दैनिक समाचारदाता
राजविराज, १७ कात्तिक ।
बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले सप्तरीको खडक नगरपालिका ११ नं. वडालाई बालविवाह मुक्त घोषणा गरिएको छ ।
सो वडास्थित बनौलीमा शुक्रबार आयोजित एक समारोहबीच नगर प्रमुख जयप्रकाश चौधरीले बालविवाह मुक्त वडा घोषणा गरे ।
सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित समुन्नती परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित समारोहमा कार्यक्रममा स्थानीय र सरोकारवालाहरुले अब उपरान्त बालविवाह नहुने प्रतिबद्धता जनाएर बालविवाह मुक्त वडा घोषणा गरिएको सबल नेपालका कार्यक्रम संयोजक रोशन कुमार मण्डलले जानकारी दिएका छन् ।
एक हजार २ सय ६० घरधुरी रहेको यस वडामा १८ बर्षमुनिका कसैको बिवाह नभएको जनाइएको छ । उक्त वडामा विगत एक वर्षको अवधिमा २९ वटा बिवाह भएको थियो । जसमध्ये २० वर्षमुनिका पाँच वटा वालविवाह भएको थियो ।
वडा अध्यक्ष रामकृष्ण चौधरीको अध्यक्षता सम्पन्न कार्यक्रममा २० बर्ष पूरा नगरी विवाह गर्नाले बच्चा र आमाको प्रजनन् अंगको बिकास नहुने तथा दुबै जनाको ज्यान जोखिममा पर्ने भएकाले कलिलो उमेरमा विवाह गर्न नहुने सरोकारवालाहरुको जोड थियो । यो संगै खडक नगरपालिका अन्तर्गत तेस्रो वडा बाल बिवाह मुक्त घोषणा गरिएको छ ।
खडक नगरपालिका ११ बालविवाह मुक्त घोषणा
सारांश
- सो वडास्थित बनौलीमा शुक्रबार आयोजित एक समारोहबीच नगर प्रमुख जयप्रकाश चौधरीले बालविवाह मुक्त वडा घोषणा गरे ।
- सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित समुन्नती परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित समारोहमा कार्यक्रममा स्थानीय र सरोकारवालाहरुले अब उपरान्त बालविवाह नहुने प्रतिबद्धता जनाएर बालविवाह मुक्त वडा घोषणा गरिएको सबल नेपालका कार्यक्रम संयोजक रोशन कुमार मण्डलले जानकारी दिएका छन् ।
- एक हजार २ सय ६० घरधुरी रहेको यस वडामा १८ बर्षमुनिका कसैको बिवाह नभएको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया