एजेन्टको प्रलोभनमा परि तीन यूवाको लाखौं ठगिए

राजविराज राजविराज
|
मंगलबार, श्रावण २६, २०७८
|
|
६१ पटक हेरिएको
Shares
एजेन्टको प्रलोभनमा परि तीन यूवाको लाखौं ठगिए

सारांश

  •     एजेन्टले भने अनुसारको काम नपाएपछि एक महिनासम्म दुबईमा अलपत्र परेर जसोतसो घर फर्किएका राजविराजका संजय दास, धिरेन्द्र कुमार दास र जिल्लाको विष्णुपुर गाउँपालिकाका बेदानन्द यादव विगत एक वर्षदेखी न्यायका लागि प्रहरी र संचारकर्मीसमक्ष न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
  •       आकर्षक तलब र रोजगारी दिलाउने प्रलोभन देखाई लाखौं रकम ठगि गर्ने जिल्लाकै रुपनी गाउँपालिका २ बस्ने म्यानपावर एजेन्ट अशोक कुमार यादवले संजय दासलाई दुबईको नुन फुड कम्पनीमा आकर्षक तलबसहित प्याकिङको काममा लगाइदिने भन्दै २ लाख ४३ हजार ६ सय रुँपैया, बेदानन्दबाट २ लाख ४२ हजार ३ सय र धिरेन्द्रसँग १ लाख ८६ हजार रुँपैया लिएको पीडितहरुले बताएका छन् ।
  •       दुबई पुगेपछि एजेन्टले भने अनुसारको काम नपाइएको र एक महिनासम्म आफूहरु अलपत्र र कष्टकर जिवन बिताएर जसोतसो घर फर्किएको अर्का पीडित बेदानन्दले सुनाए ।

दैनिक समाचारदाता
राजविराज, २६ साउन । 
    एजेन्टको प्रलोभन र ठगिको शिकारमा परेका सप्तरीका तीन जना यूवाहरु विगत एक वर्षदेखी न्यायको खोजीमा भौतारिदै छन् । 
    एजेन्टले भने अनुसारको काम नपाएपछि एक महिनासम्म दुबईमा अलपत्र परेर जसोतसो घर फर्किएका राजविराजका संजय दास, धिरेन्द्र कुमार दास र जिल्लाको विष्णुपुर गाउँपालिकाका बेदानन्द यादव विगत एक वर्षदेखी न्यायका लागि प्रहरी र संचारकर्मीसमक्ष न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् । 
    आकर्षक तलब र रोजगारी दिलाउने प्रलोभन देखाई लाखौं रकम ठगि गर्ने जिल्लाकै रुपनी गाउँपालिका २ बस्ने म्यानपावर एजेन्ट अशोक कुमार यादवले संजय दासलाई दुबईको नुन फुड कम्पनीमा आकर्षक तलबसहित प्याकिङको काममा लगाइदिने भन्दै २ लाख ४३ हजार ६ सय रुँपैया, बेदानन्दबाट २ लाख ४२ हजार ३ सय र धिरेन्द्रसँग १ लाख ८६ हजार रुँपैया लिएको पीडितहरुले बताएका छन् । 
    दुबई पुगेपछि एजेन्टले भने अनुसारको काम नपाइएको र एक महिनासम्म आफूहरु अलपत्र र कष्टकर जिवन बिताएर जसोतसो घर फर्किएको अर्का पीडित बेदानन्दले सुनाए । 
    २०७५ पुस २५ गते आफूहरु फर्किएपछि सिधै जिल्ला प्रहरी कार्यालयमा पुगि ठगि गर्ने एजेन्ट अशोक बिरुद्ध उजुरी दिँदा उनलाई प्रहरीले पक्राउ गरी एक दिन हिरासतमा राखेको थियो । हिरासतमा रहेका बेला अशोकले प्रहरी समक्ष पीडितहरुले भने अनुसारको रकम लिएको स्विकार्दै एक महिना भित्र रकम फिर्ता गर्ने कागज समेत गरीदिएका थिए । सोही शर्त र कागज गरिदिएपछि थुनामुक्त भएका अशोक हाल फरार भएको पीडितहरुको गुनासो छ । यस्तै पीडित वेदानन्दले प्रहरीमा जाँदा निजको खोजतलास भईरहेको जवाफ बाहेक केही पाउन नसकेको बताएका छन् । 
    यता जिल्ला प्रशासन कार्यालयस्थित सुरक्षित आप्रवाशन परियोजनामा समेत लिखित जानकारी गराएको र त्यहाँबाट पनि आवश्यक पहल जारी रहेको जवाफ पाएको बताए । 
    यसबारे इलाका प्रहरी रुपनीका सई अवधेश चौवेले जिल्लाबाट निज अशोक यादवलाई पक्रिन पक्राउ पुर्जी समेत जारी भइसकेको र उनको खोजतलास तिब्र बनाइएको जानकारी दिएका छन् । 
    सीप र सूचना नलिई एजेन्टको प्रलोभनमा परि बैदेशिक रोजगारीमा गएका कारण जिल्लाका धेरै यूवाहरु ठगिने र विदेशी भूमिमा अलपत्र पर्ने गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठ लाख मुल्य बराबरको अबैध मरिचसहित एक पक्राउ 
आठ लाख मुल्य बराबरको अबैध मरिचसहित एक पक्राउ 
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
चाँदीका गहनासहित विश्वकर्मा पक्राउ
चाँदीका गहनासहित विश्वकर्मा पक्राउ
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान
चन्द्र नहरको बाँध भत्किदा सयौं घर डुवानमा
चन्द्र नहरको बाँध भत्किदा सयौं घर डुवानमा
आगलागीमा पाँच घर नष्ट
आगलागीमा पाँच घर नष्ट
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
सप्तरीमा थप एक डेंगुका बिरामी भेटिए, सप्तरीमा सात जनामा डेंगु रोगको संक्रमण भेटिए ः महाशाखा
सप्तरीमा थप एक डेंगुका बिरामी भेटिए, सप्तरीमा सात जनामा डेंगु रोगको संक्रमण भेटिए ः महाशाखा
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
तिलाठीमा विश्व वातावरण दिवसमा वृक्षारोपण
तिलाठीमा विश्व वातावरण दिवसमा वृक्षारोपण