प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ

राजविराज राजविराज
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
६० पटक हेरिएको
Shares
प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका २४ घर भएका ३९ वर्षिय मनोज मानव भन्ने मनोज महतो पक्राउ परेका हुन ।
  •       आफुलाई स्टार अनलाइन न्युज च्यानलको पत्रकार हुँ भन्दै प्रहरीलाई धम्क्याउने र अभद्र ब्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
  •       असोज २७ गते साँझ राजविराज ५ बाट पक्राउ परेका महतोलाई असोज २८ गते मंगलवार प्रहरीले अभद्रं ब्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २९ असोज । 

    प्रहरी जवानदेखी प्रहरीका उच्च अधिकारी सम्मलाई धम्क्याउने र अभद्र ब्यवहार गरेको आरोपमा एक युटुवरलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका २४ घर भएका ३९ वर्षिय मनोज मानव भन्ने मनोज महतो पक्राउ परेका हुन । 
    आफुलाई स्टार अनलाइन न्युज च्यानलको पत्रकार हुँ भन्दै प्रहरीलाई धम्क्याउने र अभद्र ब्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । 
    असोज २७ गते साँझ राजविराज ५ बाट पक्राउ परेका महतोलाई असोज २८ गते मंगलवार प्रहरीले अभद्रं ब्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । 
    पक्राउ परेका मानवले कन्ट्रोल कक्षमा ड्युटीमा रहेका प्रहरी जवान आर्दश कुशवाहालाई ९८५२८३३४०८ नम्बरको मोवाईलबाट फोन गरी थर्काएको, अपशब्द प्रयोग गरेको र उनैबाट आफ्नो मोबाईल नम्बर लिई आफुलाई समेत फोन मार्फत त्यस्तै व्यवहार देखाएको प्रहरी नायब उपरिक्षक पुरीले बताए । 
    पक्राउ परेका मानवमाथी यस अघि २०७४ साल असोज २२ मा केही सार्वजनिक अपराध, २०८० कार्तिक २१ मा साईबर ब्यूरोमा विद्युतीय कारोबार, २०८० माघ १२ गते विद्युतीय कारोबार, २०८१ जेठ २८ मा ज्यान, अपहरण तथा शरीर बन्धक र २०८१ पुष २० मा अभद्र ब्यवहार सम्बन्धि कसुरमा पक्राउ गरी कारवाही भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा नवनिर्वाचितलाई सम्मान
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा नवनिर्वाचितलाई सम्मान
तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण 
तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण 
कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि नेपालमा सजकता अपनाउन आग्रह
कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि नेपालमा सजकता अपनाउन आग्रह
जेष्ठ नागरिकले ६ रुँपैया २५ पैसा तथा अन्यले  २५ रुँपैया मै रोगको परिक्षण गर्न पाउने
जेष्ठ नागरिकले ६ रुँपैया २५ पैसा तथा अन्यले  २५ रुँपैया मै रोगको परिक्षण गर्न पाउने
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु 
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु 
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
कुकुरलाई बचाउने क्रममा  महिलाको ज्यान गयो 
कुकुरलाई बचाउने क्रममा  महिलाको ज्यान गयो 
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण