लालपूर्जा माग गर्दै  राजविराजवासीद्वारा दिनँहु प्रदर्शन

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ ११, २०८३
|
|
१४२ पटक हेरिएको
Shares
लालपूर्जा माग गर्दै  राजविराजवासीद्वारा दिनँहु प्रदर्शन

सारांश

  • यसै क्रममा नगरवासीको तर्फबाट गठित जनआन्दोलन परिचालन समितिले विहीवार पनि लालपूर्जा माग गर्दै प्रर्दशन गरेका छन् ।
  • स्थानिय राधाकृष्ण मन्दिरको प्राङ्गणबाट सयौंको संख्यामा निस्केको जुलुस “लालपूर्जा अविलम्ब प्रदान गर,” अब कुनै बहाना स्विकार्य हुदैन” जस्ता नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका छन् ।
  • प्रचण्ड गर्मी र चर्काे घाममा निकालिएको जुलुशका सहभागीहरुलाई राहत प्रदान गर्न मारवाडी युवा मञ्च राजविराजले सरवत (जुस) वितरण गरेर हौसला बढाएका छन ।
दैनिक समाचारदाता
राजविराज, ११ असार । 
लालपूर्जा माग गर्दै राजविराज नगरवासीले सुरु गरेको आन्दोलन विहीवार ४० औं दिन पुगेको छ । तर अझै पनि माग पुरा हुन सकेको छैन् ।
यसै क्रममा नगरवासीको तर्फबाट गठित जनआन्दोलन परिचालन समितिले विहीवार पनि लालपूर्जा माग गर्दै प्रर्दशन गरेका छन् ।
स्थानिय राधाकृष्ण मन्दिरको प्राङ्गणबाट सयौंको संख्यामा निस्केको जुलुस “लालपूर्जा अविलम्ब प्रदान गर,” अब कुनै बहाना स्विकार्य हुदैन” जस्ता नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका छन् ।
प्रचण्ड गर्मी र चर्काे घाममा निकालिएको जुलुशका सहभागीहरुलाई राहत प्रदान गर्न मारवाडी युवा मञ्च राजविराजले सरवत (जुस) वितरण गरेर हौसला बढाएका छन ।
सिटी जुलुस, मशाल जुलुस, लाठी जुलुस, मैनवत्ती जुलुस, अर्धनग्न जृुलुस, ऐना जुलुसु, थालि पिट्ने जुलुस, दिउसै टर्च बालेर जुलुस, रिले अनशन र बजार बन्द लगायतका कार्यक्रम गरिसेका संघर्ष समितिले माग पुरा नभए सम्म चरणबद्ध आन्दोलदन कार्यक्रम निरन्तर जारी रहने घोषणा गरेका छन ।
जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले आन्दोलनलाई रोक्न सरकारीस्तरबाट अनुरोध आएपनि माग पुरा नभए सम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने स्पष्ट पारेका छन ।
राजविराज बजार स्थापनाकाल देखी नै आफ्नै लगानीमा भवन तथा अन्य संरचना बनाई वसोवास गर्दै आएका ५ हजार २ सय परिवार लालपूर्जा विहिन अवस्थामा रहँदै आएको छ ।
बजार स्थापना भएको १९९८ सालमा भुमिकर र २०१६ सालमा नगरपालिका घोषणा भएपछी विटौरी कर तिरेर जग्गा उपभोग गर्दै आएका उनीहरु कसैले हालसम्म लालपूर्जा पाउन सकेका छैनन् ।
आन्दोलन चर्किदै गएपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजविराज नगरपालिका अन्तरगत देखिएको जग्गा दर्ता सम्बन्धी समस्या समाधानका लागि पाँच सदस्यीय समिति गठन गरेको थियो ।
समस्या समाधानका लागि स्थलगत अध्ययन गरी राय सहितको प्रतिवेदन पेस गर्न मन्त्रालयका उपसचिव नरेन्द्र पौडेलको संयोजकत्वमा गठित समिति राजविराज पुगेर स्थलगत अध्यन पश्चात फर्केको पनि ५ दिन वितिसकेको छ । तर अझै पनि कुनै साकारात्मक सन्देश नआएकोले आन्दोलनलाई निरन्तरता दिइएको संयोजक दासको भनाई छ ।
उक्त समितिलाई मन्त्रालयद्वारा १५ दिनभित्र समस्याको पहिचान र दीर्घकालीन समाधान र सो को कार्ययोजना सहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी तोकिएको उनको भनाई छ ।
राजविराज स्थापनाकाल देखी नै नगरको मुख्य सडक मेनरोड तथा सडकको दायाँ बाया करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका नगरवासीहरु हाल सम्म लालपुर्जा विहीन छन ।
पुस्तौदेखी जग्गा उपभोग गर्दै आए पनि कसैको नाममा लालपुर्जा अहिले सम्म बन्न सकेको छैन । यद्धपी नापी कार्यालयले ती मध्येका दुई दर्जन भन्दा बढीलाई विभिन्न मितिमा आर्थिक लाभ लिएर लालपुर्जा प्रदान गरिसकेको जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले बताउँदै अाएका छन् ।
नापी कार्यालय राजविराजको २०२८ सालको नापी अनुसार फिल्डबुकमा पनि उक्त जग्गाहरु गाउँ÷ब्लकमा रहेको स्पष्ट उल्लेख छ । उक्त जग्गामा वसोवास गर्दै आएकाहरुको नागरिक्तामा समेत वसोवास गर्दै आएको उक्त जग्गा भएको ठाउँको ठेगानामा उल्लेख छ । यस्तै विजुली, खानेपानी, नगरपालिकालाई महसुल र कर तिरेको रसिद पनि छ । तर सबै प्रमाण हुदा पनि लालपुर्जा पाउन नसकेको नगरवासीको गुनासो छ ।
आन्दोलन चर्किदै गएपछि यस अघि राजविराज नगरपालिकाको मिति २०८२ कार्तिक २८ गते सम्पन्न ९ औै नगरसभाले ब्यक्तीको स्वामित्वमा रहेको उक्त जग्गाको लालपुर्जा प्रदान गर्न नापी कार्यालयललाई सिफारिस समेत गरिसकेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
छाडा पशु चौपाया नियन्त्रण गर्न नगरपालिका तात्यो
छाडा पशु चौपाया नियन्त्रण गर्न नगरपालिका तात्यो
बिहान ६ देखी ९ बजेसम्म राजविराजस्थित रंगशालामा हाट बजार लाग्दै
बिहान ६ देखी ९ बजेसम्म राजविराजस्थित रंगशालामा हाट बजार लाग्दै
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
छिन्नमस्ता भगवतीको मुकुटसहित चोरीका अभियुक्त पक्राउ
छिन्नमस्ता भगवतीको मुकुटसहित चोरीका अभियुक्त पक्राउ
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
मल कारखाना स्थापना उच्च प्राथमिक्तामा ः मन्त्री साह
मल कारखाना स्थापना उच्च प्राथमिक्तामा ः मन्त्री साह
राम मन्दिर फैसला पछि यस पाली  जनकपुर, विवाह पञ्चमी ऐतिहासिक हुने
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी