विपद् व्यवस्थापन समितिद्वारा चिम्टी अग्निपीडितलाई नगद प्रदान

राजविराज राजविराज
|
सोमबार, बैशाख ३१, २०८१
|
|
६३ पटक हेरिएको
Shares
विपद् व्यवस्थापन समितिद्वारा चिम्टी अग्निपीडितलाई नगद प्रदान

सारांश

  •     बैशाख १८ गते भएको भिषण आगलागीमा घरवारविहिन भएका ४६ परिवार मध्ये ५ जना परिवार संख्या भएकोलाई १५ हजार र सोभन्दा बढी सदस्य रहेका परिवारजनलाई २० हजारका दरले नगद रकम उपलब्ध गराईएको हो ।
  •     प्रमुख जिल्ला अधिकारी किरण थापाले महादेवा गाउपालिका अध्यक्ष सुनिल कुमार मण्डल र वडाध्यक्ष जयश्वर किशोर दासको रोहवरमा १९ अग्निपीडित परिवारलार्ई २० हजार र २७ परिवारलाई १५ हजारको दरले सात लाख ८५ हजार नगद प्रदान गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
  •       सो अवसरमा नागरिकता, घर यकिन र मतदाता विवरण लगायतका कागजातहरु संकलनमा समय लागेकोले नगद राहत वितरणमा केहि ढिलाई भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख । 

    जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले महदेवा गाउपालिका १ चिम्टीका अग्निपीडित परिवारलाई राहत स्वरुप नगद रकम सोमबार उपलब्ध गराएको छ ।  
    बैशाख १८ गते भएको भिषण आगलागीमा घरवारविहिन भएका ४६ परिवार मध्ये ५ जना परिवार संख्या भएकोलाई १५ हजार र सोभन्दा बढी सदस्य रहेका परिवारजनलाई २० हजारका दरले नगद रकम उपलब्ध गराईएको हो ।
    प्रमुख जिल्ला अधिकारी किरण थापाले महादेवा गाउपालिका अध्यक्ष सुनिल कुमार मण्डल र वडाध्यक्ष जयश्वर किशोर दासको रोहवरमा १९ अग्निपीडित परिवारलार्ई २० हजार र २७ परिवारलाई १५ हजारको दरले सात लाख ८५ हजार नगद प्रदान गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । 
    सो अवसरमा नागरिकता, घर यकिन र मतदाता विवरण लगायतका कागजातहरु संकलनमा समय लागेकोले नगद राहत वितरणमा केहि ढिलाई भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
    उनले ढिलो भएको देखिए पनि अग्निपीडितहरुले नगद राहत पाउँदा उनीहरुको तत्काल पुनस्र्थापना र व्यवस्थापनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । 
    कार्यक्रममा प्रमुख सेनानी रमेश पाण्डे, प्रहरी उपरीक्षक गजुसिद्धि वज्राचार्य, शसस्त्र प्रहरी उपरिक्षक धनबहादुर सिंह र राष्ट्रिय अनुसंधान सप्तरी प्रमुख सुरेन्द्र कोइराला लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वाधिक पुरस्कार राशी भएको मेयरकप प्रिमियर लिग सुरु, छिन्नमस्ताको विजयी सुरुवात
सर्वाधिक पुरस्कार राशी भएको मेयरकप प्रिमियर लिग सुरु, छिन्नमस्ताको विजयी सुरुवात
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
सरकारमा जाने कुनै सम्भावना छैन् ः राजपा संयोजक महतो
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
राजनैतिक पार्टीहरुकै संरक्षणमा  भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत
राजनैतिक पार्टीहरुकै संरक्षणमा  भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत
डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
एकल महिलालाई सशक्तिकरण तालिम
एकल महिलालाई सशक्तिकरण तालिम