दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखाका प्रबन्धकसहित १४ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । १६ मध्ये १४ जना कर्मचारी संक्रमित हुँदा बैंकको सबै कारोबार समेत बन्द भएको छ ।
पछिल्लो पटक बिहीबार मात्र ३० जना संक्रमित थपिएपछि जिल्लामा विगत ९ दिन यता संक्रमित हुनेको संख्या १ सय ५४ पुगेको छ ।
यता कर्मचारीमा कोरोना संक्रमण भएपछि शाखाले बिहीबार आकस्मिक रुपमा माघ १० गतेसम्मका लागि सम्पूर्ण कारोबार बन्द गरिएको सूचना टाँस गरेको छ ।
पछल्लो पटक बिहीबार संक्रमित हुने ३० जना मध्ये १६ जना एउटै वडा राजविराज नगरपालिका ८ का छन् । अन्य संक्रमितहरु राजविराज नगरपालिकाको विभिन्न वडा, रुपनी गाउँपालिका, कंचनरुप नगरपालिका र अन्य जिल्लाको रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बिहीबारसम्ममा सप्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुर राजविराज इजलाशका सात जना न्यायाधिश र तीन कर्मचारी, प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराज सम्पर्क कार्यालयका ५६ जना सुरक्षाकर्मी पनि संक्रमित भइसकेका छन् ।
सप्तरीमा विगत पाँच दिनदेखी लगातारको शितलहरले जनजिवन थप कष्टकर बन्दै गएको छ भने कोरोना संक्रमण पनि तिब्र बन्दै गएको छ ।
चिसो हावा निरन्तर चलिरहँदा जनजिवन कष्टकर बनेको छ । सेवाग्राहीको आवागमन बढी हुने कार्यालयमा संक्रमित हुनेको संख्या बढ्दै गएपछि सन्त्रास बढेको छ । शितलहर बढेपछि जिल्लाको सहरी तथा ग्रामिण क्षेत्रका बासिन्दा बजार र टोलमा दाउरा बालेर आगो ताप्ने गरेको दृश्य देखिने गरिएको छ ।
चिसो बढेसँगै तापक्रम घट्ने क्रम निरन्तर जारि छ । बिहीबार साँझ ४ बजे राजविराजको तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको राजविराज विमानस्थलस्थित बुद्ध एयरका स्टेशन म्यानेजर अनिल राजवंशीले जानकारी दिदै चिसो ह्वातै बढ्दा यात्रुको चाप समेत घटेको बताए ।
राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धकसहित १४ कर्मचारी संक्रमित
सारांश
- पछिल्लो पटक बिहीबार मात्र ३० जना संक्रमित थपिएपछि जिल्लामा विगत ९ दिन यता संक्रमित हुनेको संख्या १ सय ५४ पुगेको छ ।
- यता कर्मचारीमा कोरोना संक्रमण भएपछि शाखाले बिहीबार आकस्मिक रुपमा माघ १० गतेसम्मका लागि सम्पूर्ण कारोबार बन्द गरिएको सूचना टाँस गरेको छ ।
- पछल्लो पटक बिहीबार संक्रमित हुने ३० जना मध्ये १६ जना एउटै वडा राजविराज नगरपालिका ८ का छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया