दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
मधेश प्रदेशका नवनियुक्त उर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्री निलम कुमारी रजकले उर्जा क्षेत्रको विकासलाइ प्रदेश सरकारले उच्च प्राथमिक्तामा राखेको बताएकी छिन ।
विहीवार गृहजिल्लाको सदरमुकाम राजविराजमा एक संस्थाले उनको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।
दुई दिन अघि मात्र उनी नेपाली काँग्रेसको कोटाबाट राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी छिन । मन्त्री भएपछी गृहजिल्लामा पहिलो पटक कार्यक्रममा बोल्दै उनले प्रदेशलाई समृद्ध बनाउन उर्जा र सिंचाई महत्वपुर्ण क्षेत्र भएकाले यसलाई उच्च प्राथमिक्तामा राखिएको बताईन ।
उनले वर्तमान प्रदेश सरकार संग जनताका धेरै अपेक्षा र भरोसा रहेको भन्दै जनताका समस्या समाधान गर्न आफु इमान्दारीताका साथ अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरिन । उनले बाहिर जे जति भ्रम र हल्ला फिजाईए पनि वर्तमान प्रदेश सरकार पुरै कार्यकाल टिक्ने दाबी पनि गरिन ।
उर्जा र सिंचाई क्षेत्रको विकास उच्च प्राथमिक्तामा ः मन्त्री रजक
सारांश
- विहीवार गृहजिल्लाको सदरमुकाम राजविराजमा एक संस्थाले उनको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।
- दुई दिन अघि मात्र उनी नेपाली काँग्रेसको कोटाबाट राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी छिन ।
- मन्त्री भएपछी गृहजिल्लामा पहिलो पटक कार्यक्रममा बोल्दै उनले प्रदेशलाई समृद्ध बनाउन उर्जा र सिंचाई महत्वपुर्ण क्षेत्र भएकाले यसलाई उच्च प्राथमिक्तामा राखिएको बताईन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया