दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
माटोको मुर्ती बनाउन प्रयोग हुने सबै सामाग्रिहरुमा मुल्य बृद्धि भएपछि मुर्तिकारहरु समस्यामा परेका छन् ।
नजकिदै गएको सरस्वती पुजाका लागि मुर्ती बनाउने स्थलदेखि सामाग्रिहरुमा मुल्य बृद्धि भएपछि मुर्तिकारहरु चिन्तित समेत बनेका छन् ।
यस पल्ट माघ १२ गते मंगलवार विद्याकी देवी सरस्वतीको पुजा परेको छ । राजविराजमा मात्रै अहिले एक दर्जन स्थानमा मुर्ती कलाकारहरुले देवी सरस्वतीको माटोको मुर्ति बनाइरहेका छन् । तर, मुर्ती बनाउन प्रयोग गरिएको जग्गाको भाडा देखि माटो, पराल, वास, काठ र रंगरोगन सबैको मुल्य आकाशिएकोले आपुृmहरु चिन्तामा डुबेको मुर्तीकारहरु बताउँछन ।
विभिन्न गाउँपालिकाबाट आएका मुर्तीकार अहिले सडक छेऊमा रहेका विभिन्न ब्यक्ति र सार्वजनिक खाली जग्गामा मुर्ती बनाउने काम गरिरहेका छन । तर सार्वजनिक स्थल र चौरमा स्थानीय निकायले काम न गर्न ताकेदा तथा ब्यक्तिको नाममा रहेको निजी जग्गा वालाले चर्काे भाडा माग्न थालेपछि आपृmुहरुको व्यवसाय संकटमा परेको मुर्तीकार श्याम कुमार मुखियाले गुनासो पोखे ।
विष्णुपुर गाउँपालिका ६ घर भएका उनी विगत १० दिन देखी राजविराज ७ मा एक खाली जग्गा भाडामा लिई माटोको मुर्ती बनाउदै आएका छन् ।
राजविराजको सिरहा रोडमा अर्का मुर्तीकार देबु मण्डलले पनि चर्काे मूल्यमा खाली जग्गा भाडामा लिइ मुर्ती बनाउन शुरु गरेका छन् । उनले अहिले सम्म ३५ वटा सरस्वती देवीका मूर्ती बनाएका छन् ।
मुर्तीको आकार र मिहिनेत हेरी उनले १ हजार ५ सय देखी १० हजार रुपैया सम्म मोल निर्धारण गरेका छन् । तर अर्डर भने अहिले सम्म ३ वटा मुर्तीको मात्र आएको उनले सुनाए ।
अर्का मूर्तीकार राजगढ गाउँपालिका ४ का रवी मुखियाले माटाका मूर्ती बनाएर परिवारको गुजारा चलाउदै आएकोमा चर्किएको भाडादर र अकासिएको महगीले समस्या पारेको बताए । आपुृmहरुले बनाएको देवी देवताको मूर्ती अगाडी ज्ञान र धन माग्दै ठूला ठूलाले शिर निहुराएको देख्छु तर हाम्रो पीडा कसैले देख्दैनन, मूर्तीकाहरुको साझा गुनासो छ ।
माटोको मुर्तीमा प्रयोग हुने सामाग्रीको मुल्य महगिएपछि मुर्तीकार समस्यामा
सारांश
- नजकिदै गएको सरस्वती पुजाका लागि मुर्ती बनाउने स्थलदेखि सामाग्रिहरुमा मुल्य बृद्धि भएपछि मुर्तिकारहरु चिन्तित समेत बनेका छन् ।
- यस पल्ट माघ १२ गते मंगलवार विद्याकी देवी सरस्वतीको पुजा परेको छ ।
- राजविराजमा मात्रै अहिले एक दर्जन स्थानमा मुर्ती कलाकारहरुले देवी सरस्वतीको माटोको मुर्ति बनाइरहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया