खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी 

राजविराज राजविराज
|
बिहिबार, आषाढ ७, २०८०
|
|
४५ पटक हेरिएको
Shares
खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी 

सारांश

  •     बजाज खडक वारियर्सले बलान बिहुल सुपर किंग्सलाई १ विकेटले पराजित गरेको छ भने अर्को खेलमा छिन्नमस्ता लायनले कन्चनरुप राइनोजलाई २५ रनले पराजित गर्यो ।
  •       पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा बलान बिहुलले दिएको १ सय ४४ रनको लक्ष्य खडक वारियर्सले २ बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्यो ।
  • बजाज खडक वारियर्सको ब्याटिंगमा तेश्रो नम्बरमा ब्याटिंग गरेका सन्दिप रजालीले सर्वाधिक ८१ रन बनाए ।

दैनिक समाचारदाता
राजविराज, ७ असार ।
 
    राजविराजमा जारि सप्तरी प्रिमियर लिग अन्तर्गत पाँचौ दिन सम्पन्न खेलमा बजाज खडक वारियर्स र छिन्नमस्ता लायन विजयी भएका छन् । 
    बजाज खडक वारियर्सले बलान बिहुल सुपर किंग्सलाई १ विकेटले पराजित गरेको छ भने अर्को खेलमा छिन्नमस्ता लायनले कन्चनरुप राइनोजलाई २५ रनले पराजित गर्यो । 
    पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा बलान बिहुलले दिएको १ सय ४४ रनको लक्ष्य खडक वारियर्सले २ बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्यो । बजाज खडक वारियर्सको ब्याटिंगमा तेश्रो नम्बरमा ब्याटिंग गरेका सन्दिप रजालीले सर्वाधिक ८१ रन बनाए । प्लेयर अफ द म्याच घोषित उनले ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। साहिल पटेल र अनिल यादवले समान १२ रन बनाए । दशौँ विकेटको लागि अनिल यादव र गोमानन्द अमात्य बीच २१ रनको अविजित साझेदारी हुँदा बलान बिहुल जितबाट बन्चित रह्यो ।
    बलान बिहुलको बलिंगमा रोबिन सिंहले ३ तथा रुपेश सिंह र बसिर अहमदले २÷२ विकेट लिएता पनि जित्न पर्याप्त रहेन । यस अघि टस हारेर ब्याटिंग गरेको बलान बिहुलले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १ सय ४३ रन बनायो। उसको लागि बिसाल यादवले २४, कप्तान पवन सर्राफले २२, रोबिन सिंहले १५ तथा हसिम अन्सारीले १४ रन बनाए । खडक वारियर्सका बलर बिबेक यादवले ३ तथा अनिल खरेल र गोमानन्द अमात्यले १÷१ विकेट लिए ।
    अर्को खेलमा छिन्नमस्ताले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको कन्चनरुपले १८.४ ओभरमा १ सय १८ रनमा सबै विकेट गुमायो । कन्चनरुपको लागि अमित यादवले ३९ तथा पप्पु यादवले २६ रन बनाए । छिन्नमस्ताका बलर इमरान शेखले ४ विकेट तथा कमल खत्रीले ३ विकेट लिए । प्लेयर अफ द म्याच घोषित शेखले ४ ओभरमा २१ रन खर्चिए । पप्पु यादव, शरद भेसावकर र रेवती रोयले १÷१ विकेट लिए । 
    यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १ सय ४३ रन बनायो । उसको लागि शुभ कंसाकार र हिमांशु दत्ताले समान ३५ रन बनाए । पप्पु यादवले १७ तथा राहुल मण्डलले १५ रन बनाए । कन्चनरुप राइनोजका बलर पप्पु यादवले ३ तथा राशिद खानले २ विकेट लिए । 
    तीन वटै खेलमा शत प्रतिशत जितपछि बजाज खडक वारियर्स ६ अंक सहित अंकतालिकाको शिर्षमा छ । यस्तै ३ खेलमा दोश्रो जित पछि छिन्नमस्ता ४ अंक सहित दोश्रो स्थानमा छ । समान नतिजा र अंक सहित रुपनी राइडर्स नेट रन रेटको आधारमा तेश्रो स्थानमा छ। तेश्रो खेल खेल्दा दोश्रो हार पछि कन्चनरुप २ अंकसहित चौथो र समान नतिजा र अंक रहेको बलान बिहुल पाँचौ स्थानमा छच् । सबै तिन खेलमा हार बेहोरेको राजविराज द किंग पुछारमा छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठी कोइलाडीका अध्यक्षसहित २४ जनाले रोजे लोसपा
तिलाठी कोइलाडीका अध्यक्षसहित २४ जनाले रोजे लोसपा
खडक बालविवाह मुक्त पालिका 
खडक बालविवाह मुक्त पालिका 
बालविवाह गरि बेहुली लिएर भारततर्फ जाँदै गरेका ४२ वर्षिय भारतीय बेहुलासहित तीन पक्राउ
बालविवाह गरि बेहुली लिएर भारततर्फ जाँदै गरेका ४२ वर्षिय भारतीय बेहुलासहित तीन पक्राउ
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
कोरोनाबाट थप एकको मृत्यु, जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८ 
कोरोनाबाट थप एकको मृत्यु, जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८ 
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति
नेजपाको फरक शैलीमा चुनावी अभियान
नेजपाको फरक शैलीमा चुनावी अभियान
सर्पको टोकाईबाट महिलाको मृत्यु
प्रतिष्ठानको काम अघि बढाउन माँग गर्दै प्रर्दशन
प्रतिष्ठानको काम अघि बढाउन माँग गर्दै प्रर्दशन