पाउन थाले शहिद परिवारले मासिक ५ हजार १ सय सहयोग 

राजविराज राजविराज
|
शुक्रबार, पौष १, २०७९
|
|
६८ पटक हेरिएको
Shares
पाउन थाले शहिद परिवारले मासिक ५ हजार १ सय सहयोग 

सारांश

  •     शुक्रबारसम्ममा उक्त सहयोग राशि पाउने शहिद परिवारको संख्या ३ पुगेको छ ।
  • मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहिद भएका परिवारले मासिक ५ हजार १ सय रुपैयाँ सहयोग स्वरुप पाउन थालेका हुन् ।
  •     मासिक ५ हजार १ सयका दरले शहिद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने निर्णय अनुसार सहयोग राशि वितरण कार्य सुरु गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १ पुस । 

    राजविराज नगरपालिकाले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका नगर क्षेत्रभित्रका शहिद परिवारलाई जीवन निर्वाहका लागि मासिक ५ हजार १ सय रुँपैया सहयोग उपलब्ध गराएको छ । 
    शुक्रबारसम्ममा उक्त सहयोग राशि पाउने शहिद परिवारको संख्या ३ पुगेको छ । मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहिद भएका परिवारले मासिक ५ हजार १ सय रुपैयाँ सहयोग स्वरुप पाउन थालेका हुन् ।
    मासिक ५ हजार १ सयका दरले शहिद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने निर्णय अनुसार सहयोग राशि वितरण कार्य सुरु गरिएको छ । उक्त सुविधा प्राप्त गर्न शहिद परिवारले शहिद प्रमाण पत्र, नागरिकता प्रतिलिपी, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिस लगायतका कागजात पेश गर्नुपर्ने प्रावधान राखिएको छ । 
    नगरसभाको पहिलो बैठकबाटै निर्णय भए बमोजिम गत साउन महिनादेखिकै मासिक भत्ता जोडेर सहयोग राशि प्रदान गर्न थालिएको राजविराज नगरपालकाकी कार्यवाहक नगर प्रमुख इसरत प्रविणले जानकारी दिइन् । 
    शहिदको बलिदानका कारण लोकतन्त्र, गणतन्त्र स्थापना हुँदै मुलुकले संघीयता र नयाँ संविधान पाएसँगै संघीय, प्रदेश र स्थानीय सरकार मार्फत मुलुक समृद्धिको यात्रामा अघि बढेकाले शहिद परिवारको सम्मान र राहतका लागि उक्त योजना ल्याइएको कार्यवाहक नगरप्रमुख प्रविणको भनाई छ । 
    प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनूले शहिद परिवारको जीवनस्तरमा सुधार ल्याउन नगरपालिकाले थौरे भएपनि सहयोग र सम्मानको प्रयास गरेको बताए । 
    विभिन्न चरणमा भएको मधेश आन्दोलन र त्यसपछि २०७३ साल फागुन २३ गते मलेठमा भएको तनावका क्रममा प्रहरीको गोली लागेका समेत गरी जिल्लाभरका ११ जना शहिद भएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय 
बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय 
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
युवक र महिला झुण्डिएको अवस्थामा फेला, विषादी सेवन गरेकी युवतीको मृत्यु
युवक र महिला झुण्डिएको अवस्थामा फेला, विषादी सेवन गरेकी युवतीको मृत्यु
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया सम्पन्न
चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया सम्पन्न
टिभिएसको ‘अनस्टपेवल फ्रिडम’ अभियान घोषणा
टिभिएसको ‘अनस्टपेवल फ्रिडम’ अभियान घोषणा
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
दुई योग अगुवाको सम्झाना
दुई योग अगुवाको सम्झाना