दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
महिला क्रिकेट खेलाडी उत्पादन र बिकासका लागि राजबिराजमा चार दिवसिय जिल्ला स्तरिय महिला क्रिकेट प्रतियोगिताको मंगलबारदेखी सुरु भएको छ ।
उद्घाटन खेलामा मोरङले सप्तरी महिला टिमलाई पराजित गरेको छ । मोरंग महिला क्रिकेट टिमले सप्तरी महिला क्रिकेट टिमलाई १ सय ५ रनले को फराकिलो अन्तरले पराजित गरेका हो ।
मोरंगले दिएको १ सय ७६ रनको योगफललाई पछयाउने क्रममा सप्तरीले ७१ रन मात्र बनाएपछि मोरंग १ सय ५ रनले बिजयी भएको हो । टस जितेर मोरंगले निर्धारित २० ओभरमा ९ बिकेटको क्षतिमा १ सय ७६ रनको योगफल खडा गरेको थियो । जसमा काजल राजबंशीले २३ रन, सोनु राजबंशी २२ रन र पुर्णिमा राजबंशी २० रन बनाएका थिए ।
प्रतिउत्तरमा सप्तरीले १८ ओभर १ बलमा ७१ रन मात्र बनाएका थिए । जसमा साझी यादबले १९ रन, दिपा रामले १६ रन बाहेक कुनै खेलाडी दोहोर अंक पार गर्न सकेन । प्लेयर अफ म्याच मोरङकी सानू राजबंशी घोषित भएको सबल नेपालका कार्यक्रम संयोजक आशिष गुप्ताले जानकारी दिए ।
मंगलवार स्थानिय पवि माविको खेल मैदानमा एमसिसी फाउन्डेशन तथा क्रिकेट वीइथ वाउन्ड्रिज सँगको साझेदारीमा सबल नेपालद्वारा संचालित क्रिकेट फोर ईक्युलिटी परियोजना अन्तर्गत जिल्ला स्तरिय महिला क्रिकेट चार दिवसिय प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको मंगलवार एक कार्यक्रम बिच राजबिराज नगरपालिका कार्यवाहक नगर प्रमुख ईसरत परविन र सबल नेपालका सिनियर म्यानेजर असोक साहले बलिङ र सप्तरी क्रिकेट संघका सचिव चन्दन यादबले किपिङ गर्दै खेलको उदघाटन गरेका थिए ।
महिला क्रिकेट बिकासका लागि जिल्ला क्रिकेट प्रतियोगिता सुरू
सारांश
- उद्घाटन खेलामा मोरङले सप्तरी महिला टिमलाई पराजित गरेको छ ।
- मोरंग महिला क्रिकेट टिमले सप्तरी महिला क्रिकेट टिमलाई १ सय ५ रनले को फराकिलो अन्तरले पराजित गरेका हो ।
- मोरंगले दिएको १ सय ७६ रनको योगफललाई पछयाउने क्रममा सप्तरीले ७१ रन मात्र बनाएपछि मोरंग १ सय ५ रनले बिजयी भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया