चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध

राजविराज राजविराज
|
सोमबार, आषाढ २५, २०८०
|
|
९४ पटक हेरिएको
Shares
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध

सारांश

  •     राजविराज वडा नं.
  • ८ स्थित रुपनी सडक खण्डको महेश लुइटेलको घर अगाडी शुक्रबार साँझदेखी उक्त मरेको बाछी रहेको छ ।
  • तर, स्थानिय पालिका र सम्बन्धीत वडाले मरेको बाछीलाई ब्यवस्थापन गर्न कुनै पहल नगरेको भन्दै स्थानियहरुले सो सडकखण्ड अवरुद्ध पारेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २५ असार । 

    विगत चार दिनदेखी मरेको बाछीलाई ब्यवस्थापन गर्न नसक्दा र मरेको बाछी गन्हाउन थालेपछि सोमबार बिहान ९ बजदेखी राजविराज वडा नं. ८ स्थित सडकखण्डमा स्थानियले चक्काजाम गरेका छन् । 


    राजविराज वडा नं. ८ स्थित रुपनी सडक खण्डको महेश लुइटेलको घर अगाडी शुक्रबार साँझदेखी उक्त मरेको बाछी रहेको छ । तर, स्थानिय पालिका र सम्बन्धीत वडाले मरेको बाछीलाई ब्यवस्थापन गर्न कुनै पहल नगरेको भन्दै स्थानियहरुले सो सडकखण्ड अवरुद्ध पारेका हुन् । 
    स्थानिय सुनिल परियारले भने, “चारदिन देखी मरेको बाछी वडा कार्यालयले उठाउन कुनै पहल नगरेको र शुक्रबार बिहानदेखी मरेको बाछी गन्हाउन थालेपछि बाध्य भई सडक अवरुद्ध गरेका हौं ।” 


    यस सम्बन्धमा वडा नं. ८ का अध्यक्ष जयनारायण मण्डलसँग सम्पर्क गर्दा उनले आइतबार दिनभरी मरेको बाछीलाई व्यवस्थापन गर्न पहल गर्दा पनि कुनै साधन नभेटिएकोले अहिले नै मरेको बाछीलाई त्यहाबाट उठाउन पहल सुरु गरेको जानकारी दिए । 
    यसैबीच राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परबिनसँग सम्पर्क गर्दा आफूलाई त्यस विषयमा जानकारी नभएको र कसैले पनि नभनेको भन्दै अहिले नै जेसिभी पठाएर मरेको बाछी उठाउने जानकारी दिइन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागु औषधसहित तीन यूवा पक्राउ 
लागु औषधसहित तीन यूवा पक्राउ 
औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
राजविराज, हनुमाननगर र तिलाठी कोइलाडीमा पुनः एक साता निषेधाज्ञा 
राजविराज, हनुमाननगर र तिलाठी कोइलाडीमा पुनः एक साता निषेधाज्ञा 
जनप्रतिनिधि भन्छन् “जनप्रतिनिधि नै भ्रष्टाचारी”
जनप्रतिनिधि भन्छन् “जनप्रतिनिधि नै भ्रष्टाचारी”
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र
माँ वैष्णवी काली मन्दिर समिति सर्वसम्मतले चयन
माँ वैष्णवी काली मन्दिर समिति सर्वसम्मतले चयन
सोह्र महिनादेखी लगाइएको ताला  फुटाइए लगत्तै पुनः लगाइए अर्को ताला 
अग्निपीडित रायलाई राहत प्रदान
अग्निपीडित रायलाई राहत प्रदान
एनआइसी एशिया बंैकको चमत्कारीक बचत निक्षेप योजना सार्वजनिक 
एनआइसी एशिया बंैकको चमत्कारीक बचत निक्षेप योजना सार्वजनिक