रोहन बिकको उत्कृष्ट प्रदर्शनले सप्तरी बिजय

राजविराज राजविराज
|
बुधबार, कार्तिक २, २०७९
|
|
२० पटक हेरिएको
Shares
रोहन बिकको उत्कृष्ट प्रदर्शनले सप्तरी बिजय

सारांश

  •     सप्तरी क्रिकेट संघको आयोजना तथा मधेश प्रदेश क्रिकेट संघको सहयोगमा संचालित छनोट खेलमा सप्तरीले धनुषालाई २ बिकेटले पराजित गर्दै पहिलो जित निकालेको छ भने सिरहाले महोत्तरीलाई ५ बिकेटले हराउदै आफनो जितलाई निरन्तरता दिएको हो ।
  •       स्थानिय पबिमावि खेलमैदानमा टस जितेर धनुषाले ४४ ओभर ३ बल खेल्दै सबै बिकेट गुमाई १ सय ७६ रनको योगफल खडा गरेका थिए ।
  • जसमा रौनक रत्नले सर्वाधिक ६१ रन, हिमान्सु दत्त ३० रन र हरिशंकर साहले २० जोडे ।

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक । 

    राजविराजमा संचालित पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश सिनियर क्रिकेट छनोट खेलमा बुधबार सम्पन्न खेलमा रोहन बिकको उत्कृष्ट प्रर्दशनले सप्तरी बिजयी भएको छ । त्यस्तै अर्को खेलमा सिरहाले दोस्रो जित हात पारेको छ । 
    सप्तरी क्रिकेट संघको आयोजना तथा मधेश प्रदेश क्रिकेट संघको सहयोगमा संचालित छनोट खेलमा सप्तरीले धनुषालाई २ बिकेटले पराजित गर्दै पहिलो जित निकालेको छ भने सिरहाले महोत्तरीलाई ५ बिकेटले हराउदै आफनो जितलाई निरन्तरता दिएको हो । 
    स्थानिय पबिमावि खेलमैदानमा टस जितेर धनुषाले ४४ ओभर ३ बल खेल्दै सबै बिकेट गुमाई १ सय ७६ रनको योगफल खडा गरेका थिए । जसमा रौनक रत्नले सर्वाधिक ६१ रन, हिमान्सु दत्त ३० रन र हरिशंकर साहले २० जोडे । बलिङ्ग तर्फ सप्तरीका अभिशेषक कार्की र पप्पु यादब ३÷३ बिकेट तथा रोहित, बिकास दास र अजय यादबले समान्य १÷१ बिकेट हात पारे । 
    जवाफमा सप्तरीले ४० ओभर ३ बल खेल्दै ८ बिकेट गुमाई बिजय हात पारेका थिए । टिमका लागि रोहन बिकले उत्कृष्ट ब्याटिंग गर्दै ४ छक्का र ११ चौकाको मदतले ७८ रन बनाएपछि जितका लागि सहज भएको थियो । त्यस्तै राहुल मण्डल २३, अभिषेक कार्की १७, पप्पु यादब १५ र बिकास दासले १० रन बनाउदै अबिजित रहेपछि टिमका लागि जित सुनिश्चित भएको थियो । 
    यता बलिंग तर्फ धनुषाका दिब्यान्सु मलिकले सर्वाधिक ४ बिकेट, बिक्रान्त यादब २ र आकाश राय तथा रूपेश यादबले १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच सप्तरीका रोहन बिक घोषित भए । 
    यसैगरी सिरहा र महोत्तरी बिच भएको दोस्रो खेलमा टस जितेर महोतरीले ३३ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय १६ रनको योगफल खडा गरेका थिए । जसमा अभिषेक तिवाडी १५, सुकेश यादब १४ श्याम मण्डल र मुरारी ठाकुर १२÷१२ रन बनाएका थिए । बलिंग तर्फ सिरहाका रूपेश सिँह र प्रदिप पासवान २÷२ बिकेट अफरूदिन रायन २ तथा मनोज यादब र तारपेशर मुखियाले १÷१ बिकेट लिएका थिए । 
    जवाफमा सिरहाले ३२ ओभर १ बलमा ५बिकेट गुमाई बिजय हात पारेका थिए । जसमा रूपेश सिँहले अविजित ३८ रन, शैलेन्द्र साह ३३ रन जोडेपछि जित सहज भएको थियो । बलिंग तर्फ महोतरीका रमेश सहनी र नवीन यादब २÷२ बिकेट र बिनेष सहनीले १ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच सिरहाका रूपेश सिँह घोषित भए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हावाहुरीबाट २७ को मृत्यु, ४ सय बढी घाइते
हावाहुरीबाट २७ को मृत्यु, ४ सय बढी घाइते
तीन बर्ष कैद फैसला भएको ११ बर्षपछि पक्राउ 
तीन बर्ष कैद फैसला भएको ११ बर्षपछि पक्राउ 
राजविराजमा सबै भन्दा बढी तथा  बलानबिहुलमा सबै भन्दा कम मतदाता
राजविराजमा सबै भन्दा बढी तथा  बलानबिहुलमा सबै भन्दा कम मतदाता
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
भारोत्तोलन खेलाडी स्व. देवसुन्दरको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न 
भारोत्तोलन खेलाडी स्व. देवसुन्दरको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न 
“छठ पर्व” साझा पर्वको रुपमा मनाइदै,  आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
“छठ पर्व” साझा पर्वको रुपमा मनाइदै, आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित
एक सय ३५ विपन्न छोरीलाई साइकल
समन्वय समितीको निर्वाचनका  लागि दलहरुबीच छलफल जारि
समन्वय समितीको निर्वाचनका  लागि दलहरुबीच छलफल जारि