छिन्नमस्ता गापा ७ को वडा भवनको शिलान्यास

राजविराज राजविराज
|
बुधबार, फाल्गुन १२, २०७७
|
|
५१ पटक हेरिएको
Shares
छिन्नमस्ता गापा ७ को वडा भवनको शिलान्यास

सारांश

  •     एक कार्यक्रम बिच जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले भवनको शिलान्यास गरेका हुन् ।
  •       हाटीका स्थानियबासी समेत रहेका प्रमुख प्रभाकर यादबले १ कठ्ठा ३ जग्गा उपलब्ध गराएपछि वडा कार्यालय को भवन निर्माण हुन लागेको हो ।
  •     जिल्ला समन्वय समिति सप्तरीको सहयोगमा ६४ लाखको लागतमा सो भवन चालु आ.

दैनिक समाचारदाता
राजविराज, १२ फागुन । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ हाटीको वडा कार्यालय भवनको बिहीबार शिलान्यास गरिएको छ ।  
    एक कार्यक्रम बिच जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले भवनको शिलान्यास गरेका हुन् । 
    हाटीका स्थानियबासी समेत रहेका प्रमुख प्रभाकर यादबले १ कठ्ठा ३ जग्गा उपलब्ध गराएपछि वडा कार्यालय को भवन निर्माण हुन लागेको हो ।
    जिल्ला समन्वय समिति सप्तरीको सहयोगमा ६४ लाखको लागतमा सो भवन चालु आ.बको आषार मसान्त भित्र निर्माण गर्ने लक्ष्य रहेको वडा ७ का अध्यक्ष प्रमिला देवी यादबले बताईन ।
    वडा कार्यालयको आफ्नो भवन नभएका कारण कार्यलय संचालनमा कठिनाई भईरहेको अबस्थामा वडा भवन निर्माण हुने भएपछि स्थानिय उत्साहित भएका छन ।
    वडा अध्यक्ष प्रमिला देवी यादवको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा छिन्मस्ता गाउँपालिका उपाध्यक्ष श्रीमती उषा कुमारी मण्डल, वडा सदस्य तथा स्थानियवासीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?