राजविराज÷प्रदेश सभा सदस्य महेश प्रसाद यादवले कृषि, पशुपंछी तथा मत्स्य क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकीकरण गरी गुणस्तरीय उत्पादनमा जोड दिएका छन् ।
शनिवार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका स्थित ओम सृजन सहकार संस्था लि. को दोश्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मधेश प्रदेशको जनमत पार्टीका संसदीय दलका नेता समेत रहेका उनले रोजगार सृजना गर्नका लागि पनि स्वदेशमा रहेका तथा विदेशबाट फर्किएका युवाहरुको कृषि सम्बन्धि अनुभव, ज्ञान र सिपलाई कृषि क्षेत्रमा प्रयोग गरी गुणस्तरीय उत्पादन बढाउनुपर्नेमा जोड दिए ।
कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण र औद्योगिकीकरण आवश्यक रहेको बताएका उनले यसका लागि आफुहरुले कृषि क्षेत्रमा उच्च प्राथमिक्तामा राखेर काम गर्ने प्रतिबद्धता समेत जनाए । प्रदेश सभा सदस्य सतिश कुमार सिंहले छोटो अवधिमै लोकप्रियता कमाउन सफल भएको ओम सृजन सहकारी संस्था लि. लाई आफ्नो कारोवार क्षेत्रलाई बढाउँदै दही उत्पादन उद्योग संचालनमा ल्याउन सुझाव पनि दिए ।
संस्थाका अध्यक्ष सम्वोध कुमार झाको अध्यक्षतामा आयोजित साधारण सभा उद्घाटन समारोहमा उपाध्यक्ष मुकेश यादवले स्वागत तथा सचिव बब्लु कुमार मिश्रले संस्थाको आयव्यय प्रतिबेदन पेश गरेका थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य द्वय यादव र सिंहका साथै संचारकर्मी मनोज कुमार माझी, परिस कर्ण, समाजसेवी रामगमण साह लगायतलाई आयोजक संस्थाले मिथिला पाग र दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रम संचालन पंकज झाले गरेका थिए ।
कृषि क्षेत्रलाई उच्च प्राथमिकता ः प्रदेशसभा सदस्य यादव
सारांश
- कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण र औद्योगिकीकरण आवश्यक रहेको बताएका उनले यसका लागि आफुहरुले कृषि क्षेत्रमा उच्च प्राथमिक्तामा राखेर काम गर्ने प्रतिबद्धता समेत जनाए ।
- प्रदेश सभा सदस्य सतिश कुमार सिंहले छोटो अवधिमै लोकप्रियता कमाउन सफल भएको ओम सृजन सहकारी संस्था लि.
- लाई आफ्नो कारोवार क्षेत्रलाई बढाउँदै दही उत्पादन उद्योग संचालनमा ल्याउन सुझाव पनि दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया