लौनियाका अग्निपीडितलाई गाउँपालिकाको राहत

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ६, २०८०
|
|
५९ पटक हेरिएको
Shares
लौनियाका अग्निपीडितलाई गाउँपालिकाको राहत

सारांश

  •     शुक्रबार रातिभएको आगलागीमा चार परिवारको घर जल्दा करिब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको थियो ।
  • स्थानीय हरिकृष्ण मण्डल, विजय मण्डल, रामरतन मण्डल र भरत साफीको घर जल्दाकरिब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको गाउँपालिकाले जनाएको छ ।
  •       अग्नीपीडित चारै परिवारलाई शनिबार तिलाठी कोईलाडी गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।

    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा २ लौनियाका अग्निपीडित परिवारलाई गाउँपालिकाले राहत बितरण गरेको छ । 
    शुक्रबार रातिभएको आगलागीमा चार परिवारको घर जल्दा करिब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको थियो । स्थानीय हरिकृष्ण मण्डल, विजय मण्डल, रामरतन मण्डल र भरत साफीको घर जल्दाकरिब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको गाउँपालिकाले जनाएको छ । 
    अग्नीपीडित चारै परिवारलाई शनिबार तिलाठी कोईलाडी गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ ।
    छोरीको विहेको तयारीमा लागेका विजयको ४ तोला सुन, आधा किलो चाँदी, करिब ३० हजार नगद, २ सय किलो चामल, करिब १४ सय किलो धान जलेको थियो । यसैगरी कुशुमलाल मण्डलबाट फिर्ता पाएको सापटी रकम डेढ लाख रुपैयाँ जलेको रामरतन मण्डलले बताए । 
    प्रति परिवार २५ किलो चामल, ५ किलो मुरही, खाने तेल २ लिटर, नुन २ किलो, एक थानकम्बल, एक थानत्रिपाल, साडी एक थान, लुंगी एक थान, झुल एक थान, बेडसिट एक थान, आधाकिलो भुजिया, बाल्टिन एक थान र मग एक थान प्रदान गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए । 
    गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, वडा नं. २ लौनियाँका वडा अध्यक्ष कमलकुमार मण्डल, योजना शाखा प्रमुख दिपककुमार मण्डलसहितकाले राहत सामग्री हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्षदेखी स्वास्थ विमा वापतको रकमका लागी बैंक धाउँदै साह
एक वर्षदेखी स्वास्थ विमा वापतको रकमका लागी बैंक धाउँदै साह
महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन
महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन
बाढीबाट पुल भत्किँदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित
बाढीबाट पुल भत्किँदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
बजाज खडक वारियर्स फाइनलमा
बजाज खडक वारियर्स फाइनलमा
एमालेले शक्ति प्रदर्शन गर्दै निकाल्यो मोटरसाइकल ¥याली
एमालेले शक्ति प्रदर्शन गर्दै निकाल्यो मोटरसाइकल ¥याली
व्यक्तिगत सतर्कता अपनाउनु नै उत्तम विकल्प ः अध्यक्ष सिंह
व्यक्तिगत सतर्कता अपनाउनु नै उत्तम विकल्प ः अध्यक्ष सिंह
मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव
मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव
सप्तरी प्रिमीयर लिगको चौथो  संस्करणका लागि खेलाडी दर्ता खुला
सप्तरी प्रिमीयर लिगको चौथो  संस्करणका लागि खेलाडी दर्ता खुला
समाजसेवी दुगडको मृत्युपछि झिकियो आँखाको नानी
समाजसेवी दुगडको मृत्युपछि झिकियो आँखाको नानी

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?