संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी

राजविराज राजविराज
|
शनिबार, जेठ २४, २०८२
|
|
१६ पटक हेरिएको
Shares
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी

सारांश

  •     सरकारका प्रवक्ता समेत रहेका मन्त्री लेखीले देशमा गणतन्त्र आएपछि आएको विकासको लहरले आजभन्दा १०÷१५ बर्ष अगाडि मात्रै पैदल र साईकलमा आवजजावत गर्ने बाटो र गल्लीहरुमा समेत बर्षाको समयमा पनि चार चक्के सवारीसाधनहरु निर्वाध रूपमा गुडिरहनुले संघीयताको उपलब्धी नै भएको बताए ।
  •     उनले यस्ता तालिमहरुबाट युवा वर्गले सीप सिकेर आफ्नो गाउँ घरमै बसेर स्वरोजगार हुन सक्ने भएकाले तालिममा सक्रिय सहभागीता हुनु जरुरी रहेको बताए ।
  •     सो कार्यक्रममा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले आफ्नो गाउँ घरको कला, संस्कृति, भेषभुसाको संरक्षण सम्बद्र्धन हुन आवश्यक रहेकोे बताउँदै गृहमन्त्री लेखीको हरेक काम समाजका लागि अनुकरणीय रहेको बताए ।

    राजविराज÷मधेस प्रदेशका गृह, संचार तथा कानुनमन्त्री राजकुमार लेखीले संघियता आएकै कारण राज्यको हरेक निकायमा हजारौं हजारको संख्यामा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका बताएका छन् । 
    सप्तरीको कञ्चनरुपमा मधेस प्रदेशको चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डले शनिबार आयोजना गरेको छायांकन तथा सम्पादन सम्बन्धि पाँच दिने तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।  
    उनले राज्यका हरेक निकायमा दलित, मुस्लिम, महिला आदिवासी लगायत सबैको प्रतिनिधित्व हुनु संघीयताको ठुलो उपलब्धि रहेको बताउँदै तर पनि सबै बर्ग समुदायले पुर्णरूपमा अधिकार पाईनसकेकोले संघर्ष अझै जारि नै रहेको उल्लेख गरे । 
    सरकारका प्रवक्ता समेत रहेका मन्त्री लेखीले देशमा गणतन्त्र आएपछि आएको विकासको लहरले आजभन्दा १०÷१५ बर्ष अगाडि मात्रै पैदल र साईकलमा आवजजावत गर्ने बाटो र गल्लीहरुमा समेत बर्षाको समयमा पनि चार चक्के सवारीसाधनहरु निर्वाध रूपमा गुडिरहनुले संघीयताको उपलब्धी नै भएको बताए ।
    उनले यस्ता तालिमहरुबाट युवा वर्गले सीप सिकेर आफ्नो गाउँ घरमै बसेर स्वरोजगार हुन सक्ने भएकाले तालिममा सक्रिय सहभागीता हुनु जरुरी रहेको बताए ।
    सो कार्यक्रममा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले आफ्नो गाउँ घरको कला, संस्कृति, भेषभुसाको संरक्षण सम्बद्र्धन हुन आवश्यक रहेकोे बताउँदै गृहमन्त्री लेखीको हरेक काम समाजका लागि अनुकरणीय रहेको बताए । उनले मन्त्री लेखीको काम गर्ने तरिका र गरेको विकास देखेर सबै दङ्ग परेको उल्लेख समेत गरे ।      
    प्रवद्र्धन बोर्डका नव नियुक्त अध्यक्ष किशोर कुमार लेखीले तालिमको अध्यक्षता गर्दै चलचित्र र लोकसञ्चारको क्षेत्रको उत्थान र बिकाक धेरै काम गर्न बाकी रहेकोेले सबैको साथ र सहयोगको जरुरी रहेको बताए ।
    कार्यक्रममा कञ्चनरुप नगरपालिकाका उपप्रमुख मुना पोखरेल, वडा नं. ३ अध्यक्ष गुल्टेन चौधरी, वडा नं.४ का अध्यक्ष जोगेन्द्र पासमान, वडा नं. ६ का अध्यक्ष बच्चुलाल चौधरी, वडा नं. ७ का अध्यक्ष समानन्द चौधरी, वडा नं. ८ का अध्यक्ष कृष्णा प्रसाद साह र वडा नं. ११ का अध्यक्ष ललित कुमार गोजेवार समेतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनाले गाउँपालिकामा स्वच्छ खानेपानी पु¥याए
सेनाले गाउँपालिकामा स्वच्छ खानेपानी पु¥याए
लागुऔषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद पाएका फरार अभियुक्त पक्राउ
लागुऔषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद पाएका फरार अभियुक्त पक्राउ
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ
जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे
जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश
राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा