माटोको मुर्तीमा प्रयोग हुने सामाग्रीको  मुल्य महगिएपछि मुर्तीकार समस्यामा

राजविराज राजविराज
|
सोमबार, पौष १८, २०७९
|
|
८० पटक हेरिएको
Shares
माटोको मुर्तीमा प्रयोग हुने सामाग्रीको  मुल्य महगिएपछि मुर्तीकार समस्यामा

सारांश

  •     नजकिदै गएको सरस्वती पुजाका लागि मुर्ती बनाउने स्थलदेखि सामाग्रिहरुमा मुल्य बृद्धि भएपछि मुर्तिकारहरु चिन्तित समेत बनेका छन् ।
  •       यस पल्ट माघ १२ गते मंगलवार विद्याकी देवी सरस्वतीको पुजा परेको छ ।
  • राजविराजमा मात्रै अहिले एक दर्जन स्थानमा मुर्ती कलाकारहरुले देवी सरस्वतीको माटोको मुर्ति बनाइरहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 

    माटोको मुर्ती बनाउन प्रयोग हुने सबै सामाग्रिहरुमा मुल्य बृद्धि भएपछि मुर्तिकारहरु समस्यामा परेका छन् । 
    नजकिदै गएको सरस्वती पुजाका लागि मुर्ती बनाउने स्थलदेखि सामाग्रिहरुमा मुल्य बृद्धि भएपछि मुर्तिकारहरु चिन्तित समेत बनेका छन् ।  
    यस पल्ट माघ १२ गते मंगलवार विद्याकी देवी सरस्वतीको पुजा परेको छ । राजविराजमा मात्रै अहिले एक दर्जन स्थानमा मुर्ती कलाकारहरुले देवी सरस्वतीको माटोको मुर्ति बनाइरहेका छन् । तर, मुर्ती बनाउन प्रयोग गरिएको जग्गाको भाडा देखि माटो, पराल, वास, काठ र रंगरोगन सबैको मुल्य आकाशिएकोले आपुृmहरु चिन्तामा डुबेको मुर्तीकारहरु बताउँछन । 
    विभिन्न गाउँपालिकाबाट आएका मुर्तीकार अहिले सडक छेऊमा रहेका विभिन्न ब्यक्ति र सार्वजनिक खाली जग्गामा मुर्ती बनाउने काम गरिरहेका छन । तर सार्वजनिक स्थल र चौरमा स्थानीय निकायले काम न गर्न ताकेदा तथा ब्यक्तिको नाममा रहेको निजी जग्गा वालाले चर्काे भाडा माग्न थालेपछि आपृmुहरुको व्यवसाय संकटमा परेको मुर्तीकार श्याम कुमार मुखियाले गुनासो पोखे । 
    विष्णुपुर गाउँपालिका ६ घर भएका उनी विगत १० दिन देखी राजविराज ७ मा एक खाली जग्गा भाडामा लिई माटोको मुर्ती बनाउदै आएका छन् । 
    राजविराजको सिरहा रोडमा अर्का मुर्तीकार देबु मण्डलले पनि चर्काे मूल्यमा खाली जग्गा भाडामा लिइ मुर्ती बनाउन शुरु गरेका छन् । उनले अहिले सम्म ३५ वटा सरस्वती देवीका मूर्ती बनाएका छन् । 
    मुर्तीको आकार र मिहिनेत हेरी उनले १ हजार ५ सय देखी १० हजार रुपैया सम्म मोल निर्धारण गरेका छन् । तर अर्डर भने अहिले सम्म ३ वटा मुर्तीको मात्र आएको उनले सुनाए । 
    अर्का मूर्तीकार राजगढ गाउँपालिका ४ का रवी मुखियाले माटाका मूर्ती बनाएर परिवारको गुजारा चलाउदै आएकोमा चर्किएको भाडादर र अकासिएको महगीले समस्या पारेको बताए । आपुृmहरुले बनाएको देवी देवताको मूर्ती अगाडी ज्ञान र धन माग्दै ठूला ठूलाले शिर निहुराएको देख्छु तर हाम्रो पीडा कसैले देख्दैनन, मूर्तीकाहरुको साझा गुनासो छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक
अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक
उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले  प्रतिस्पर्धीहरुले भ्रामक प्रचारबाजी  गरिरहेको प्रवक्ता सुमनको आरोप
उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले  प्रतिस्पर्धीहरुले भ्रामक प्रचारबाजी  गरिरहेको प्रवक्ता सुमनको आरोप
लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
आइडियलले लकडाउनको अवधीमा ३ करोड बढी नाफा कमाउन सफल
आइडियलले लकडाउनको अवधीमा ३ करोड बढी नाफा कमाउन सफल
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ
भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ
सात लाख १० हजार  नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट
सात लाख १० हजार  नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट