जनप्रतिनिधि भन्छन् “जनप्रतिनिधि नै भ्रष्टाचारी”

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २५, २०७७
|
|
३८ पटक हेरिएको
Shares
जनप्रतिनिधि भन्छन् “जनप्रतिनिधि नै भ्रष्टाचारी”

सारांश

  •     सामाजिक रुपान्तरणमा यूवाहरुको अभियान नामले यूवाहरुले संचालन गरिएको अभियान अन्तरगत सोमबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।
  •     सो अन्तरक्रियामा बोल्दै जनप्रतिनिधीहरुले नै गाउँपालिकामा ब्यापक भ्रष्टचार भएको आरोप लगाए ।
  • गाउँपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिकाका यूवाहरुको एक समूहले गाउँपालिकाको समग्र विकास तथा नमूना गाउँपालिकाको परिकल्पना गर्दै अभियान संचालन गरेका छन् । 
    सामाजिक रुपान्तरणमा यूवाहरुको अभियान नामले यूवाहरुले संचालन गरिएको अभियान अन्तरगत सोमबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।
    सो अन्तरक्रियामा बोल्दै जनप्रतिनिधीहरुले नै गाउँपालिकामा ब्यापक भ्रष्टचार भएको आरोप लगाए । गाउँपालिका वडा नं. ३ का अध्यक्ष दिपेन्द्र यादवले गाउँपालिकाको काम गर्ने शैलीबाट आफै असन्तुष्ट भएको जनाउँदै आफू पनि पीडित भएको बताए ।      
    उनले गत आ.ब.को तीन महिनाको अवधीमा गाउँपालिकाले हचुवाको भरमा २० करोड रकम खर्च गरेको बताए । उनले सो रकम मात्र १९ दिनमा खर्चेको आरोप लगाए । 
    त्यस्तै जसपाका स्थानिय यूवा नेता विद्यानन्द चौधरीले गाउँपालिकामा ६ सय ५३ अतिविपन्न परिवार राती सुत्दा बिहान घरको छानो रहने वा नरहने बारे चिन्तित रहेको बारे जानकारी दिए । उनले कतिपय परिवारमा बेरोजगारीको समस्या यथावत नै रहेको बताए । गाउँपालिकाको नाम छिन्नमस्ता शक्तिपीठको नाममा रहदा पनि बजारको अवस्था भने झनै खस्किदो रहेको उनले गुनासो पोखे । 
    यस्तै अन्य वक्ताहरुले पनि जनप्रतिनिधिहरुकै कारण कुनै पनि कर्मचारी टिक्नै नसक्ने अवस्थाका करण हालसम्म गाउँ सभा हुन नसकेको आरोप लगाए । उनीहरुले जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त रहेकोले गाउँपालिकाको विकास हुन नसकेको आरोप लगाए । 
    अभियानका संयोजक कृष्णकुमार मण्डलको अध्यक्षतामा तथा नेकपाका नेता एवं पूर्व सिचाई मन्त्रि उमेश यादवको प्रमुख आतिथ्य र प्रदेशसभा सदस्य नेत्रविक्रम साहको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा जसपा नेता दिनेश यादव, सत्यनारायण यादव, केदार यादव, नेकपाका जयप्रकाश यादव, संचारकर्मी धिरेन्द्र प्रसाद साह, स्थानियवासी, बुद्धिजिवि, विभिन्न वडाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीबाट हुने क्षति न्युनिकरणका लागि ७ सय ७० मिटर बाध निर्माण
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीमा समिती गठन
हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीमा समिती गठन
जिल्लाको विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी दलहरुद्वारा सामुहिक प्रतिबद्धता
जिल्लाको विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी दलहरुद्वारा सामुहिक प्रतिबद्धता
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
राजविराज नगरपालिकाद्वारा  अपाङ्गतालाई परिचयपत्र बितरण सुरू 
राजविराज नगरपालिकाद्वारा  अपाङ्गतालाई परिचयपत्र बितरण सुरू 
सुशासन तथा पारदर्शिताका लागि  समाजवादी अभियान ः पूर्वप्रम नेपाल
सुशासन तथा पारदर्शिताका लागि  समाजवादी अभियान ः पूर्वप्रम नेपाल
१३ महिनामा २ बालकसहित १५ को मृत्यु
१३ महिनामा २ बालकसहित १५ को मृत्यु