दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
रौतहटमा जारी यु १९ क्रिकेट छनोट क्रिकेट प्रतियोगितामा विवेक यादवको उत्कृष्ट प्रदर्शनले सप्तरी फाइनलमा स्थान बनाउन सफल भएको छ ।
सोमबार सम्पन्न सेमिफाइनल खेलमा सिरहालाई ८ बिकेटले पराजित गर्दै सप्तरी फाईनलमा प्रवेश गरेको छ ।
सो खेलमा सिरहाले टस जितेर निर्धारित ३५ ओभरको खेलमा ३३ ओभरमा १० बिकेट गुमाई १ सय ३१ रनको योगफल खडा गरेको थियो । जसमा सुभमन घटराज ३६ रन, कमरूदिन २१ रन र कृष्णा गुप्ताले १७ रन जोडेका थिए ।
यता बलिङतर्फ सप्तरीका नितेश यादब ३ बिकेट, अजय यादब र अभिषेक कार्की २÷२ तथा बिवेक यादब र पप्पु यादब १÷१ बिकेट हात पारे ।
प्रतिउत्तरमा सप्तरी यु १९ टिमले १७ ओभर १ बल खेल्दै सो लक्ष्य प्राप्त गरि बिजयी भयो । जसमा बिबेक यादबले उत्कृष्ट ब्याटिङ गर्दै ३९ बलमा ७ छक्का र ३ चौकाको मदतले अविजित ६४ रन बनाएका थिए । यस्तै आशिष झाले अविजित २२ रन बनाएका थिए भने अमित मण्डलले १२ रन जोडे ।
यस्तै सिरहाका बलर मनोज यादबले १ बिकेट हात पारे पनि अरू कुनै पनि खेलाडी बिकेट हात पार्न सकेनन् । खेलको म्यान अफ दि म्याच सप्तरीका बिबेक यादब घोषित भए ।
प्रतियोगिता अन्तरगत मंगलबार फाइनल खेलमा सप्तरीले रौतहटसँग खेल्ने सप्तरी क्रिकेट सँघका सदस्य बिरेन्द्र यादबले जानकारी दिएका छन् ।
विवेकको उत्कृष्ट प्रदर्शनले सप्तरी फाइनलमा प्रवेश
सारांश
- सोमबार सम्पन्न सेमिफाइनल खेलमा सिरहालाई ८ बिकेटले पराजित गर्दै सप्तरी फाईनलमा प्रवेश गरेको छ ।
- सो खेलमा सिरहाले टस जितेर निर्धारित ३५ ओभरको खेलमा ३३ ओभरमा १० बिकेट गुमाई १ सय ३१ रनको योगफल खडा गरेको थियो ।
- जसमा सुभमन घटराज ३६ रन, कमरूदिन २१ रन र कृष्णा गुप्ताले १७ रन जोडेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया