प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान 

राजविराज राजविराज
|
मंगलबार, माघ १३, २०७७
|
|
७१ पटक हेरिएको
Shares
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान 

सारांश

  •     नेकपा सप्तरी (ओली समूह) द्वारा मंगलबार सप्तरी सदरमुकाम राजविराजस्थित राजरंगशालामा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो आह्वान गर्नुभएको हो ।
  •       पार्टी फुटाउन प्रयास गरेका प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री ओलीमाथी लगाइएको निराधार आरोप फिर्ता लिएर आगामी निर्वाचनमा मिलेर जान तयार भए समस्याको निकास निस्किन सक्ने समेत उहाँले बताउनुभयो ।
  •       निर्वाचन आयोगले हालै गरेको निर्णयबाट प्रथम अध्यक्ष केपी ओली, द्वितीय अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल रहेको पार्टी नै आधिकारीक हुने उल्लेख रहेको भन्दै उहाँले आफूहरुको पार्टीले नै चुनाव चिन्ह सूर्य छाप पाउने तथा निर्वाचनमा उम्मेदवारीका लागि केपी ओलीद्वारा हस्ताक्षरित पत्र नै आधिकारीक हुने दाबी गर्नुभयो ।

दैनिक समाचारदाता
राजविराज, १३ माघ । 
    उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको बिरुद्धमा उत्रेका प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ । 
    नेकपा सप्तरी (ओली समूह) द्वारा मंगलबार सप्तरी सदरमुकाम राजविराजस्थित राजरंगशालामा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो आह्वान गर्नुभएको हो । 
    पार्टी फुटाउन प्रयास गरेका प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री ओलीमाथी लगाइएको निराधार आरोप फिर्ता लिएर आगामी निर्वाचनमा मिलेर जान तयार भए समस्याको निकास निस्किन सक्ने समेत उहाँले बताउनुभयो । 

    निर्वाचन आयोगले हालै गरेको निर्णयबाट प्रथम अध्यक्ष केपी ओली, द्वितीय अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल रहेको पार्टी नै आधिकारीक हुने उल्लेख रहेको भन्दै उहाँले आफूहरुको पार्टीले नै चुनाव चिन्ह सूर्य छाप पाउने तथा निर्वाचनमा उम्मेदवारीका लागि केपी ओलीद्वारा हस्ताक्षरित पत्र नै आधिकारीक हुने दाबी गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड र माधव नेपालले उक्त सल्लाह नमाने उहाँहरुको भविष्य पनि सुनिश्चित नहुने समेत उल्लेख गर्नुभयो । 
    प्रतिनिधिसभाको गत निर्वाचनमा केपी ओलीको नाममा भोट मागेको र विकास तथा समृद्धिको प्रतिबद्धता गरेकोमा दुई वर्ष नपुग्दै प्रधानमन्त्रीलाई धक्का मारेर हटाउने षडयन्त्रमा प्रचण्ड लागेको उहाँको आरोप थियो ।

    मैथिली भाषामा सम्बोधन गर्नुहुँदै उहाँले राजविराजमा वरिष्ठ गणतन्त्रवादी नेता स्व. रामराजा प्रसाद सिंहको नाममा स्थापना हुने रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास प्रधानमन्त्री ओलीबाटै चाडै हुने जानकारी पनि दिनुभयो । 
    यसैगरि राजविराज औद्योगिक क्षेत्रको स्तरोन्तरीका लागि पनि सरकारले तयारी गरिरहेको भन्दै उहाँले कोरोनाका कारण लामो समयदेखी बन्द रहेको नाकाहरु समेत छिट्टै सूचारु गर्ने मन्त्रीपरिषदले निर्णय समेत गरिसकेको जानकारी दिनुभयो । 
    कार्यक्रममा सहरी विकास मन्त्री प्रभु साहले प्रचण्ड पद बिना एक मिनेट पनि बाच्न नसक्ने स्वभावका रहेको भन्दै सत्ता र पदकै लागि पार्टी फुटाउने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो । प्रचण्ड जी ३० वर्षदेखी नियमित पदमै बसिरहेको मानिस हुनुहुन्छ र अहिले पनि पद र सत्ताकै लागि पार्टीमा भाडभौलो मचाउनु भएको उहाँले आरोप लगाउनुभयो । 
    नेकपा सप्तरी (ओली समूह) का संयोजक ताराकान्त चौधरीको अध्यक्षतमा आयोजित बृह भेलालाई कानु मन्त्री लिलानाथ श्रेष्ठ, महिला बालबालिका मन्त्री जुली महतो, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सचिवालय सदस्य रघुबिर महासेठ, केन्द्रिय सदस्य सुखराम यादव, रन्जु ठाकुर, ज्वाला साह लगायतले पनि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबी गर्नुभयो । 
    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका दुई दर्जन नेता कार्यकर्तालाई प्रमुख अतिथि पोखरेलले फुलमाला अविर लगाई स्वागत गर्नुभएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक
सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि ।  तस्बीर ः राजविराज दैनिक  

आइपुग्यो अक्सिजन प्लान्ट
आइपुग्यो अक्सिजन प्लान्ट
असोज २२ देखी सप्तरी महोत्सव हुँदै
असोज २२ देखी सप्तरी महोत्सव हुँदै
सप्तरीको कंचनरुपमा मदन भण्डारी  रंगशाला निर्माण हुने निश्चित् 
सप्तरीको कंचनरुपमा मदन भण्डारी  रंगशाला निर्माण हुने निश्चित् 
सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन 
सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन 
वेवारिसे अवस्थामा १ सय १५ किलो गाजा बरामद
वेवारिसे अवस्थामा १ सय १५ किलो गाजा बरामद

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी