संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी

राजविराज राजविराज
|
शनिबार, जेठ २४, २०८२
|
|
५९ पटक हेरिएको
Shares
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी

सारांश

  •     सरकारका प्रवक्ता समेत रहेका मन्त्री लेखीले देशमा गणतन्त्र आएपछि आएको विकासको लहरले आजभन्दा १०÷१५ बर्ष अगाडि मात्रै पैदल र साईकलमा आवजजावत गर्ने बाटो र गल्लीहरुमा समेत बर्षाको समयमा पनि चार चक्के सवारीसाधनहरु निर्वाध रूपमा गुडिरहनुले संघीयताको उपलब्धी नै भएको बताए ।
  •     उनले यस्ता तालिमहरुबाट युवा वर्गले सीप सिकेर आफ्नो गाउँ घरमै बसेर स्वरोजगार हुन सक्ने भएकाले तालिममा सक्रिय सहभागीता हुनु जरुरी रहेको बताए ।
  •     सो कार्यक्रममा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले आफ्नो गाउँ घरको कला, संस्कृति, भेषभुसाको संरक्षण सम्बद्र्धन हुन आवश्यक रहेकोे बताउँदै गृहमन्त्री लेखीको हरेक काम समाजका लागि अनुकरणीय रहेको बताए ।

    राजविराज÷मधेस प्रदेशका गृह, संचार तथा कानुनमन्त्री राजकुमार लेखीले संघियता आएकै कारण राज्यको हरेक निकायमा हजारौं हजारको संख्यामा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका बताएका छन् । 
    सप्तरीको कञ्चनरुपमा मधेस प्रदेशको चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डले शनिबार आयोजना गरेको छायांकन तथा सम्पादन सम्बन्धि पाँच दिने तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।  
    उनले राज्यका हरेक निकायमा दलित, मुस्लिम, महिला आदिवासी लगायत सबैको प्रतिनिधित्व हुनु संघीयताको ठुलो उपलब्धि रहेको बताउँदै तर पनि सबै बर्ग समुदायले पुर्णरूपमा अधिकार पाईनसकेकोले संघर्ष अझै जारि नै रहेको उल्लेख गरे । 
    सरकारका प्रवक्ता समेत रहेका मन्त्री लेखीले देशमा गणतन्त्र आएपछि आएको विकासको लहरले आजभन्दा १०÷१५ बर्ष अगाडि मात्रै पैदल र साईकलमा आवजजावत गर्ने बाटो र गल्लीहरुमा समेत बर्षाको समयमा पनि चार चक्के सवारीसाधनहरु निर्वाध रूपमा गुडिरहनुले संघीयताको उपलब्धी नै भएको बताए ।
    उनले यस्ता तालिमहरुबाट युवा वर्गले सीप सिकेर आफ्नो गाउँ घरमै बसेर स्वरोजगार हुन सक्ने भएकाले तालिममा सक्रिय सहभागीता हुनु जरुरी रहेको बताए ।
    सो कार्यक्रममा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले आफ्नो गाउँ घरको कला, संस्कृति, भेषभुसाको संरक्षण सम्बद्र्धन हुन आवश्यक रहेकोे बताउँदै गृहमन्त्री लेखीको हरेक काम समाजका लागि अनुकरणीय रहेको बताए । उनले मन्त्री लेखीको काम गर्ने तरिका र गरेको विकास देखेर सबै दङ्ग परेको उल्लेख समेत गरे ।      
    प्रवद्र्धन बोर्डका नव नियुक्त अध्यक्ष किशोर कुमार लेखीले तालिमको अध्यक्षता गर्दै चलचित्र र लोकसञ्चारको क्षेत्रको उत्थान र बिकाक धेरै काम गर्न बाकी रहेकोेले सबैको साथ र सहयोगको जरुरी रहेको बताए ।
    कार्यक्रममा कञ्चनरुप नगरपालिकाका उपप्रमुख मुना पोखरेल, वडा नं. ३ अध्यक्ष गुल्टेन चौधरी, वडा नं.४ का अध्यक्ष जोगेन्द्र पासमान, वडा नं. ६ का अध्यक्ष बच्चुलाल चौधरी, वडा नं. ७ का अध्यक्ष समानन्द चौधरी, वडा नं. ८ का अध्यक्ष कृष्णा प्रसाद साह र वडा नं. ११ का अध्यक्ष ललित कुमार गोजेवार समेतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन
मिडिया विधेयक पत्रकारहरुलई अंकुश लगाउने प्रयास स्वरुप ल्याइएको छ ः मुख्यमन्त्री राउत
मिडिया विधेयक पत्रकारहरुलई अंकुश लगाउने प्रयास स्वरुप ल्याइएको छ ः मुख्यमन्त्री राउत
छोरा मृत अवस्थमा फेला परेपछि आमा बुबाद्वारा छानवीनको माग
छोरा मृत अवस्थमा फेला परेपछि आमा बुबाद्वारा छानवीनको माग
शल्यक्रिया कै क्रममा जलेर घाइते भएका महतोद्वारा क्षतिपूर्ती माग
शल्यक्रिया कै क्रममा जलेर घाइते भएका महतोद्वारा क्षतिपूर्ती माग
पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार 
पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार 
शिव केयर नेपालद्वारा दाताहरु सम्मानित
शिव केयर नेपालद्वारा दाताहरु सम्मानित
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
दाता परिवारका दुबै पक्षलाई क्याम्पसले आमन्त्रित गर्ने
दाता परिवारका दुबै पक्षलाई क्याम्पसले आमन्त्रित गर्ने
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
दुई हजार ७ सय ९४ जना मिटरब्याज  पीडितहरुबाट प्रहरीमा उजुरी
दुई हजार ७ सय ९४ जना मिटरब्याज  पीडितहरुबाट प्रहरीमा उजुरी