राजविराज÷सप्तरी प्रहरीले छोरा अपहरणमा परेको भन्दै झुठो उजुरी दिने बाबुलाई शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा बस्ने ३६ वर्षिय जासर मियाँ छन् । उनले शुक्रबार बिहान मोटरसाइकलमा आएका २÷३ जना अपरिचित व्यक्तिले घरमा सुतिरहेका ११ वर्षिय छोरा ज्याउद्दिनको अपहरण गरेको भन्दै सुरक्षा वेश क्याम्प पत्थरगाढामा उजुरी दिएका थिए ।
बालक अपहरण भएको खबर पाउना साथ जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय पातो र सुरक्षा वेश क्याम्प पत्थगरगाढाको संयुक्त प्रहरी टोलीले शंकास्पद स्थानका साथै भारतीय सीमा सुरक्षा अधिकारीसँग पनि समन्वय गरि खोजतलासमा खटेको जनाएको छ ।
खोजतलासकै क्रममा बालक ज्याउद्दिनलाई घरबाट ५ सय मिटरको दुरीमा रहेको दिदीको घरबाट प्रहरीले फेला पारेको सप्तरी प्रहरीले जनाएको छ । बालकले भने आफूलाई कसैले अपहरण नगरेको तथा दिदीलाई भेट्ने इच्छा भएकाले यहाँ आएको र यस बारे बुबा जासरलाई पनि थाहा भएको प्रहरीलाई जानकारी दिएका छन् ।
गाउँका विभिन्न व्यक्तिसँग लेनदेनका विषयलाई लिएर तनावमा रहेका जासर मियाँले छोरो अपहरणको नाटक गरि ऋण र लेनदेनका तनावबाट उन्मुक्ति पाउने नियतले समेत बनावटी उजुरी दिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ ।
बालकलाई आमाको जिम्मा लगाइएको छ भने प्रहरी नियन्त्रणमा रहेका जासर मियाँलाई झुठो उजुरी दिएको आरोपमा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी निरिक्षक बाबुराम कार्कीले बताए ।
छोराको अपहरण भएको भन्दै झुठो उजुरी दिने बाबु पक्राउ
सारांश
- खोजतलासकै क्रममा बालक ज्याउद्दिनलाई घरबाट ५ सय मिटरको दुरीमा रहेको दिदीको घरबाट प्रहरीले फेला पारेको सप्तरी प्रहरीले जनाएको छ ।
- बालकले भने आफूलाई कसैले अपहरण नगरेको तथा दिदीलाई भेट्ने इच्छा भएकाले यहाँ आएको र यस बारे बुबा जासरलाई पनि थाहा भएको प्रहरीलाई जानकारी दिएका छन् ।
- गाउँका विभिन्न व्यक्तिसँग लेनदेनका विषयलाई लिएर तनावमा रहेका जासर मियाँले छोरो अपहरणको नाटक गरि ऋण र लेनदेनका तनावबाट उन्मुक्ति पाउने नियतले समेत बनावटी उजुरी दिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया