दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
सप्तरीको महादेवा गाउँपलिका २ की २४ वर्षिया लक्ष्मी कुमारी मण्डलको आत्महत्या नभई हत्या भएको परिवारजनले दाबी गर्दै आएका छन् ।
विराटनगरस्थित नोबेल अस्पतालमा स्टाफ नर्स पदमा कार्यरत उनी अस्पताल नजिकै डेरा लिई वसेको कोठामा जेठ १२ गते मृत अवस्थामा फेला परेकी थिइन ।
सिलिङ फ्यानमा गम्छा र साडी जोडेर बनाइएको पासो घाँटीमा लगाएर झुण्डिएको अवस्थामा उनको मृत शरीर प्रहरीले फेला परेको थियो ।
सोमवार मृतका वुवा हनुमान मण्डलले राजविराजमा संचारकर्मीहरुलाई भेटेर हत्यालाई आत्महत्या देखाउन मारेपछी झुण्ड्याइएको दाबी गरेका छन ।
छोरी एक्लै भएको मौका छोपी अर्काे कोठामा रहेका उनकै साथीहरु मध्ये कोही भेन्टिलेशनबाट छिरेर छोरीलाई मारेर झुण्ड्याइएको उनको दाबी छ । लक्ष्मी बस्ने कोठमा ठूलो भेन्टिलेशन रहेको र एक्कै पल्ट दुई जना सम्म मान्छे छिर्ने अवस्थामा रहेको भन्दै उनले घट्नाको सत्यतथ्य छानवीन र दोषीलाई कारवाही हुनु पर्ने माँग गरेका छन ।
हत्या हुनु एक घण्टा अघि बजारबाट तरकारी किनेर ल्याएको र आफुहरुसंग फोनमा कुरा गरेको भन्दै मृतकका भाई लव प्रकाशले बताए । उनले घट्नाबारे दिदी कै साथी रुबी चौधरीले जेठ १३ गते विहान फोन गरेपछी आफुहरु विराटनगर पुगेको र त्यस पछी जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएपनि प्रहरीले छानवीनमा वेवास्ता गरेको आरोप लगाए ।
उनका अनुसार दिदी झुण्डीएको देखिएपनि खुट्टा भूईमा लत्रेको थियो । यस्तै दुबै पैताला कालो भएको थियो भने शरीरको विभिन्न भागमा निलडाम समेत देखिएको थियो । सुरुमा कुटपीट, त्यस पछी करेन्ट लगाएर मारी झुण्ड्याइएको सहजै अनुमान सबैले गरे पनि प्रहरीले अनुसन्धानमा सक्रियता नदेखाएको उनले भने ।
उनले न्यायका लागी परिवारजनले सञ्चारकर्मीसंगै मानवअधिकारकर्मी र सप्तरी प्रहरीलाई समेत भेटेर पहल गरिदिन आग्रह गरेका छन ।
सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले घटनास्थल मोरङ जिल्ला रहेकाले आपृmु त्यहाँका प्रहरी अधिकारी संग समन्वय गरी सत्यतथ्य अनुसन्धानका लागी पहल गर्ने आश्वासन दिएको परिवारजनले जनाएको छ ।
लक्ष्मीको हत्या भएको परिवारको दाबी
सारांश
- विराटनगरस्थित नोबेल अस्पतालमा स्टाफ नर्स पदमा कार्यरत उनी अस्पताल नजिकै डेरा लिई वसेको कोठामा जेठ १२ गते मृत अवस्थामा फेला परेकी थिइन ।
- सिलिङ फ्यानमा गम्छा र साडी जोडेर बनाइएको पासो घाँटीमा लगाएर झुण्डिएको अवस्थामा उनको मृत शरीर प्रहरीले फेला परेको थियो ।
- सोमवार मृतका वुवा हनुमान मण्डलले राजविराजमा संचारकर्मीहरुलाई भेटेर हत्यालाई आत्महत्या देखाउन मारेपछी झुण्ड्याइएको दाबी गरेका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया