नेजपाको फरक शैलीमा चुनावी अभियान

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ७, २०८२
|
|
७५ पटक हेरिएको
Shares
नेजपाको फरक शैलीमा चुनावी अभियान

सारांश

  •     नेपाल जनता पार्टी (नेजपा) ले बिहीबार सप्तरीमा चारवटै निर्वाचन क्षेत्रका आफ्ना उम्मेदवारलाई साधुसन्तबाट आशिर्वाद दिलाउँदै चुनावी प्रचारप्रसार अभियान सुरु गरेका छन् ।
  •     राजविराजस्थित क्याम्पस खेलमैदानमा सयौंको संख्यामा भेला भएका साधुसन्तबाट आशिर्वाद थाप्दै उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमा फर्कि प्रसारप्रसार अभियान शुरु गरेको पार्टीका जिल्ला प्रवक्ता ललन मण्डलले जानकारी दिए ।
  •     हिन्दुवादी संगठनको रुपमा चिनिएका सो पार्टीका उम्मेदवारहरुले हिन्दु घर्म गुरु र साधुसन्तको आशिर्वाद लिदै विधिवत रुपमा चुनावी प्रसारप्रचारमा जुटेको बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।

    फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा मतदातालाई आकर्षण गर्न नेजपाका उम्मेदवारहरुले फरक–फरक शैलीमा चुनावी प्रसारप्रसार गरिरहेका छन् ।
    नेपाल जनता पार्टी (नेजपा) ले बिहीबार सप्तरीमा चारवटै निर्वाचन क्षेत्रका आफ्ना उम्मेदवारलाई साधुसन्तबाट आशिर्वाद दिलाउँदै चुनावी प्रचारप्रसार अभियान सुरु गरेका छन् ।
    राजविराजस्थित क्याम्पस खेलमैदानमा सयौंको संख्यामा भेला भएका साधुसन्तबाट आशिर्वाद थाप्दै उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमा फर्कि प्रसारप्रसार अभियान शुरु गरेको पार्टीका जिल्ला प्रवक्ता ललन मण्डलले जानकारी दिए ।
    हिन्दुवादी संगठनको रुपमा चिनिएका सो पार्टीका उम्मेदवारहरुले हिन्दु घर्म गुरु र साधुसन्तको आशिर्वाद लिदै विधिवत रुपमा चुनावी प्रसारप्रचारमा जुटेको बताएका छन् । उक्त पार्टीबाट सप्तरीको निर्वाचन क्षेत्र नं. १ मा दिपेन्द्र प्रसाद यादव, क्षेत्र नं. २ मा रञ्जु झा ठाकुर, क्षेत्र नं. ३ मा डा. सन्तोष चमन यादव र क्षेत्र नं. ४ मा कोशल किशोर दास उम्मेदवार छन् ।
    उक्त पार्टीद्वारा जारी गरिएको संकल्पपत्रमा संघीय गणतान्त्रिक सहितको पुर्ण लोकतान्त्रिक हिन्दु सनातन राष्ट्र निर्माण, सबै जातजाती धर्मावलम्वी र क्षेत्रको न्यायोचित समावेशीकरण, समानुपातिक प्रतिनिधित्व, शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक र पत्रकारिता क्षेत्रको उत्थान लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।
    जिल्ला अध्यक्ष दिपेन्द्र यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष त्रिभुवननाथ पाठक, सचिव जयनाथ यादव, मधेश प्रदेश प्रदेश अध्यक्ष शत्रुघन प्रसाद साह तथा महन्थ मोतीदास बैरागी लगायतले उम्मेदवारको पक्षमा आ–आफ्नो विचार राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका डिएसपीसहित पाँच जना कोरोना संक्रमित
सप्तरीका डिएसपीसहित पाँच जना कोरोना संक्रमित
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
निरन्तरको बर्षाले खाडो बाँध कटान हुदै
निरन्तरको बर्षाले खाडो बाँध कटान हुदै
दुई दिनको अवधीमा दुई पालिका प्रमुख निलम्बित भएसँगै सप्तरीमा पालिका प्रमुख निलम्बित हुनेको संख्या चार पुग्यो 
दुई दिनको अवधीमा दुई पालिका प्रमुख निलम्बित भएसँगै सप्तरीमा पालिका प्रमुख निलम्बित हुनेको संख्या चार पुग्यो 
गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति ः नेता निधि 
गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति ः नेता निधि 
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ
भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ
महासंघले रक्तदान गरेर स्थापना दिवस मनायो
महासंघले रक्तदान गरेर स्थापना दिवस मनायो
कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका प्रदेशसभा सदस्य यादव धरौटीमा रिहा
कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका प्रदेशसभा सदस्य यादव धरौटीमा रिहा
नागरिकता विधेयक अंगीकृत नागरिकता र विभेदीकरण 
नागरिकता विधेयक अंगीकृत नागरिकता र विभेदीकरण 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?