दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथमा मंगलबार बिहान एक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका १ बस्ने २५ वर्षिय सबिन राई छन् ।
वडा नं. ५ स्थित सो राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मधेश प्रदेश–०३–००१ख८१८१ नं. को क्लिङकर लोड गरेको ट्रक पुलबाट तल खस्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
क्रेन र जेसिबिको मद्दतले पल्टिएको ट्रकलाई सोझो पारी थिचिएका चालकको शव निकालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपाने बताए । ट्रक के कारणले दुर्घटना भयो, यकिन नभएपनि बिहानको समयमा चालक निदाएको हुन सक्ने र अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ ।
मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाई दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ट्रक दुर्घटनामा चालकको मृत्यु
सारांश
- मृत्यु हुनेमा ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका १ बस्ने २५ वर्षिय सबिन राई छन् ।
- वडा नं.
- ५ स्थित सो राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मधेश प्रदेश–०३–००१ख८१८१ नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया