दैनिक समाचारदाता
राजविराज, २५ असार ।
शिक्षण पेशा तथा अधिकार सम्बन्धी ३४ बुँदे माग राख्दै शुक्रबार नेपाल शिक्षक महासंघ सप्तरीले जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीको कार्यालय राजविराजमा तीन घण्टा धर्ना दिएको छ ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका निर्धारित कार्यक्रमको अभियान अन्तरगत शुक्रबार बिहान १० देखी १ बजेसम्म धर्ना दिएको जिल्ला आन्दोलन परिचालन समितिका संयोजक सुरेश कुमार यादवले जानकारी दिएका छन् ।
शिक्षकहरुको माँग प्रति नेपाल सरकार उदासिन रहेको भन्दै बाध्य भई आन्दोलनमा उत्रनु परेको उनको भनाई थियो । शिक्षाको समुचित विकास, शिक्षाकर्मीको पेशागत उन्नयन, हकहित र सुरक्षा, देशमा एकैखाले शिक्षा नीति, बाल शिक्षकको पेशा संरक्षण, गुणस्तरिय शिक्षा प्रणालीको प्रत्याभूती तथा पेशागत अधिकार सम्बन्धी ३४ बुँदे माग अघि सारिएको छ ।
यसैबीच संयोजक यादवले जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख बिजय मण्डललाई ३४ बुँदे मागसहितको पत्र बुझाएका थिए ।
शिक्षक महासंघद्वारा ३४ बुँदे माग राख्दै धर्ना
सारांश
- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका निर्धारित कार्यक्रमको अभियान अन्तरगत शुक्रबार बिहान १० देखी १ बजेसम्म धर्ना दिएको जिल्ला आन्दोलन परिचालन समितिका संयोजक सुरेश कुमार यादवले जानकारी दिएका छन् ।
- शिक्षकहरुको माँग प्रति नेपाल सरकार उदासिन रहेको भन्दै बाध्य भई आन्दोलनमा उत्रनु परेको उनको भनाई थियो ।
- शिक्षाको समुचित विकास, शिक्षाकर्मीको पेशागत उन्नयन, हकहित र सुरक्षा, देशमा एकैखाले शिक्षा नीति, बाल शिक्षकको पेशा संरक्षण, गुणस्तरिय शिक्षा प्रणालीको प्रत्याभूती तथा पेशागत अधिकार सम्बन्धी ३४ बुँदे माग अघि सारिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया