दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
नाबालिकासँग बलात्कार गरेको ओरापमा एक नाबालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ३ लक्ष्मीपुरका १६ वर्षिय नाबालक छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार सार्वजनिक गरेको घटना विवरण अनुसार गत बैशाख १३ गते उक्त वडा नजिकैको लक्ष्मीपुर वन क्षेत्रमा काठ दाउरा संकलन गर्न पुगेकी १३ वर्षिय किशोरीलाई १६ वर्षिय किशोरले जबरजस्ती करणी गरेका थिए ।
पीडित किशोरीले वन क्षेत्रमा काठ दाउरा संकलन गर्दै गर्दा अचानक पुगेका ती किशोरले सुरुमा प्रलोभन देखाई शारीरिक सम्बन्धको प्रयास गरेको र सो प्रस्ताव अस्विकर गर्दा मुख थुनेर बलात्कार गरेको प्रहरी समक्ष बयान दिएकी छिन् ।
बलात्कारीले कसैलाई यो बारे भने आफूलाई ज्यानै मारिदिने धम्की समेत दिएको पीडित किशोरीले प्रहरीलाई बताएकी छिन् ।
घटनापछी फरार भएका किशोरलाई बैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो । पीडित किशोरीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा स्वास्थ्य परिक्षण तथा उपचार गराइएको छ भने पक्राउ परेका ती किशोरलाई सप्तरी जिल्ला अदालतबाट म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ३ लक्ष्मीपुरका १६ वर्षिय नाबालक छन् ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार सार्वजनिक गरेको घटना विवरण अनुसार गत बैशाख १३ गते उक्त वडा नजिकैको लक्ष्मीपुर वन क्षेत्रमा काठ दाउरा संकलन गर्न पुगेकी १३ वर्षिय किशोरीलाई १६ वर्षिय किशोरले जबरजस्ती करणी गरेका थिए ।
- पीडित किशोरीले वन क्षेत्रमा काठ दाउरा संकलन गर्दै गर्दा अचानक पुगेका ती किशोरले सुरुमा प्रलोभन देखाई शारीरिक सम्बन्धको प्रयास गरेको र सो प्रस्ताव अस्विकर गर्दा मुख थुनेर बलात्कार गरेको प्रहरी समक्ष बयान दिएकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया