समाजसेवी एवं शान्तिकामी सिंहको सम्झना

राजविराज राजविराज
|
बुधबार, श्रावण ११, २०७९
|
|
८७ पटक हेरिएको
Shares
समाजसेवी एवं शान्तिकामी सिंहको सम्झना

सारांश

  •     नेपाल विश्व शान्ति समितिद्वारा आयोजित कार्यक्रममा स्व.
  • सिंहको योगदान बारे चर्चा गर्दै सम्झना गरिएको हो ।
  • सो अवसरमा स्व.

दैनिक समाचारदाता
राजविराज, ११ साउन । 

    समाजसेवी एवं शान्तिकामी स्व. डा. नागेश्वर प्रसाद सिंहको १२ औं स्मृति दिवसको अवसरमा बुधबार एक कार्यक्रमको आयोजना गरिएको छ । 
    नेपाल विश्व शान्ति समितिद्वारा आयोजित कार्यक्रममा स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झना गरिएको हो । सो अवसरमा स्व. सिंहको तस्बिरमा माल्यार्पण तथा पूष्पगुच्छा अर्पण गर्दै सहभागि वक्ताले जुझारु र निष्ठावान व्यक्तित्वका धनी स्व. सिंहको निधनले मुलुकलाई अपूर्णीय क्षति पुगेको बताए । 
    आयोजक समितिका महासचिव मधुबहादुर बिसिको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश मिडिया काउन्सीलका अध्यक्ष शिवहरि प्रसाद भट्राई, प्रेस काउन्सील नेपालका पूर्वसदस्य एवं वरिष्ठ पत्रकार अनिलकुमार अनल, मधेश प्रदेश जेष्ठ नागरिक संघका अध्यक्ष शंकर सारदा, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका प्रमुख राजिव मिश्रा, प्राध्यापक अशोककुमार सिंह, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, स्व. सिंहका जेठा छोरा समेत रहेका राजविराज नगरपालिकाका पूर्व मेयर गोबिन्द सिंह लगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्व. सिंहको योगदानको स्मरण गरे । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका पूर्खौली घर भई हाल राजविराज ३ मा बसोवास गर्दै आएका सिंहको ८५ वर्षको उमेरमा निधन भएको थियो । सिंह २०१६ सालको प्रथम आमनिर्वाचनमा सप्तरीको क्षेत्र नं. ३६ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भई २०१७ सालमा डा. तुलसी कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री समेत भएका थिए । उनी नेपाल रेडक्रस सोसाइटी र लायनस क्लवका संस्थापक सदस्य समेत हुन् । उनको २०६७ साल साउन २ गते निधन भएको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी