दैनिक समाचारदाता
राजविराज, ७ असार ।
राजविराजमा जारि सप्तरी प्रिमियर लिग अन्तर्गत पाँचौ दिन सम्पन्न खेलमा बजाज खडक वारियर्स र छिन्नमस्ता लायन विजयी भएका छन् ।
बजाज खडक वारियर्सले बलान बिहुल सुपर किंग्सलाई १ विकेटले पराजित गरेको छ भने अर्को खेलमा छिन्नमस्ता लायनले कन्चनरुप राइनोजलाई २५ रनले पराजित गर्यो ।
पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा बलान बिहुलले दिएको १ सय ४४ रनको लक्ष्य खडक वारियर्सले २ बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्यो । बजाज खडक वारियर्सको ब्याटिंगमा तेश्रो नम्बरमा ब्याटिंग गरेका सन्दिप रजालीले सर्वाधिक ८१ रन बनाए । प्लेयर अफ द म्याच घोषित उनले ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। साहिल पटेल र अनिल यादवले समान १२ रन बनाए । दशौँ विकेटको लागि अनिल यादव र गोमानन्द अमात्य बीच २१ रनको अविजित साझेदारी हुँदा बलान बिहुल जितबाट बन्चित रह्यो ।
बलान बिहुलको बलिंगमा रोबिन सिंहले ३ तथा रुपेश सिंह र बसिर अहमदले २÷२ विकेट लिएता पनि जित्न पर्याप्त रहेन । यस अघि टस हारेर ब्याटिंग गरेको बलान बिहुलले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १ सय ४३ रन बनायो। उसको लागि बिसाल यादवले २४, कप्तान पवन सर्राफले २२, रोबिन सिंहले १५ तथा हसिम अन्सारीले १४ रन बनाए । खडक वारियर्सका बलर बिबेक यादवले ३ तथा अनिल खरेल र गोमानन्द अमात्यले १÷१ विकेट लिए ।
अर्को खेलमा छिन्नमस्ताले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको कन्चनरुपले १८.४ ओभरमा १ सय १८ रनमा सबै विकेट गुमायो । कन्चनरुपको लागि अमित यादवले ३९ तथा पप्पु यादवले २६ रन बनाए । छिन्नमस्ताका बलर इमरान शेखले ४ विकेट तथा कमल खत्रीले ३ विकेट लिए । प्लेयर अफ द म्याच घोषित शेखले ४ ओभरमा २१ रन खर्चिए । पप्पु यादव, शरद भेसावकर र रेवती रोयले १÷१ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १ सय ४३ रन बनायो । उसको लागि शुभ कंसाकार र हिमांशु दत्ताले समान ३५ रन बनाए । पप्पु यादवले १७ तथा राहुल मण्डलले १५ रन बनाए । कन्चनरुप राइनोजका बलर पप्पु यादवले ३ तथा राशिद खानले २ विकेट लिए ।
तीन वटै खेलमा शत प्रतिशत जितपछि बजाज खडक वारियर्स ६ अंक सहित अंकतालिकाको शिर्षमा छ । यस्तै ३ खेलमा दोश्रो जित पछि छिन्नमस्ता ४ अंक सहित दोश्रो स्थानमा छ । समान नतिजा र अंक सहित रुपनी राइडर्स नेट रन रेटको आधारमा तेश्रो स्थानमा छ। तेश्रो खेल खेल्दा दोश्रो हार पछि कन्चनरुप २ अंकसहित चौथो र समान नतिजा र अंक रहेको बलान बिहुल पाँचौ स्थानमा छच् । सबै तिन खेलमा हार बेहोरेको राजविराज द किंग पुछारमा छ ।
खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी
सारांश
- बजाज खडक वारियर्सले बलान बिहुल सुपर किंग्सलाई १ विकेटले पराजित गरेको छ भने अर्को खेलमा छिन्नमस्ता लायनले कन्चनरुप राइनोजलाई २५ रनले पराजित गर्यो ।
- पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा बलान बिहुलले दिएको १ सय ४४ रनको लक्ष्य खडक वारियर्सले २ बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्यो ।
- बजाज खडक वारियर्सको ब्याटिंगमा तेश्रो नम्बरमा ब्याटिंग गरेका सन्दिप रजालीले सर्वाधिक ८१ रन बनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया