राजविराज÷राजविराजस्थित नेपाली सेनाको भिमदल गणले गत हप्तादेखी सुरु गरेको ग्रास रुट फुटवल कार्यक्रमका कारण बालबालिकाहरुको आकर्षण बढिरहेको छ ।
बालबालिकाहरुलाई स्वस्थ्य, अनुशासित र सक्षम नागरिक बनाउने उद्देश्यले ६ देखि १२ वर्ष सम्मका स्कुले बालबालिकालाई लक्षित गरेर भिमदल गणले गत साउन ४ गतेदेखि सुरु गरेको ‘ग्रास रुट फुटवल कार्यक्रम’ मा बालबालिकाहरुको आकर्षण बढ्दो छ ।
शनिबार विदाको दिनको सदुपयोग गर्दै स्कुले बालबालिकाहरु पनि सो खेलमा रमाइरहेका छन् । जिल्लाका विभिन्न विद्यालयका हाल सम्म ५१ जना छात्रछात्रा सहभागी भईसकेका छन् भने त्यो संख्या दैनिक बढीरहेको सेनाका प्रमुख सेनानी गुप्त बहादुर कुवरले बताए ।
शिक्षासँगै खेलकुदको माध्यमले बालबालिकालाई अनुशासित, साहसिक र सक्षम नागरिक बनाउन यस्तो कार्यक्रम संचालनमा ल्याएको जानकारी दिदै उनले बढदो सहभागीताले आफुहरु पनि उत्साहित भएको बताए ।
विद्यार्थीको पढने समय र बातावरण मिलाई विदाका दिन हरेक साताको शनिबार विहान ८ बजे देखि १० बजे सम्म संचालन हुने ग्रासरुट फुटवल कार्यक्रममा हाल सम्म ६ वटा विद्यालयका ५१ जना बालबालिका सहभागी भएको तथा थप विद्यालयहरुबाट पनि बालबालिकाको नाम दर्ताका लागी आउने क्रम जारी रहेको गणका कार्य अधिकृत सेनानी अमर बहादुर थापाले जानकारी दिए ।
बालबालिकामा फुटवलप्रति देखिएको रुची र खेलप्रति अभिभावकको साकारात्मक धारणाका कारण सहभागी हुनेको संख्या बढदै गएको उनको बुझाई छ ।
विभिन्न विद्यालयबाट आएका छात्रछात्राहरुलाई छनौट गरी विदाका दिन साताको शनिबार प्रशिक्षणमा सहभागी गराईदै छ । सहभागीहरुलाई गणका ४ जना तथा जिल्ला फुटवल संघका रमेश श्रेष्ठ, प्रज्जवल सिंह सेवा, राजकुमार परियार लगायत ७ जना प्रशिक्षकले प्रशिक्षण दिई रहेका छन् ।
जिल्लामा पहिलो पटक सेनाद्वारा संचालन गरिएको ग्रासरुट फुटवल कार्यक्रमले विद्यालयका छात्रछात्रामात्र होईन अभिभावक पनि निकै उत्साहित भएका छन् । स्थानिय अभिभावक दिपेन्द्र चौधरीले भने, अहिले फुटवल र क्रिकेट लगायतका खेलमा पनि भविष्य छ, अर्को तर्फ गणभित्रको अनुशासित बातावरणका पनि आफना नानीलाई प्रशिक्षणमा सहभागी हुन पठाएका छांै ।
सेनाको ग्रासरुट फुटवलमा बालबालिकाको आकर्षण बढ्दोे
सारांश
- शिक्षासँगै खेलकुदको माध्यमले बालबालिकालाई अनुशासित, साहसिक र सक्षम नागरिक बनाउन यस्तो कार्यक्रम संचालनमा ल्याएको जानकारी दिदै उनले बढदो सहभागीताले आफुहरु पनि उत्साहित भएको बताए ।
- विद्यार्थीको पढने समय र बातावरण मिलाई विदाका दिन हरेक साताको शनिबार विहान ८ बजे देखि १० बजे सम्म संचालन हुने ग्रासरुट फुटवल कार्यक्रममा हाल सम्म ६ वटा विद्यालयका ५१ जना बालबालिका सहभागी भएको तथा थप विद्यालयहरुबाट पनि बालबालिकाको नाम दर्ताका लागी आउने क्रम जारी रहेको गणका कार्य अधिकृत सेनानी अमर बहादुर थापाले जानकारी दिए ।
- बालबालिकामा फुटवलप्रति देखिएको रुची र खेलप्रति अभिभावकको साकारात्मक धारणाका कारण सहभागी हुनेको संख्या बढदै गएको उनको बुझाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया