दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
उच्च अदालत जनकपुर राजविराज इजलाशले मंगलबार राजविराज हटियाको सेड निर्माण कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएपनि सो कार्य बुधबार जारि रहेको भन्दै निवेदक विशेश्वर चौधरी र माधव प्रसाद साहले आपत्ति जनाएका छन् ।
निवेदकद्वयले बुधबार एक विज्ञप्ति जारि गर्दै विपक्षिले अदालतको आदेशको अवज्ञा गरेकोप्रति सम्बन्धीत सरोकारवालाहरुसँग ध्यानाकर्षण गराएको जनाइएको छ ।
जारि विज्ञप्तिमा कानुनको धज्जी उडाएको भन्दै त्यस्तो नगरी अविलम्ब सेड निर्माण कार्य रोकी अदालतको आदेशको पालना र कानुनको सम्मान गर्न आग्रह समेत गरेका छन् ।
यसअघि मंगलबार हटियावासीको तर्फबाट दायर रिट निवेदन उपरको प्रारम्भिक सुनुवाईमा उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधिश सिताराम मण्डलको एकल इजलाशले हटियाको सेड निर्माण कार्य रोक्न अन्तरिम आदेश जारि गरेको थियो ।
राजविराज नगरपालिकाको कार्यालय, नगर प्रमुख शम्भु प्रसाद यादव, ७ नं. वडा कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना र ठेकेदार कम्पनीलाई समेत विपक्षी बनाई चैत १० गते निषेधाज्ञा मिश्रित उत्प्रेशन युक्त परमादेश मुद्दा दायर गरेका थिए ।
हाल राजविराज ७ स्थित हटिया बजारमा भइरहेको सेड निर्माण कार्य स्टिमेट र नक्शासँग मेल नखाएको, दुई तल्ले सेड निर्माणले हटिया प्रवेश गर्ने सडकहरु झन साघँुरो बनाएको, हटियास्थित ऐतिहासिक लक्ष्मी नारायण राधाकृष्ण मन्दिरको सौन्र्दयतालाई छोपेको, बन्न लागेको सेड निर्माणले भुकम्प, आगलागिलगायतका दैविक प्रकोपबाट हुन सक्ने सम्भावित जोखिमको ख्याल नगरिएको तथा आवागमनमा समेत लामो समयका लागि अवरोध उत्पन्न गराएको दायर गरिएको मुद्दामा उल्लेख छ ।
यता दुबै पक्षलाई आगामी ३ बैशाखमा छलफलका लागि बोलाइने तथा सो अवधीसम्मका लागि सेड निर्माण कार्य नगर्नु÷नगराउनु भनी विपक्षिको नाममा अन्तरिम आदेश जारि गरिएको थियो ।
अदालतको आदेश विपरीत कार्य जारि, आदेशको पालना गर्न आग्रह
सारांश
- निवेदकद्वयले बुधबार एक विज्ञप्ति जारि गर्दै विपक्षिले अदालतको आदेशको अवज्ञा गरेकोप्रति सम्बन्धीत सरोकारवालाहरुसँग ध्यानाकर्षण गराएको जनाइएको छ ।
- जारि विज्ञप्तिमा कानुनको धज्जी उडाएको भन्दै त्यस्तो नगरी अविलम्ब सेड निर्माण कार्य रोकी अदालतको आदेशको पालना र कानुनको सम्मान गर्न आग्रह समेत गरेका छन् ।
- यसअघि मंगलबार हटियावासीको तर्फबाट दायर रिट निवेदन उपरको प्रारम्भिक सुनुवाईमा उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधिश सिताराम मण्डलको एकल इजलाशले हटियाको सेड निर्माण कार्य रोक्न अन्तरिम आदेश जारि गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया