दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा समाचकेवा पर्वको अवसरमा पहिलो पटक जुरगुटी प्रतियोगिता आयोजना गरिएको छ ।
परालसहितको धानको बालाको बनाउने जुरगुटी तराई मधेसमा केही वर्ष पहिला लगभग सबैको घर अगाडी रहेपनि हाल लोप हुँदै गएको अवस्थामा त्यस्ता कला संस्कृतीलाई प्रतियोगिताको माध्यमबाट उत्थान तथा जगेर्नाको प्रयास गरिएको आयोजकले बताएका छन् ।
जुरगुटी पाहुनाहरूको स्वागत तथा सजावटको लागि झुन्ड्याउने चलन रहेकोमा हाल ती परम्पराहरू लोप हुँदै गएको छ ।
मौलिकताहरू हराउँदै गएपछि यस वर्ष पहिलो पटक थारु सांस्कृतिक संग्रहालय एवम् थारु समुदाय होमस्टे परिवारको आयोजन तथा कोशी टप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सौजन्यमा यस्ता प्रतियोगिता भएको हो ।
सो नगरपालिका वडा नं. ६ स्थित थारु संग्रहालयको भवनमा आयोजित सो प्रतियोगितामा पानावती चौधरी प्रथम, रिता चौधरी द्वितीय र भुली देवीले तृतीय स्थान भएकी छिन् ।
विजयी प्रतियोगीहरूलाई पुरस्कार स्वरूप क्रमशः एक हजार पाँच सय, एक हजार र पाँच सय रुपैयाँ प्रदान गरिएको छ ।
कला संस्कृतीको उत्थानका लागि जुरगुटी प्रतियोगिता
सारांश
- परालसहितको धानको बालाको बनाउने जुरगुटी तराई मधेसमा केही वर्ष पहिला लगभग सबैको घर अगाडी रहेपनि हाल लोप हुँदै गएको अवस्थामा त्यस्ता कला संस्कृतीलाई प्रतियोगिताको माध्यमबाट उत्थान तथा जगेर्नाको प्रयास गरिएको आयोजकले बताएका छन् ।
- जुरगुटी पाहुनाहरूको स्वागत तथा सजावटको लागि झुन्ड्याउने चलन रहेकोमा हाल ती परम्पराहरू लोप हुँदै गएको छ ।
- मौलिकताहरू हराउँदै गएपछि यस वर्ष पहिलो पटक थारु सांस्कृतिक संग्रहालय एवम् थारु समुदाय होमस्टे परिवारको आयोजन तथा कोशी टप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सौजन्यमा यस्ता प्रतियोगिता भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया