समाजसेवी एवं शान्तिकामी सिंहको सम्झना

राजविराज राजविराज
|
बुधबार, श्रावण ११, २०७९
|
|
६३ पटक हेरिएको
Shares
समाजसेवी एवं शान्तिकामी सिंहको सम्झना

सारांश

  •     नेपाल विश्व शान्ति समितिद्वारा आयोजित कार्यक्रममा स्व.
  • सिंहको योगदान बारे चर्चा गर्दै सम्झना गरिएको हो ।
  • सो अवसरमा स्व.

दैनिक समाचारदाता
राजविराज, ११ साउन । 

    समाजसेवी एवं शान्तिकामी स्व. डा. नागेश्वर प्रसाद सिंहको १२ औं स्मृति दिवसको अवसरमा बुधबार एक कार्यक्रमको आयोजना गरिएको छ । 
    नेपाल विश्व शान्ति समितिद्वारा आयोजित कार्यक्रममा स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झना गरिएको हो । सो अवसरमा स्व. सिंहको तस्बिरमा माल्यार्पण तथा पूष्पगुच्छा अर्पण गर्दै सहभागि वक्ताले जुझारु र निष्ठावान व्यक्तित्वका धनी स्व. सिंहको निधनले मुलुकलाई अपूर्णीय क्षति पुगेको बताए । 
    आयोजक समितिका महासचिव मधुबहादुर बिसिको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश मिडिया काउन्सीलका अध्यक्ष शिवहरि प्रसाद भट्राई, प्रेस काउन्सील नेपालका पूर्वसदस्य एवं वरिष्ठ पत्रकार अनिलकुमार अनल, मधेश प्रदेश जेष्ठ नागरिक संघका अध्यक्ष शंकर सारदा, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका प्रमुख राजिव मिश्रा, प्राध्यापक अशोककुमार सिंह, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, स्व. सिंहका जेठा छोरा समेत रहेका राजविराज नगरपालिकाका पूर्व मेयर गोबिन्द सिंह लगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्व. सिंहको योगदानको स्मरण गरे । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका पूर्खौली घर भई हाल राजविराज ३ मा बसोवास गर्दै आएका सिंहको ८५ वर्षको उमेरमा निधन भएको थियो । सिंह २०१६ सालको प्रथम आमनिर्वाचनमा सप्तरीको क्षेत्र नं. ३६ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भई २०१७ सालमा डा. तुलसी कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री समेत भएका थिए । उनी नेपाल रेडक्रस सोसाइटी र लायनस क्लवका संस्थापक सदस्य समेत हुन् । उनको २०६७ साल साउन २ गते निधन भएको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थापना दिवसमा पुस्तक प्रदर्शनी 
स्थापना दिवसमा पुस्तक प्रदर्शनी 
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती
सर्वोच्चको आदेशमा सप्तरी जिल्ला अदालतबाट चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह रिहा
सर्वोच्चको आदेशमा सप्तरी जिल्ला अदालतबाट चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह रिहा
सप्तरीमा १ सय १० जना भुमिहिनले पाए जग्गाधनी पुर्जा
सप्तरीमा १ सय १० जना भुमिहिनले पाए जग्गाधनी पुर्जा
आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
कंकालिनि मन्दिरमा यस वर्ष राँगाको बलि प्रदान घट्यो
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण ८ गतेदेखी 
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण ८ गतेदेखी 
सप्तरीको पहिलो संक्रमित युवा कोरोना मुक्त 
सप्तरीको पहिलो संक्रमित युवा कोरोना मुक्त 
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
लैङ्गिक हिंसा र छुवाछूत न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड 
लैङ्गिक हिंसा र छुवाछूत न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?