शिव केयर नेपालद्वारा दाताहरु सम्मानित

राजविराज राजविराज
|
शुक्रबार, पौष २३, २०७८
|
|
२० पटक हेरिएको
Shares
शिव केयर नेपालद्वारा दाताहरु सम्मानित

सारांश

  •     राजविराज ७ स्थित शिव केयर नेपाल नामक सामाजिक संस्थाले एक कार्यक्रमको आयोजना गरि संस्थालाई विभिन्न स्थानबाट सहयोग गर्ने ६ जना व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
  •     संस्थाका अध्यक्ष ममताकुमारी यादवको अध्यक्षता तथा पूर्वसभासद् सूर्यनाथ यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संस्थालाई सहयोग गर्ने मन्जुकुमारी यादव, उषाकुमारी यादव, उर्मिलाकुमारी यादव, बिलासकुमारी यादव, रामउद्गार साह र रुबीकुमारी यादवलाई सम्मान गरिएको छ ।
  • उनीहरुलाई प्रमुख अतिथि, अध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अतिथि पर्शुराम यादव र महेश यादवले सम्मान गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २३ पुस । 
    सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यका साथ नाफारहित स्वार्थका साथ गठन गरिएको एक सामाजिक संस्थाले शुक्रबार संस्थालाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ ।  
    राजविराज ७ स्थित शिव केयर नेपाल नामक सामाजिक संस्थाले एक कार्यक्रमको आयोजना गरि संस्थालाई विभिन्न स्थानबाट सहयोग गर्ने ६ जना व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
    संस्थाका अध्यक्ष ममताकुमारी यादवको अध्यक्षता तथा पूर्वसभासद् सूर्यनाथ यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संस्थालाई सहयोग गर्ने मन्जुकुमारी यादव, उषाकुमारी यादव, उर्मिलाकुमारी यादव, बिलासकुमारी यादव, रामउद्गार साह र रुबीकुमारी यादवलाई सम्मान गरिएको छ । उनीहरुलाई प्रमुख अतिथि, अध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अतिथि पर्शुराम यादव र महेश यादवले सम्मान गरेका थिए । 
    गरिब, दलित तथा विपन्न समुदायका बालबालिकाहरुलाई संस्थाले निस्वार्थ भावनाले शिक्षादिक्षामा सहयोग गरिरहेकोले आर्थिक सहयोग गरेको सम्मानित रुबीकुमारी यादवले बताइन् । उनले आगामी दिनहरुमा संस्थाले जिल्लाका विपन्न समुदायका बालबालिकाहरुलाई निशुल्क उच्च शिक्षाका लागि सहयोग गर्ने लक्ष्य राखेकोले आवश्यक परे पुनः थपसहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् । सो अवसरमा संस्थाका सम्पूर्ण पदाधिकारी, समाजसेवी तथा दाताहरुको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
राजविराज जेसीजको पदस्थापना तथा पुरस्कार बितरण सम्पन्न
राजविराज जेसीजको पदस्थापना तथा पुरस्कार बितरण सम्पन्न
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
कार्यकर्ता रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन
कार्यकर्ता रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन
स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै बोदेबर्साईनमा माओवादी केन्द्रको बैठक
स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै बोदेबर्साईनमा माओवादी केन्द्रको बैठक
लक्ष्मीको हत्या भएको परिवारको दाबी
लक्ष्मीको हत्या भएको परिवारको दाबी
जसपा सप्तरीको संस्थापन र असन्तुष्ट दुबै पक्षका अध्यक्षद्वारा आफू नै आधिकारिक रहेको दाबी
जसपा सप्तरीको संस्थापन र असन्तुष्ट दुबै पक्षका अध्यक्षद्वारा आफू नै आधिकारिक रहेको दाबी