दैनिक समाचारदाता
राजविराज, २५ असार ।
शिक्षण पेशा तथा अधिकार सम्बन्धी ३४ बुँदे माग राख्दै शुक्रबार नेपाल शिक्षक महासंघ सप्तरीले जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीको कार्यालय राजविराजमा तीन घण्टा धर्ना दिएको छ ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका निर्धारित कार्यक्रमको अभियान अन्तरगत शुक्रबार बिहान १० देखी १ बजेसम्म धर्ना दिएको जिल्ला आन्दोलन परिचालन समितिका संयोजक सुरेश कुमार यादवले जानकारी दिएका छन् ।
शिक्षकहरुको माँग प्रति नेपाल सरकार उदासिन रहेको भन्दै बाध्य भई आन्दोलनमा उत्रनु परेको उनको भनाई थियो । शिक्षाको समुचित विकास, शिक्षाकर्मीको पेशागत उन्नयन, हकहित र सुरक्षा, देशमा एकैखाले शिक्षा नीति, बाल शिक्षकको पेशा संरक्षण, गुणस्तरिय शिक्षा प्रणालीको प्रत्याभूती तथा पेशागत अधिकार सम्बन्धी ३४ बुँदे माग अघि सारिएको छ ।
यसैबीच संयोजक यादवले जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख बिजय मण्डललाई ३४ बुँदे मागसहितको पत्र बुझाएका थिए ।
शिक्षक महासंघद्वारा ३४ बुँदे माग राख्दै धर्ना
सारांश
- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका निर्धारित कार्यक्रमको अभियान अन्तरगत शुक्रबार बिहान १० देखी १ बजेसम्म धर्ना दिएको जिल्ला आन्दोलन परिचालन समितिका संयोजक सुरेश कुमार यादवले जानकारी दिएका छन् ।
- शिक्षकहरुको माँग प्रति नेपाल सरकार उदासिन रहेको भन्दै बाध्य भई आन्दोलनमा उत्रनु परेको उनको भनाई थियो ।
- शिक्षाको समुचित विकास, शिक्षाकर्मीको पेशागत उन्नयन, हकहित र सुरक्षा, देशमा एकैखाले शिक्षा नीति, बाल शिक्षकको पेशा संरक्षण, गुणस्तरिय शिक्षा प्रणालीको प्रत्याभूती तथा पेशागत अधिकार सम्बन्धी ३४ बुँदे माग अघि सारिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया