युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ

राजविराज राजविराज
|
मंगलबार, भाद्र २६, २०८०
|
|
४५ पटक हेरिएको
Shares
युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ

सारांश

  •     सप्तरी जिल्ला अदालतका न्यायाधिश हरिशचन्द्र इङनामको इजलाशले सोमबार चार वर्ष अघि भएको कर्तव्य ज्यान मुद्दाका आरोप राजविराज ७ निवासी बिन्देश्वर प्रसाद यादव र उनका छोरी सन्तोषीलाई जनही ३÷३ वर्ष कैद र ३०÷३० हजार जरिवाना र एक लाख रुँपैया क्षतिपूर्ती भराउने फैसला गरेको छ ।
  •     बि.
  • स.

दैनिक समाचारदाता
राजविराज, २६ भदौ । 

    राजविराज वडा नं. ७ स्थित खर्साल टोलमा २०७६ सालमा भएको एक चर्चित हत्याकाण्डका सन्दर्भमा सप्तरी जिल्ला अदालतले बाबु छोरीलाई सजाय र जरिवानाको फैसला गरेको छ । 
    सप्तरी जिल्ला अदालतका न्यायाधिश हरिशचन्द्र इङनामको इजलाशले सोमबार चार वर्ष अघि भएको कर्तव्य ज्यान मुद्दाका आरोप राजविराज ७ निवासी बिन्देश्वर प्रसाद यादव र उनका छोरी सन्तोषीलाई जनही ३÷३ वर्ष कैद र ३०÷३० हजार जरिवाना र एक लाख रुँपैया क्षतिपूर्ती भराउने फैसला गरेको छ ।
    बि.स. २०७६ साल असार १० गते यादव बाबु छोरीसहित ८ जना माथी सप्तरीको तिरहुत गाउँपालिका ३ पिपराहीका २५ वर्षिय जयकृष्ण बिराजी यादवको कुटेरै हत्या गरेको आरोपमा मृतकका बुबा उपेन्द्र प्रसाद यादवको जाहेरीले कर्तव्य ज्यान मुद्दामा अदालतको यस्तो फैसला आएको हो । 
    २०७६ साल असार १० गते रातीको समयमा बाबु छोरीसहित ८ जनाको समूहले बासको भाटा, रड लगायतका बस्तुले जयकृष्णमाथी निर्घात कुटपिट गरेको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले अदालतमा पेश गरेको कागजात प्रमाणमा उल्लेख छ ।
    उक्त मुद्दामा प्रतिवादी बनाइएका अन्य ६ जना क्रमश ः राजविराज नगरपालिका वडा नं. ७ शुभासचन्द्र यादव, श्रवणकुमार मेहता, शशिआनन्द देव, कमलदेव यादव, प्रमोद कुमार यादव र योगेश कुमार देवलाई भने अदालतले सफाई दिएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी गंगा कुमार मिश्रले जानकारी दिए । 
    त्यति बेला जयकृष्णको मृत्युपछि आक्रोसित उनका आफन्तजनले आरोपीहरुलाई पक्राउ गरि कडा कारवाहीको माग गर्दै दिनहुँजसो राजविराजमा प्रदर्शन गर्न थालेका थिए । प्रहरीले बाबु छोरीसहित ८ जनालाई प्रतिवादी बनाई कर्तव्य ज्यान मुद्दा दर्ता गरेपछि मात्र प्रदर्शन साम्य भएको थियो । 
    प्रहरीले हत्याको कारण सार्वजनिक नगरे पनि जयकृष्णको हत्यामा भने प्रेम सम्बन्धको विषय कारण रहेको स्थानीयले बताउँदै आएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ दिनमा सेनाले बनायो एक सय शैयाको आइसोलेशन
६ दिनमा सेनाले बनायो एक सय शैयाको आइसोलेशन
कोरोना संक्रमण पुष्टि भएको दुई घण्टा नबित्दै एक महिलाको मृत्यु, सप्तरीमा संक्रमणबाट मृत्यु हुने संख्या ६ पुग्यो
कोरोना संक्रमण पुष्टि भएको दुई घण्टा नबित्दै एक महिलाको मृत्यु, सप्तरीमा संक्रमणबाट मृत्यु हुने संख्या ६ पुग्यो
बाढी प्रभावितलाई नगद राहत वितरण
बाढी प्रभावितलाई नगद राहत वितरण
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न
भुजिया तथा आलु चिप्स बनाउने तालिम सुरु
भुजिया तथा आलु चिप्स बनाउने तालिम सुरु
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
ब्युटी, लक्ष्मीपछि सरस्वतीको बिजोग, अदालतको आदेशपछि ताला फुटाएर सरस्वतीलाई गराइयो गृह प्रवेश ….
ब्युटी, लक्ष्मीपछि सरस्वतीको बिजोग, अदालतको आदेशपछि ताला फुटाएर सरस्वतीलाई गराइयो गृह प्रवेश ….
रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 
रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?