सुष्मा गुप्ता, क्रेस नेपालका अध्यक्ष उपेन्द्र साह, स्थानीय शत्रुघ्न साह, युवा सञ्जालकी संयोजक सुनीता साह, हुर्क नेपालकी कार्यक्रम संयोजक रिया राय सञ्चेतीलगायतले महिला हिंसा न्युनिकरण बारे सुझाव दिएका थिए ।
लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखिकरण
सारांश
- लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा राजविराज नगरपालिका–६ पूर्णी पोखरीस्थित बहिरा बालक स्कूलमा अभिमुखिकरण कार्यक्रम भएको हो ।
- कार्यक्रममा मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले लैङ्गिक हिंसाबाट पीडितले न्याय प्राप्त गरेको अनुभूति गर्न र आत्मसम्मानका साथ मानव अधिकारको सुनिश्चितता भएको महशुस गर्न अत्यावश्यक रहेको बताए ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भुवनेश्वरप्रसाद साहले पीडकलाई दण्ड सजाय र पीडितको चाहनाअनुरूपको न्याय प्राप्त गरेको अनुभूति गर्ने वातावरण सृजना गर्न प्रहरीले भूमिका खेल्दै आएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया