जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने

राजविराज राजविराज
|
सोमबार, भाद्र २, २०७६
|
|
४५ पटक हेरिएको
Shares
जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने

सारांश

  •     अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.
  • चुमनलाल दासले स्वास्थ बिभागवाट सिटि स्क्यान र आईसियुको सामानहरू आईसकेकोले भवनको अभावको कारण व्यवस्थापन गर्न केही समय लागिरहेको जानकारी दिए ।
  •     मेसु डा.

चन्दनकुमार यादब
राजविराज, २ भदौं । 
    राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा सिटी स्कयान र आईसियुसहितको सेवा तीन महिना भित्रै संचालनमा ल्याउने तैयारी भइरहेको छ ।
    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले स्वास्थ बिभागवाट सिटि स्क्यान र आईसियुको सामानहरू आईसकेकोले भवनको अभावको कारण व्यवस्थापन गर्न केही समय लागिरहेको जानकारी दिए ।
    मेसु डा. दासले अस्पताल भित्र सिटि स्क्यान र आईसियु सेवा संचालन गर्नका लागि चाहिने भवनको निर्माण कार्य अन्तिम चरणमा रहेकोले तीन महिन भित्रै नयाँ भवनमा सेवा सुचारू गर्ने तयारी भइरहेको बताए । हाल अस्पतालमा एनआईसियु, थाईरोईड, एसाईलेडेट होमोग्लोबिन, आरए फ्याक्टर, सिआरपी, ब्यबस्थित ल्याव, डिजिटल एक्सरे तथा ९ वटा बिशेषज्ञ चिकित्सकहरूबाट सेवाहरू संचालनमा रहेको बताए ।
    हालै मात्र अस्पतालमा नाक, कान घाँटीको सेवा संचालनसँगै एक बिरामीको श्वास प्रश्वासमा समस्या देखेपछि चिकित्सकहरूले घाटीमा प्वाल पारेर श्वास लिने पाईप राखेर सफल शल्यक्रिया सम्पन्न गरेको समेत उनले जानकारी दिए ।
    यस्तै मुटु बिरामीहरूको लागि अस्पताल संचालन गर्न भवन चाहिएकोले सोका लागि भवन निर्माणको कार्यलाई तिब्र बनाइएको र केही महिनामै उक्त सेवा पनि संचालनमा ल्याउन बिभागवाट सबै प्रक्रिया पूरा भईसकेको उनको भनाई छ । 
    अस्पतालमा हाल छाला रोग बिशेषज्ञ, साईकेट्रिक र प्याथोलोजिष्ट बाहेक अन्य ९ वटा बिशेषज्ञ सेवा संचालनमा रहेको मेसु दासले जानकारी दिँदै मेडिसिन, सर्जरी, गाइनो, पेडियाट्रिक, अर्थो, डेन्टल, रेडियोग्राफी, एनेस्थेसिया, डायलायसिस, हाडजोर्नी, सर्जन, ईएनटी, एनआइसियु, २४ घण्टै नमुना प्याथोलोजी, अत्याधुनिक एक्सरे सेवा संचालनमा रहेको बताए ।
    गत साउन २३ गते एक बालक छतबाट लडेर पेटमा छिरेको बाँसको भाँटा स्थानियले निकाल्ने क्रममा आन्द्रा भुडी समेत बाहिर निस्केपछि अस्पतालकै सर्जन डा राजिब मिश्रा, एनेस्थेटिस्ट डा. पारसमणी साह, सहायक बिपन देव, ईएनटी सर्जन महेश पोखरेल सहितको टोलीले सफल शल्यक्रिया गरेका थिए ।
    हाल अस्पतालले मिर्गाैला, सरजरी पिथ थैली, किड्नी मृगौलामा ढुगांको अपरेशन, एपेन्डिक्स, पाठेघरको अप्रेशन, आन्द्रामा प्वाल परेको, वाबासिर, सहितका डाईलेसिस सेवा दिईरहेको डा चुमनलाल दासले बताए ।
    अस्पतालमा बिगत भन्दा हाल बिरामीको चाप बढेपछि कर्मचारीको अभाव भएकोले छालारोग, मानसिक रोग बिशेषज्ञ, रेडिलोजिष्ट, प्राबिधिकतर्फ बायोमेडिकल ईन्जिनियर, आईटी अफिसर नर्र्सिग गरी तत्काल ३० जना कर्मचारीको आबश्यकता रहेको मेसु दासको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
जेसीजद्वारा सरस्वती पूजा र सहिद दिवस मनाएर कार्य आरम्भ
जेसीजद्वारा सरस्वती पूजा र सहिद दिवस मनाएर कार्य आरम्भ
छोराछोरीलाई डाक्टर, ईन्जिनियर मात्र बनाउन खोज्ने  प्रबृतीले समाजको बिकास हुन सक्दैन ः डा. राउत 
छोराछोरीलाई डाक्टर, ईन्जिनियर मात्र बनाउन खोज्ने  प्रबृतीले समाजको बिकास हुन सक्दैन ः डा. राउत 
राहतको नाममा ३ किलो चामल बितरण गरेपछि लकडाउनमै बिरोध जुलुस
राहतको नाममा ३ किलो चामल बितरण गरेपछि लकडाउनमै बिरोध जुलुस
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र  एकल महिलालाई ब्ल्याङकेट वितरण
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र  एकल महिलालाई ब्ल्याङकेट वितरण
राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु 
राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु 
जननेता स्व.वी.पी. को सम्झनामा विभिन्न कार्यक्रम
जननेता स्व.वी.पी. को सम्झनामा विभिन्न कार्यक्रम