संघीयतामैत्री मिडिया कानुन निर्माणका लागि प्रदेशका सञ्चार नेतृत्वद्वारा संचारमन्त्रीलाई सुझावपत्र 

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आश्विन १९, २०८३
|
|
३० पटक हेरिएको
Shares
संघीयतामैत्री मिडिया कानुन निर्माणका लागि प्रदेशका सञ्चार नेतृत्वद्वारा संचारमन्त्रीलाई सुझावपत्र 

सारांश

  • कोशी प्रदेशका प्रेस रजिष्टार लिला भट्टराई, मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी र बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले संयुक्त रूपमा उक्त सुझाव पत्र हस्तान्तरण गरेका हुन् ।
  • प्रस्तावित आमसञ्चार सम्बन्धी विधेयक तथा प्रेस काउन्सिल ऐनलाई संशोधन गरी संघीय ढाँचा अनुकूल बनाउन सुझाव पत्र पेस गरिएको मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले जानकारी दिएका छन् ।
  • पेस गरिएको सुझावहरूमा प्रदेशको प्रतिनिधित्व र अधिकार विकेन्द्रीकरणः सञ्चार क्षेत्रका केन्द्रीय नियामक निकाय तथा काउन्सिलको गठन गर्दा सातै प्रदेशको अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने र केन्द्रीय संरचनाको सट्टा प्रदेश स्तरमै काम कर्तव्य र अधिकार तोकिनुपर्ने, दर्ता, सूचीकरण र वर्गीकरण प्रदेशमै पत्रपत्रिका दर्ता÷अभिलेखीकरण, अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरण र आमसञ्चार माध्यमको वर्गीकरण गर्ने अधिकार प्रदेशका नियामक निकायलाई दिनुपर्ने छन् ।
दैनिक समाचारदाता
राजविराज, १९ असोज । 
प्रदेश तहका सञ्चार सम्बन्धी निकायका प्रमुख तथा रजिष्ट्रारहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. बिक्रम तिमिल्सिनालाई नेपालको संविधान २०७२ को दफा २३२ मा आधारित रही संघीयतामैत्री मिडिया कानुन निर्माण गर्नका लागि सोमबार संयुक्त सुझावपत्र हस्तान्तरण गरेका छन् ।
कोशी प्रदेशका प्रेस रजिष्टार लिला भट्टराई, मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी र बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले संयुक्त रूपमा उक्त सुझाव पत्र हस्तान्तरण गरेका हुन् ।
प्रस्तावित आमसञ्चार सम्बन्धी विधेयक तथा प्रेस काउन्सिल ऐनलाई संशोधन गरी संघीय ढाँचा अनुकूल बनाउन सुझाव पत्र पेस गरिएको मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले जानकारी दिएका छन् ।
पेस गरिएको सुझावहरूमा प्रदेशको प्रतिनिधित्व र अधिकार विकेन्द्रीकरणः सञ्चार क्षेत्रका केन्द्रीय नियामक निकाय तथा काउन्सिलको गठन गर्दा सातै प्रदेशको अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने र केन्द्रीय संरचनाको सट्टा प्रदेश स्तरमै काम कर्तव्य र अधिकार तोकिनुपर्ने, दर्ता, सूचीकरण र वर्गीकरण प्रदेशमै पत्रपत्रिका दर्ता÷अभिलेखीकरण, अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरण र आमसञ्चार माध्यमको वर्गीकरण गर्ने अधिकार प्रदेशका नियामक निकायलाई दिनुपर्ने छन् ।
यस्तै आचारसंहिता पालना र उजुरी छानबिनः आचारसंहिता उल्लङ्घन सम्बन्धी उजुरी प्रदेश कार्यालयमै दिन सकिने र प्रदेश संयोजकलाई आचारसंहिता कार्यान्वयन, उजुरी छानबिन तथा मेलमिलाप गराउन पाउने स्पष्ट कानुनी अधिकार तोक्नुपर्ने, पत्रकार कल्याण कोष र वरिष्ठता निर्धारण प्रदेश स्तरमै पत्रकार कल्याण कोष सञ्चालन, वरिष्ठ पत्रकारको मापदण्ड र ज्येष्ठ पत्रकार पेन्सन सुविधा प्रदेशबाटै कार्यान्वयन हुने व्यवस्था मिलाउनुपर्ने तथा मर्यादित कानुनी व्यवस्थाः मिडिया र पत्रकारका मुद्दामा फौजदारी ऐन वा कडा सजायको सट्टा देवानी कार्यविधि संहिता अन्तर्गत नियमन गर्ने र सामाजिक सञ्जाल प्रयोगकर्ता र पेसागत पत्रकार बिच स्पष्ट कानुनी भिन्नता छुट्याउनुपर्ने सुझावहरु रहेका छन् ।
सुझाव पत्र बुझ्दै मन्त्री तिमिल्सिनाले सुझावहरूलाई सकारात्मक रूपमा लिँदै मिडिया कानुनलाई थप समावेशी, व्यवहारिक र संघीयता अनुकूल बनाउन आवश्यक पहल गर्ने आश्वासन दिएको मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष खड्गाले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा
तिलाठी गापाका निवर्तमान अध्यक्ष सिंहसहित दुई हजार जनमतमा प्रवेश
तिलाठी गापाका निवर्तमान अध्यक्ष सिंहसहित दुई हजार जनमतमा प्रवेश
ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह
ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह
सप्तरीमा, कोरोना भाइरस र रोकथाम तथा नियन्त्रणको अवस्था 
सप्तरीमा, कोरोना भाइरस र रोकथाम तथा नियन्त्रणको अवस्था 
सप्तरीमा कोरोना संक्रमितको संख्या १५ पुग्यो, एकै दिन ११ जना संक्रमित
सप्तरीमा कोरोना संक्रमितको संख्या १५ पुग्यो, एकै दिन ११ जना संक्रमित
१७ लाख भन्दा बढी मुल्य बराबरको चाँदीको गरहगनासहित दुई पक्राउ
१७ लाख भन्दा बढी मुल्य बराबरको चाँदीको गरहगनासहित दुई पक्राउ
गोली प्रहारबाट घाइते  मण्डलको अवस्था सामान्य,  गोली हान्नेको खोजतलास तिब्र
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव केन्द्रीय सदस्यमा निर्वाचित 
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव केन्द्रीय सदस्यमा निर्वाचित