दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
सप्तरी प्रहरीले बुधबार ठूलो परिमाणको लागुऔषध गाजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय सखडाबाट खटिएका सयुक्त प्रहरी टोलिले ८ क्विन्टल ३२ किलो गाजा बरामद गरेको हो ।
बिशेष सुचनाका अधारमा जिल्लाको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टि टोलस्थित नेपालबाट भारततर्फ जाँदै गरेको को.१च. ९६६५ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा उक्त मात्राको गाजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरिक्षक डम्बर पुरीले जनाकारी दिए । उनका अनुसार पिकअप चालक राजबिराज ११ बस्ने २९ वर्षिय राम कुमार यादव समेतलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार पिकअपलाई चेकजाँच गर्दा ३२ वटा प्लाष्टिकको बोरामा ८ क्विन्टल ३२ किलो बराबर लागु औषध गाँजा बरामद गरिएको हो । पिकअप र पिकअप चालकसमेतलाई प्रहरी टोलीले नियन्त्रणमा लिइ लागु औषध कसुर मुद्दामा बुधबारै सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गराई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय सखडाबाट खटिएका सयुक्त प्रहरी टोलिले ८ क्विन्टल ३२ किलो गाजा बरामद गरेको हो ।
- बिशेष सुचनाका अधारमा जिल्लाको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टि टोलस्थित नेपालबाट भारततर्फ जाँदै गरेको को.
- १च.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया