अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 

राजविराज राजविराज
|
शुक्रबार, जेठ २, २०८२
|
|
२१ पटक हेरिएको
Shares
अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 

सारांश

  •     शुक्रवार अनुगमन टोलीद्वारा राजविराजका विभिन्न विद्यालयमा अनुगमन गर्दा अनुमति नै नलिई संचालनमा रहेका पाँचवटा विद्यालय फेला परेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका शाखा अधिकृत कमलनाथ यादवले जानकारी दिए ।
  •       उच्च अदातलत जनकपुर राजविराज इजलासले अनुमति विनाको थप कक्षा संचालन नगर्न नगराउन गत बैशाख १९ मा आदेश दिएपछि जिल्ला शिक्षा समन्वय इकाईले बैशाख २८ बाट विद्यालयहरुको स्थलगत निरिक्षण तथा अनुगमन गर्दै आएको छ ।
  •     निरिक्षणका क्रममा राजविराजस्थित मिथिला पब्लिक एकेडमीले ९ कक्षाको अनुमति लिएर १० कक्षा सम्म विद्यार्थी भर्ना गरि पठन पाठन गराई रहेको, श्री इन्टरनेशनल बोडिङ्ग स्कूलले ५ कक्षा सम्मको अनुमति लिएर ८ कक्षा सम्म सञ्चालन गरिरहेको पाइएको टोलीमा सहभागि सत्यनारायण दासले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २ जेठ । 

    सप्तरीमा अनुमति लिएको भन्दा माथिल्लो तहको कक्षा संचालन गर्ने थप पाँच विद्यालय फेला परेको छ । योसँगै जिल्लामा अनुमति नलिई विद्यालय संचालनको संख्या १३ पुगेको छ ।     गत आइतबारदेखी सुरु भएको अनुगमनका क्रममा शुक्रबार थप पाँच विद्यालय अनुमति नलिई संचालनमा रहेको फेला परेको हो ।
    शुक्रवार अनुगमन टोलीद्वारा राजविराजका विभिन्न विद्यालयमा अनुगमन गर्दा अनुमति नै नलिई संचालनमा रहेका पाँचवटा विद्यालय फेला परेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका शाखा अधिकृत कमलनाथ यादवले जानकारी दिए । 
    उच्च अदातलत जनकपुर राजविराज इजलासले अनुमति विनाको थप कक्षा संचालन नगर्न नगराउन गत बैशाख १९ मा आदेश दिएपछि जिल्ला शिक्षा समन्वय इकाईले बैशाख २८ बाट विद्यालयहरुको स्थलगत निरिक्षण तथा अनुगमन गर्दै आएको छ ।
    निरिक्षणका क्रममा राजविराजस्थित मिथिला पब्लिक एकेडमीले ९ कक्षाको अनुमति लिएर १० कक्षा सम्म विद्यार्थी भर्ना गरि पठन पाठन गराई रहेको, श्री इन्टरनेशनल बोडिङ्ग स्कूलले ५ कक्षा सम्मको अनुमति लिएर ८ कक्षा सम्म सञ्चालन गरिरहेको पाइएको टोलीमा सहभागि सत्यनारायण दासले जानकारी दिए । 
    यसैगरि सुनगाभा एकेडमीले १ कक्षाको अनुमति लिएर २ कक्षा संचालन गरेको, ग्लोबल ईंगलिस बोडिङ्ग स्कूलले ८ कक्षाको अनुमति लिएर ९ कक्षा सम्म संचालन गरेको र जे. एस.आईदर बोडिङ्ग स्कूलले ५ कक्षाको अनुमति लिएर १० कक्षा सम्म संचालन गरेको पाईएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका शाखा अधिकृत यादवले जानकारी दिए । 
    अघिल्लो दिन बिहीबार अनुगमनका क्रममा विष्णुपुर गाउँपालिकामा नेपाल लाईन्स पब्लिक स्कूलले प्रारम्भिक बालबिकासको अनुमति लिएर कक्षा ५ सम्म संचालन गरिरहेको पाईएको थियो ।
    यसअघि सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा ६ वटा तथा कञ्चनरुप नगरपालिकामा २ गरि ८ वटा निजी विद्यालयहरुले अनुमति नलिएर कक्षा संचालन गरेको पाइएको थियो । 
    अनुमित नलिएर कक्षा सञ्चालन गर्दै आएको त्यस्ता विद्यालयहरुलाई अनुमति लिएर मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको समन्वय इकाई सप्तरीका शाखा अधिकृत यादवले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट  पत्रकार गुप्तासहित तीनजना सम्मानित
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गुप्तासहित तीनजना सम्मानित
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत
डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन
डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन
पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका  लागि पहल गर्ने ः उपसभामुख देव  
पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका  लागि पहल गर्ने ः उपसभामुख देव  
पाँच वर्षिय बालकदेखी बृद्ध सम्मलाई ह्विल चेयर प्रदान
पाँच वर्षिय बालकदेखी बृद्ध सम्मलाई ह्विल चेयर प्रदान
जसपा सप्तरीको संस्थापन र असन्तुष्ट दुबै पक्षका अध्यक्षद्वारा आफू नै आधिकारिक रहेको दाबी
जसपा सप्तरीको संस्थापन र असन्तुष्ट दुबै पक्षका अध्यक्षद्वारा आफू नै आधिकारिक रहेको दाबी
पूर्ण सरसफाइ तर्फ गोरगामा  बरहीबिरपुर अग्रसर हुँदै
पूर्ण सरसफाइ तर्फ गोरगामा  बरहीबिरपुर अग्रसर हुँदै
अलपत्र भारतीय बालकको  प्रहरीद्वारा उद्दार
अलपत्र भारतीय बालकको  प्रहरीद्वारा उद्दार
सर्पले टोक्दा युवकको मृत्यु
सर्पले टोक्दा युवकको मृत्यु