युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ

राजविराज राजविराज
|
मंगलबार, भाद्र २६, २०८०
|
|
७० पटक हेरिएको
Shares
युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ

सारांश

  •     सप्तरी जिल्ला अदालतका न्यायाधिश हरिशचन्द्र इङनामको इजलाशले सोमबार चार वर्ष अघि भएको कर्तव्य ज्यान मुद्दाका आरोप राजविराज ७ निवासी बिन्देश्वर प्रसाद यादव र उनका छोरी सन्तोषीलाई जनही ३÷३ वर्ष कैद र ३०÷३० हजार जरिवाना र एक लाख रुँपैया क्षतिपूर्ती भराउने फैसला गरेको छ ।
  •     बि.
  • स.

दैनिक समाचारदाता
राजविराज, २६ भदौ । 

    राजविराज वडा नं. ७ स्थित खर्साल टोलमा २०७६ सालमा भएको एक चर्चित हत्याकाण्डका सन्दर्भमा सप्तरी जिल्ला अदालतले बाबु छोरीलाई सजाय र जरिवानाको फैसला गरेको छ । 
    सप्तरी जिल्ला अदालतका न्यायाधिश हरिशचन्द्र इङनामको इजलाशले सोमबार चार वर्ष अघि भएको कर्तव्य ज्यान मुद्दाका आरोप राजविराज ७ निवासी बिन्देश्वर प्रसाद यादव र उनका छोरी सन्तोषीलाई जनही ३÷३ वर्ष कैद र ३०÷३० हजार जरिवाना र एक लाख रुँपैया क्षतिपूर्ती भराउने फैसला गरेको छ ।
    बि.स. २०७६ साल असार १० गते यादव बाबु छोरीसहित ८ जना माथी सप्तरीको तिरहुत गाउँपालिका ३ पिपराहीका २५ वर्षिय जयकृष्ण बिराजी यादवको कुटेरै हत्या गरेको आरोपमा मृतकका बुबा उपेन्द्र प्रसाद यादवको जाहेरीले कर्तव्य ज्यान मुद्दामा अदालतको यस्तो फैसला आएको हो । 
    २०७६ साल असार १० गते रातीको समयमा बाबु छोरीसहित ८ जनाको समूहले बासको भाटा, रड लगायतका बस्तुले जयकृष्णमाथी निर्घात कुटपिट गरेको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले अदालतमा पेश गरेको कागजात प्रमाणमा उल्लेख छ ।
    उक्त मुद्दामा प्रतिवादी बनाइएका अन्य ६ जना क्रमश ः राजविराज नगरपालिका वडा नं. ७ शुभासचन्द्र यादव, श्रवणकुमार मेहता, शशिआनन्द देव, कमलदेव यादव, प्रमोद कुमार यादव र योगेश कुमार देवलाई भने अदालतले सफाई दिएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी गंगा कुमार मिश्रले जानकारी दिए । 
    त्यति बेला जयकृष्णको मृत्युपछि आक्रोसित उनका आफन्तजनले आरोपीहरुलाई पक्राउ गरि कडा कारवाहीको माग गर्दै दिनहुँजसो राजविराजमा प्रदर्शन गर्न थालेका थिए । प्रहरीले बाबु छोरीसहित ८ जनालाई प्रतिवादी बनाई कर्तव्य ज्यान मुद्दा दर्ता गरेपछि मात्र प्रदर्शन साम्य भएको थियो । 
    प्रहरीले हत्याको कारण सार्वजनिक नगरे पनि जयकृष्णको हत्यामा भने प्रेम सम्बन्धको विषय कारण रहेको स्थानीयले बताउँदै आएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्याय सम्पादन कार्यमा दलित महिला 
दुई महिलाद्वारा आत्महत्या
दुई महिलाद्वारा आत्महत्या
सञ्चार विधेयक फिर्ता लिन पत्रकार महासंघको माग
सञ्चार विधेयक फिर्ता लिन पत्रकार महासंघको माग
भ्रष्टाचार भएको भन्दै कंचनरुप नगरपालिका बिरुद्ध पाँच दल आन्दोलित
भ्रष्टाचार भएको भन्दै कंचनरुप नगरपालिका बिरुद्ध पाँच दल आन्दोलित
प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन
पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन
कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
एजेन्टको प्रलोभनमा परि तीन यूवाको लाखौं ठगिए
एजेन्टको प्रलोभनमा परि तीन यूवाको लाखौं ठगिए
हटियाको जग्गा अतिक्रमणबारे कावा प्रमुखको निर्णय बिरुद्ध बोर्डका सदस्यहरु, डिपिआर बमोजिम नै मैले निर्णय गरे ः कावा प्रमुख परबिन
हटियाको जग्गा अतिक्रमणबारे कावा प्रमुखको निर्णय बिरुद्ध बोर्डका सदस्यहरु, डिपिआर बमोजिम नै मैले निर्णय गरे ः कावा प्रमुख परबिन

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी