पोखरीमा डुबेर १२ महिनामा १२ बालबालिकासहित २२ जनाले ज्यान गुमाए

राजविराज राजविराज
|
शुक्रबार, जेठ २८, २०७८
|
|
२८ पटक हेरिएको
Shares
पोखरीमा डुबेर १२ महिनामा १२ बालबालिकासहित २२ जनाले ज्यान गुमाए

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विगत २९ दिनको अवधीमा डाक्नेश्वरी नगरपालिका ३ की २ वर्षिया अबिया खातुन, कंचनरुप नगरपालिका ९ की १३ वर्षिया रोशनी सरदार, तिरहुत गाउँपालिका १ का ११ वर्षिय मनिष मुखिया र बोदेबरसाइन नगरपालिका ३ की १८ महिनाकी अस्मिता यादवको पोखरीमा डुबेर ज्यान गएको छ ।
  •       जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम डिएसपी माधवप्रसाद काफ्लेका अनुसार २०७७ असारमा २, साउनमा १, भदौंमा २, असोजमा ३, कात्तिकमा २, मंसिर, पुस र माघमा क्रमश १/१, फागुनमा ३ जनाको पोखरीमा डुबेर ज्यान गएको छ ।
  • यस्तै २०७८ बैशाखमा २ र जेठमा ४ जना गरि २२ जनाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ जेठ । 
    सप्तरीमा १२ महिनामा १२ बालबालिकासहित २२ जनाको पोखरीमा डुबेर ज्यान गएको छ । जेठ महिनामा मात्र ४ जना बालबालिकाको पोखरीमा डुबेर ज्यान गएको हो ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विगत २९ दिनको अवधीमा डाक्नेश्वरी नगरपालिका ३ की २ वर्षिया अबिया खातुन, कंचनरुप नगरपालिका ९ की १३ वर्षिया रोशनी सरदार, तिरहुत गाउँपालिका १ का ११ वर्षिय मनिष मुखिया र बोदेबरसाइन नगरपालिका ३ की १८ महिनाकी अस्मिता यादवको पोखरीमा डुबेर ज्यान गएको छ । 
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम डिएसपी माधवप्रसाद काफ्लेका अनुसार २०७७ असारमा २, साउनमा १, भदौंमा २, असोजमा ३, कात्तिकमा २, मंसिर, पुस र माघमा क्रमश १/१, फागुनमा ३ जनाको पोखरीमा डुबेर ज्यान गएको छ । यस्तै २०७८ बैशाखमा २ र जेठमा ४ जना गरि २२ जनाको पोखरीमा डुबेर मृत्यु भएको छ । 
जिल्लामा विशेष गरि गर्मीको समयमा यो घटना बढी हुने गरेको पाइएको डिएसपी काफ्लेको भनाई छ । गर्मी बढेसँगै गाउँघरमा पोखरीमा नुहाउने क्रम बढ्ने र लापरवाहीका कारण यस्तो घटना बढी हुनथालेको उनको भनाई छ । 
    डुबेर बालबालिकाको बढी मृत्यु हुनुका पछाडी मुख्यत अभिभावकको लापरवाही रहेको भन्दै प्रहरी उपरिक्षक राजेन्द्र धमलाले घर नजिकैको पोखरीमा स–साना बालबालिका नुहाउन जाँदा अभिभावकले निगरानी गर्नुपर्ने हो तर, त्यस्तो हुन सकेको बताए । 
    पोखरीमा डुबेर मृत्यु हुनेको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले स–साना बालबालिकालाई पोखरी, नहर, कुलो, तलाउ लगायतका स्थानमा जान नदिन सबैसँग अपिल गरेको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?